Banner
बेलबारीका आदिवासी जनजाति पाइलाहरु स्मारिका सार्वजनिक
विराटचाेक आदिवासी जनजातिका परम्परा रहनसहन एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक “बेलबारीका आदिवासी जनजाति पाइलाहरु” सार्वजनिक गरिएको छ । बिहिबार माेरङकाे बेलबारी नगरपालिका ३ मा रहेकाे नेपाल आदिवासी जनजाति सभाहलमा आयाेजित एक कार्यक्रमा “बेलबारीका आदिवासी जनजाति पाइलाहरु” स्मारिका पुस्तक सार्वजनिक गरिएकाे हाे ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइ, पुर्व सांसदहरु हर्कमान तामाङ र मधु गुरुङ लगायतले स्मारिका सार्वजनिक गरेका थिए । स्मारिका सार्वजनिकीकरण कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति थियो ।
बेलबारी नगरपालिकाको सहयोगमा प्रकाशन भएको स्मारिका को प्रकाशक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी रहेको छ । ३ सय ४० पृष्ठ रहेको स्मारिकामा आदिवासी जनजातिका संस्कृति, विचार, अन्तरवार्ता, स्रष्टा र सृजना एवम् गतिविधि र तस्वीरहरु समेटिएका छन् ।
पुस्तकमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिमा आवद्ध धिमाल जति बिकास केन्द्र, किरात याक्थुङ चुम्लुङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद, किरात राइ यायोख्खा, नेपाल मगर संघ, नेवा देयस् दबु, थारु कल्याणकारीणी सभा, नेपाल तामाङ घेदुङ संघ, माझी उत्थान सेवा समाज, खवास सेवा समाज, उराव झाँगड उत्थान समाज, भुजेल सेवा समाज, किरात याख्खा छुम्मा, किरात सुनुवार सेवा समाज, राजबंशी सेवा समाज, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र, दनुवार जागरण र सन्थाल मुर्मू समाज परिषद गरी १८ वटा जातजातिका रहनसहन, परम्परा, रितिरिवाज र संस्कृतिमा आधारित सामग्री संग्रहित छन् । मनकुमार गुरुङ सम्पादक तथा प्रकाशन संयोजक रहेको पुस्तकको सम्पादन समितिमा भक्तशेर लिम्बु, खनेन्द्र कुमार राइ, ऋषि राइ र बबिता राइ छन् । पुस्तकको भाषा सम्पादन अतिथि सम्पादक इरान राइले गरेका छन् । १ हजार प्रति छापिएको पुस्तकको आवरण शिव छिछाङ्छा राइले बनाएका छन् ।
पुस्तकका सम्पादक मनकुमार गुरुङले कहिल्यै गल्ती गर्दिन भन्नेलाइ पुस्तक प्रकाशन गर्न दिने हो भने उसले पनि गल्ती गर्ने रहेछ भन्दै धेरै होशियारी अपनाउँदा अपनाउँदै पनि पुस्तकमा केही त्रुटि रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइले बेलबारी नगरपालिकाले धिमाल लगायत चार भाषाका पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउने योजना गरिरहेको बताए । यस पुस्तकले आदिवासी जनजाति का धार्मिक, सांस्कृतिक, आर्थिक, भौगोलिक र सामाजिक पक्षलाई समेटेको उनले बताए । बिदेशी धर्म संस्कृति भित्र्याउन कृष्चियन धर्मको भेषमा देशी बिदेशी शक्ति लागेकोले त्यस्ता क्रियाकलाप रोक्नुपर्ने भन्दै उनले पैसाको लागि युवाहरूले कोरियन, जापानीज जस्ता बिदेशी भाषा सिक्नुपर्ने बाध्यता बिडम्बनापुर्ण भएको बताए ।
‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा अझै आदिवासी जनजातिहरुले पुरा हक अधिकार नपाएको अबस्थामा यो पुस्तक आदिवासी जनजातिहरुको महत्त्वपूर्ण दस्तावेज भएको बताए ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login