Banner
डा. सुनिल शर्मासँग चुनावी अभियानमा दिनभर, कोणसभालाई सम्बोधन गर्नुको साथ मत माग्न पुगे घरघर
पथरीशनिश्चरेः मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा रहेका डा. सुनिल शर्मा आइतबार दिनभरमा पथरीशनिश्चरेको वडा नम्बर ८ र ९ मा गरी १० वटा कोणसभामा व्यस्त रहे । उनी कोणसभामा मात्रै सीमित रहेनन् सोही क्रममा मतदाताको घरघरमा पुगेर मत माग्ने काम पनि गरे ।
कोणसभामा बोल्ने पालो नआउँदा वा आफ्नो बोल्ने पालो सकिएपछि कार्यकर्ताका साथमा पुगेर उनी मत माग्न व्यस्त हुन्थे । शर्माले मत मात्रै मागेनन् आफूले उपचार गराएका बिरामी र ज्येष्ठ नागरिकसँग आशीर्वाद पनि मागे । आफूले जितेर गएपछि अझ बढी जनताको सेवा गर्ने बताउँदै सो अवसर दिलाउन उनले मतदातासँग अनुरोध गरे ।

कतै कालोपत्रे त कतै धुलो अनि कतै ग्राभेल बाटोको यात्रा गर्दै आइतबार बिहान ८ बजे उनी वडा नम्बर ८ को सखुवारामा पुगे । खप्तरी बस्नेत बन्धु कुल सुधार समितिको आयोजनामा भएको मतदाता भेटघाटपछि आयोजित सभालाई उनले सम्बोधन गरे । सोही क्षेत्रमा घर भएका शेखरचन्द्र थापा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ३ क बाट प्रदेश सभाका उम्मेद्वार भए पनि बिरामी भएकाले उपचाररत् रहेका छन् । थापाको अनुपस्थितिमा आफू मत माग्न आएको जनाउँदै शर्माले सो क्षेत्रका समस्यामा आफूभन्दा थापा जानकार भएकाले धेरै समस्याको समाधान थापामार्फत् हुने र त्यसमा आफूले सक्दो सहयोग गर्ने जनाए ।
९ बजे वडा नम्बर ९ को पुलचोकमा शर्मा पुग्दा कोणसभा शुरु भइसकेको थियो । सो कोणसभालाई सम्बोधन गर्दै शर्माले जितेर गएका भानुभक्त ढकालले जनताको सेवा गर्नुको साटो भ्रष्टाचार गरेको तर हारेर गए पनि आफूले समाजसेवा गरेको बताए । सुकुम्बासी समस्याको समाधान गर्ने र जितेर गएपछि सचिवालय स्थापना गरेर सचिवालयमार्फत् गुनासा सुन्ने बताए । पैसा नभएर उपचार नपाई मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै सरकारले सो काम गर्न नसके निजी स्वास्थ्य संस्था मार्फत् भए पनि आफूले काम गर्ने उनले बताए ।
वडा नम्बर ९ को महेन्द्रचोकमा भएको कोणसभालाई पौने १० बजे सम्बोधन गरेका शर्मालाई नेपाली हातेमालो संस्थाका प्रतिनिधिले भेट गरे । आफ्नो संस्थाले शर्माको पक्षमा माहोल बनाउने संस्थाका अध्यक्ष टेकबहादुर कटुवालले बताए । शर्माले दीनदुःखीलाई गरेको सहयोग सह्रानीय भएकाले शर्माको पक्षमा जनमत बनाउन लागिपर्ने कटुवालको भनाइ थियो ।
सवा १० बजे वडा नम्बर ९ को मगर टोलको कोणसभालाई सम्बोधन गरेका शर्माले सो टोलमा समस्याको रुपमा रहेको कटान र डुबानको समस्याको समाधान तटबन्ध निर्माणमार्फत् गरिने बताए । पहिलो संविधान सभाका सभासद नेकपा माओवादी केन्द्रका लालबहादुर सुस्लिङ मगरले शर्माको पक्षमा मत मागे ।

११ नबज्दै वडा नम्बर ९ को काङ्सोरे चोकमा भएको कोणसभालाई दोस्रो संविधान सभाका सभासद चण्डीप्रसाद राईले पनि सम्बोधन गरेका थिए । एमालेबाट सभासद बनेका उनी अहिले एकीकृत समाजवादीमा आबद्ध छन् । नेकपा एमालेले बहुमत ल्याए पार्टी अध्यक्ष ओलीले संविधानमाथि नै प्रहार गर्ने खतरा देखिएको उनले आरोप लगाए ।
शर्माले कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ३ मा नेकपा एमालेको क्लीन स्वीप हुने बताए । राजतन्त्र फ्याँके पनि ओलीले निरंकुशताको पराकाष्टामा पुगेर सत्ता चलाएकाले झण्डै दुई तिहाइको सरकार पनि संकटमा परेको उनले सुनाए । अब भानुभक्त ढकालजस्ता ‘टुरिस्ट’ होइन स्थानीय व्यक्तिको नेतृत्वमा गर्व गर्नलायक विकासका काम क्षेत्र नम्बर ३ मा हुने बताउँदै आफूलाई मत दिन उनले अनुरोध गरे ।
वडा नम्बर ९ को अन्तिम कोणसभा साढे ११ बजे शनिश्चरे चोकमा भएको थियो । सभालाई सोही स्थानमा घर भएकी नेकपा माओवादी केन्द्रकी समानुपातिक प्रदेश उम्मेद्वार गीता तिम्सिनाले सम्बोधन गरेकी थिइन् ।
‘यही पल्लाघरको भर्याङबाट सम्बोधन गर्दै टुरिस्ट उम्मेद्वारलाई हराउनुहोस् भनेको थिएँ, तर १९०७ जनाले मान्नुभएन’, शनिश्चरे चोकको पूर्वबाट पश्चिम निरौला किराना पसलतर्फ फर्किएर सम्बोधन गर्दै शर्माले भने, ‘चुनाव जितेर गएपछि काठमाडौंमा बसेका र भ्रष्टाचारमा लिप्त रहेका तिनै नेता अहिले फेरि उम्मेद्वार बनेका छन् । फेरि पनि उनैलाई जिताउने कि हारेर गए पनि निरन्तर परोपकारी काममा लागेको व्यक्तिलाई जिताउने भन्ने मतदाताको हातमा छ ।’
सभालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला तथा क्षेत्र नम्बर ३ की समानुपातिक प्रदेश उम्मेद्वार कृष्णकुमारी बिकले पनि सम्बोधन गरेका थिए ।
वडा नम्बर ८ को सोमबारेमा साढे १ बजे, शुक्रबारे बजारमा सवा ३ बजे, किरात माङहिममा ४ बजे तथा मंगलबारेमा पौने ५ बजे भएका सभालाई शर्माले सम्बोधन गरेका थिए । मंगलबारेको कोणसभालाई प्रतिनिधि सभाका नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार वसन्त भट्टराईले पनि सम्बोधन गरेका थिए । सो सभालाई गीता तिम्सिना, कृष्णकुमारी बिकलगायतले पनि सम्बोधन गरेका थिए ।
सो कोणसभाको समापनपछि पनि शर्मा मतदाताको घरघरमा पुग्दै मत मागेका थिए ।
सम्बन्धित समाचारः
सुनिल शर्माका प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान, सुलभ स्वास्थ्योपचार र खानेपानीको सहजता

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login