समाचार
फेसबुक लाइभमा आएर विजय शाहीले भने, ‘मलाई मार्ने धम्की आइरहेको छ’
विराटचोकः आफ्नो स्मरणशक्तिका कारण पछिल्लो समय चर्चामा आएका विजय शाहीले आफूलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की आएको सार्वजनिक गरेका छन् ।
सोमबार साँझ ८ बजेर ५ मिनेटमा फेसबुक लाइभमा आएका शाहीले आफूलाई धेरैतिरबाट ज्यान मार्ने धम्की आएको र कतिपयले १ करोड रुपैयाँ लिएर चुप लागेर बस् भनेर पनि धम्क्याउने गरेको बताएका छन् ।
‘तँ सकिइस्, अब तँलाई १ महिनाभित्रमा मार्छु ’ जस्ता म्यासेज आफूलाई आएको उनले बताए ।
त्यस्तै, आफ्नो नाममा फेसबुक, फेसबुक पेज र युट्युब च्यानल खोली जथाभावी लेख्ने गरेको उनले बताएका छन् । आफूलाई हौसला र प्रेरणा चाहिने समयमा खुट्टा तान्ने र ज्यान मार्ने सम्मको धम्की आएको उनले बताएका छन् ।
स्मरणशक्ति कसरी बढाउने भन्ने बारेमा आफू ७७ ओटै जिल्लामा गएर सिकाउन तत्पर रहेको उनले फेसबुक लाइभमा बताए । उनको फेसबुक लाइभ ६ हजार ६ सयभन्दा बढी मानिसले हेरेका थिए ।
https://www.facebook.com/bijaybahadur.shahi/videos/916599452160532/?fref=mentions
Banner
इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि
इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।
इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।
Banner
आज – ११ बैशाख २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ ।
आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ । यी कार्यहरू विक्रेता र कम्पोनेन्ट आपूर्तिकर्ताहरू मार्फत उत्पन्न हुनेछन् ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: फेसबुकमा स्टाटस लेख्दै विजय शाहीले भने, ‘मलाई गलत सोचियो’ - निष्पक्षखबर