Banner
फेसबुकमा स्टाटस लेख्दै विजय शाहीले भने, ‘मलाई गलत सोचियो’
विराटचोकः आफ्नो स्मरणशक्तिका कारण पछिल्लो समय चर्चामा रहेका विजय शाहीले आफूलाई नेपाली सञ्चारकर्मीलगायतले आफूलाई गलत ढंगले बुझेको बताएका छन् । दशैंको टीकाको दिन उनले फेसबुकमा स्टाटस लेख्दै उनले आफूविरुद्ध आरोप लागेका विषयमा आफ्नो धारणा राखेका हुन् ।
यस्तो छ उनले लेखेको फेसबुक स्टाटसः
नमस्कार, म विजय शाही । मलाई विश्वास छ यो स्टाटस सही विचारले पढ्नुहुनेछ र मेरो मर्मलाई अवश्य बुझ्नुहुनेछ ।
यो स्टाटस लेख्नुको कारण यो हो कि मलाई नेपाली जनताले बुझ्न गा¥हो भको कि ? मैले नेपाली जनतालाई बुझ्न गाह्रो भ’को हो ? प्रश्न चिह्न यसमा रहेको छ ।
१. पहिलो नम्बरमा मप्रति लगाउनुभएको आरोप विजय शाहीको टुनामुना हो, जादु मन्तर हो ।
२. दोस्रो नम्बरमा मप्रति लगाउनु भएको आरोप, विजय शाहीको सेटिङ हो ।
३.तेस्रो नम्बरमा मप्रति लगाउनुभएको आरोप रिपोर्टर्स क्लबमा चिटिङ गर्यो फेक हो, र केही नेपाली जनता र युट्युबर पत्रकारहरुले मलाई गलत सोच्नुभयो ।
मलाई आरोप लगाउनुभन्दा एकपटक गहिरिएर सोच्नुपर्ने थियो । अक्सफोर्ड डिक्सनरी १ हजार ८ सय ७० पेजको छ तर त्यहाँ ह्वाइट पेपर मा ३–४ पेज छापेको थियो । हजुरहरु आफैँले गहिरिएर सोच्नुस् त ? के १ हजार ८ सय ७० पेजको, अक्सफोर्ड डिक्सनरी ३ देखि ४ पेजमा अट्छ र ?

अर्को मैले आफैँले रोजेको पेजबाट लेखेको होइन नि अरुले भनेको पेजबाट लेखेको थिएँ । मैले लेख्नुअघि मेरो फोनदेखि सबै चेक गरिएको थियो । चेक गर्ने क्रममा टेबुलमा २–४ पेजमा छापेको पेपर भेटियो र तुरुन्तै नयाँ पेपर ल्याएपछि मलाई उहाँहरुले भनेकै पेज लेखेर देखाएँ । तर बिडम्बना, युट्युबमा धेरैले भिडियोमा डेमोलाई नराखी, कट गरीगरी नराम्रो बनाइहाल्नुभयो । विजय शाही फेक भनेर नानाथरी लेख्नुभयो । सत्यलाई देखाउनुभएन । असत्य बनाएर भिडियो भाइरल गराउनतर्फ लाग्नुभयो । नेपालमा किन हुन दिँदैनन् राम्रो मान्छेहरुलाई ? किन खुट्टा तान्ने, रिस मान्ने मात्र छन् ?
शायद म नेपालमा जन्मेको भएर होला मेरो पहिचान कसैले गर्न सकेन । न राज्य, न पत्रकार, न नेपाली जनता ? अन्य देशमा हुन्थेँ भने मेरो पहिचान अवश्य गरिने थियो होला । म नेपालमा जन्मेर ठूलो भुल गरेँजस्तो लाग्छ ।
अन्तिममा विजयादशमी २०७७ को हार्दिक मंगलमय शुभकामना । कोबिड १९ को यस विषम परिस्थितिमा यस वर्षको महान पर्व मनाउन गैरहेका छौँ । पहिलेको जस्तै सहज अवस्था नभए पनि हामी जोजो जहाँजहाँ छौं त्यसैलाई रमाइलो मानेर हामी सबैले चाडपर्व मनाउने नै छौँ । सजग र सुरक्षित साथ भौतिक दूरी कायम राख्दै, मनोबल उच्च बनाउँदै र उत्साहपूर्वक विजयादशमीको पावन अवसरमा हजुर र हजुरको सम्पूर्ण परिवारजनमा मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद !
फेसबुक लाइभमा आएर विजय शाहीले भने, ‘मलाई मार्ने धम्की आइरहेको छ’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login