Connect with us
Advertisement

सुनिल शर्माका प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान, सुलभ स्वास्थ्योपचार र खानेपानीको सहजता

Published

on

पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् । जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।

अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ । मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।

गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनदेखि पथरीकेन्द्रित घरदैलो कार्यक्रममा छन् । आइतबार पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ९ स्थानमा भएको कोणसभा तथा घरदैलो कार्यक्रममा देखिएको जनलहरले शर्माको जीत निश्चित भएको देखाउँथ्यो । बिहान ८ बजेदेखि मतदाता भेटघाटमा व्यस्त रहेका शर्माले बिहान ९ बजेदेखि कोणसभालाई सम्बोधन गर्न थालेका थिए । यो क्रम साँझ साढे ५ बजेसम्म जारी रहेको थियो ।

हरेक स्थानका कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. शर्माले आफ्ना प्रतिबद्धता दोहो¥याए । उनको प्रतिबद्धतालाई उपस्थित मतदाताले ताली बजाएर समर्थन गरेका थिए ।

‘यस क्षेत्रका नागरिकले उपचार नपाएर आफ्नो जीवन गुमाउनुपर्ने छैन’, डा. शर्माले भने, ‘गत ५ वर्षमा मेरो पहलमा १ लाख ३० हजार बिरामीलाई घरबाटै एम्बुलेन्समा राखेर अस्पताल लगेर निःशुल्क उपचार गरी घरमै ल्याइदियौँ । क्षेत्र नम्बर ३ का ६ वटा संस्थालाई ६ वटा एम्बुलेन्स दियौँ, पथरीशनिश्चरेमा मात्रै २ वटा एम्बुलेन्स प्रदान गरेँ ।’ पैसाको अभावमा उपचार नपाएर मर्ने दिनको अन्त्य भएको भन्दै उनले आफूले हार्दा पनि गरेको यस्तो परोपकारको कामलाई आफू निर्वाचित भएपछि झन् व्यापक बनाउने बताए ।

६ सय ७३ जना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिएको स्मरण गरे । उनीहरुले ११ कक्षादेखि एमबीबीएससम्म अध्ययन गरेको जानकारी दिँदै डा. शर्मा सम्बोधनको क्रममा आफ्नो परोपकारी कामको बारेमा कतिले थाहा पाउनुभएको छ भनी मतदातालाई सोध्थे । सो क्रममा मतदाताले आफूले थाहा पाएको भनी जवाफ दिने गर्थे । आफूले जितेर गएपछि प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने पनि उनले उद्घोष गरे । दिउँसो २ बजे पथरीशनिश्चरे–८ सोमबारेमा भएको कोणसभाको समापन पछि सुनिल शर्मा जिन्दावाद भन्दै उपस्थित मतदाताले नारा पनि लगाएका थिए ।

‘तपाईँहरु लालपूर्जाविहीन भएर वर्षाैंदेखि बस्नुभएको छ’, पथरीशनिश्चरे–९ पुलचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव जितेर गएपछि सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ सुकुम्बासी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेको पथरीशनिश्चरेमा रहेका सुकुम्बासीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

शर्माले खानेपानीको समस्यालाई पनि प्राथमिकतामा राख्ने जनाए । पथरीशनिश्चरे– ८ को मंगलबारेमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा डा. शर्माले खानेपानी र सिँचाइको उचित प्रबन्ध गरिने बताए । मंगलबारे क्षेत्रमा देखिएको खानेपानीको समस्या हल गर्नुको साथै निर्वाचन क्षेत्रमा सिँचाइको अभाव भएको स्थानमा सिँचाइको उचित प्रबन्ध गरिने पनि उनले बताए ।

सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षा दिने कार्यक्रमलाई व्यापक बनाउन पहल गरिने पनि आफ्नो प्राथमिकतामा परेको उनले बताए ।

सरोकारवाला र मतदाताका गुनासा तथा सुझाव सुन्न र अभिलेखीकरण गर्न सचिवालय स्थापना गरी जनताको सेवामा कटिबद्ध रहने शर्माले उद्घोष गरेका थिए ।

डा. शर्मालाई साथ दिन आइतबार गठबन्धनका उम्मेद्वारमध्ये प्रत्यक्षतर्फका प्रदेशका उम्मेद्वार भने थिएनन् । प्रदेश क बाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका शेखरचन्द्र थापा बिरामी भएकाले उपचारको क्रममा काठमाडौंमा रहेका छन् । प्रदेश ख का उम्मेद्वार लक्ष्मीकुमार श्रेष्ठ आफ्नै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त थिए ।

डा. शर्मालाई साथ दिन पहिलो संविधान सभाका सभासद नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर, दोस्रो संविधान सभाका सभासद नेकपा एकीकृत समाजवादीका चण्डीप्रसाद राई, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार नेपाली कांग्रेसका वसन्त भट्टराई र एकीकृत समाजवादीकी समानुपातिक उम्मेद्वार कृष्णकुमारी बिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना रहेका थिए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि कोणसभामा उपस्थित भएर सभालाई सम्बोधन गरेकी थिइन् ।

मोरङको क्षेत्र नम्बर ३ मा १२ दलगत र १९ स्वतन्त्र गरी ३१ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । तीमध्ये नेपाली कांग्रेसका डा. सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापाबीच मुख्य प्रतिष्पर्धा हुने धेरैको अनुमान छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा सामान्य गिरावट

Published

on

बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।

जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।

११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Continue Reading

Banner

सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।

नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।

छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।

त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।

सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।

Continue Reading

Banner

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य

Published

on

आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।

सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।

काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।

ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।

ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।

पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक