Banner
व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधानका विषयमा नगरपालिका र सुन्दरहरैँचा उद्याेग वाणिज्य संघ बिच अन्तरक्रिया
विराटाचोकः सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरहरैँचा नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रका व्यवशायीको समस्याको समाधान, बजार व्यवस्यापन, सुरक्षा र बजारको सौन्दर्यकरण, वैंकबाट हुने समस्या ,घर बहाल कर लगायतका विषयमा रहेर अन्तरक्रिया भएको हो
। बिहिबार वाणिज्य संघको पहलमा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा व्यवसायीका समस्या र समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाणिज्य संघका तर्फबाट अध्यक्ष कृष्णप्रसाद रिजालले नगरप्रमुख केदारप्रसाद गुरागाई समक्ष बजारमा देखिएका समस्यालाई समाधान गर्न लिखित रुपमा सहकार्यकालागि सुझाव हस्तन्तरण गरेका थिए ।
सहकार्यकालागि उद्याेग वाणिज्य सङ्घले नगरप्रमुखलाई बुझाएकाे सुझावहरु

छलफलमा कार्यक्रममा बोल्दै वाणिज्यसंघका पूर्व अध्यक्ष उद्योगपती भोलेश्वर दुलालले अहिले सुन्दरहरैंचा क्षेत्रमा उद्योग स्थापना गर्न जग्गाकाे महङ्गिले किन्न नसक्ने भएकाले अन्यन्त्रै जानुपर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । यस्तै वैंकहरुले मनोमानी रुपमा ब्याजदर वृद्धि गरेकाले ब्यवसायीहरु मार मा परेको विषय उठाउदै नगरपालिकाले तत्यकाल बैंकलाई एक्सन लिनुपर्ने अवस्था आएकाे विषय सुझाएका थिए । उनले सडक क्षेत्रमा खाल्डाखुल्डी भएर दुर्घटना हुने भएकाले यसलाई समाधान गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । यस्तै वाकिङ स्टेटमा व्यवासायीक प्रयोजनका सामग्री राखिएको र यसले फुटपाथमा हिन्नेलाई समस्या भएकाले समाधान गर्नुपर्ने बताएका छन् ।
यस्तै वाणिज्य संघका निवर्तमान अध्यक्ष नबराज चापागाईले केराबारी क्षेत्रका मानिसलाई विराटचोकको बजार संग जोड्न आमजुगी देखि बिराटचोक सम्मको सडकलाई विकास गर्नु पर्ने बताएका थिए । यस्तै पशु बजार , कृषि बजारलाई व्यवस्थापना गरिनुपर्ने , नगरपालिकाले रोजगार सृजना गर्ने खालका उद्योग स्थापनामा पहल गर्न नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका छन् । नगरपालिकाले ९९ वर्षकालाई सरकारी जग्गा लिजमा दिएर भए पनि उद्योग स्थापना गर्न पहल गर्नुपर्ने विषय उठाएका थिए । विशेष गरी फुटपाथअव्यवस्थित सञ्चालन हुने वैङ्कले ब्याजदर बढाउने बजारिकरणकाे अभावले गर्दा व्यवसायबाट पलायन हुने अवस्था आइरहेकाे विषयलाई व्यवसायीले उठाएका थिए ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरमा भएका सबै पक्षसंघ छलफल चलाइरहेको बताउदै हालै मात्र विद्यालयका प्रधानाध्यापक संगको छलफलमा विद्यालयको खालि जग्गालाई अभिलेखिकरण गरेर नगरपालिकाले लिजमा दिएर उद्योग स्थापना सङ्गै विभिन्न क्षेत्रमा लगाउने विषयमा छलफल भइरहेको बताएका थिए ।

यस्तै वडा नम्बर ९ मा रहेकाे बुधबारे कृषि बजारलाई निर्माण गर्न प्रविधिक रुपमा नगर विकास कोषमा पठाइ सकिएको नगरप्रमुख गुरागाईले बताएका छन् । हसिना देखि बाघझोडा सम्मको बाटो निर्माण गर्न पहल भइरहेको, उद्योग वाणिज्य संघले उठाएका विषयमा नगरपालिका सकारात्मक रहेको र सधै सहकार्य गर्ने समेत बताएका छन् ।
छलफलबाट व्यवसायीको क्षमता अभिबृद्धि गर्ने गरी तालिम संचालन गर्ने, सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाई सडक क्षेत्र कायम गर्ने, फुटपाथ रुपमा संचालन हुदै आएका व्यवसायलाई व्यवस्थापनमा पहल गर्ने, ऐलानी जग्गा खोजी र व्यवस्थापन गर्ने, मालपोत र व्यवसाय कर प्रभावकारी बनाउन नगरपालिका र वाणिज्य संघ बिच सहकार्य गर्ने, व्यवसाय दर्ता र नविकरण गर्न उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य गर्ने निणर्य गरेको छ । अन्तर्रक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले चलाएका थिए । कार्यक्रममा वाणिज्य सङ्घका पदाथिकारी र नगरपालिकाका कर्मचारीकाे समेत उपस्थिति रहेकाे थियाे ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login