Connect with us
Advertisement

मादी हत्याकाण्डमा संलग्न थप ४ जना पक्राउ, अघिल्लै दिन बनाइएको रहेछ योजना, योजनाकार पनि पक्राउ

Published

on

खाँदबारीः भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड योजनाबद्ध रुपमा भएको खुलेको छ । प्रहरीले सो घटनाका योजनाकारलगायत थप ४ जनालाई पक्राउ गरेको छ । उनीहरुले हत्या गर्नुको कारणसहित आफ्नो संलग्नता स्वीकारेको प्रहरीले जनाएको छ ।

एउटा समूहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङसहितको संयुक्त अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार थप पक्राउ पर्नेहरूमा ४७ वर्षीय खड्गबहादुर कार्की (मुख्य योजनाकार) उनकै छोरा २८ वर्षीय हस्तबहादुर कार्की, यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय खाँदबारीमा आज पत्रकार सम्मेलन गरी घटनाको बारेमा प्रहरीले जानकारी दिएअनुसार अनुसन्धानबाट खुलेका थप तथ्यहरू यसप्रकार छन्ः

यसअघि पक्राउ परेका लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की बसेर हत्या योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको दिन बिहान मृतक तेजकुमार कार्की खेताला वोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र उनकी श्रीमतीको हत्या गर्ने योजना बनाएको पाइएको छ । घटनाको बारेमा अरुले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लुट्ने योजना रहेको पाइएको प्रहरीको भनाइ छ ।

घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो ।

मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमार कार्कीको घरमा गएर ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनी तेजकुमार कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरी खड्गबहादुर आफ्नो घरतर्फ फर्केको र तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको पाइएको प्रहरीले जनाएको छ ।

मृतक तेजकुमार कार्की बिहान ५ बजे उठी लोकबहादुरको घरमा गई सुतिरहेको लोकबहादुरलाई ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको र सो समयमा लोक बहादुरका भाइ नरेश कार्की र बाबु रणबहादुर कार्की समेत घरमै रहेको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

आफ्नो घरबाट तेजबहादुर फर्किएपछि लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको पाइएको प्रहरीले जनाएको छ । खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पट लिई आई तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको पाइएको प्रहरीले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्याे, मलाई नमार’ भन्दै गरेको हारगुहार सुनेपछि ‘मेरो श्रीमान्लाई नमार’ भन्दै तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना आएपछि लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेका थिए । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेको पाइएको तथा मृतक रञ्जनाको शव रणबहादुर र नरेशले बोकेर कमलाको शव भएको स्थानसम्म लगेको पाइएको प्रहरीले जनाएको छ ।

सो घटनाको बेला नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखी हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेपछि लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको पाइएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि पाँचै जना मिलेर मृतकको घरतर्फ गएका र घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा भेटेपछि हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेको र लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको पाइएको छ । त्यसपछि घटनामा संलग्न सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा गई छुरीमा लागेको रगत पखालेर छुरी बुइँकलमा लुकाएको, चिर्पटहरू अँगेनामा डढाएको र रगत लागेको कपडाहरू लुकाएका थिए । खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ गएका र घर फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओढारमा लगेर लुकाएको अनुसन्धानको क्रममा खुलेको थियो ।

त्यसपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी र प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण घटनको सबै जिम्मेवारी एक्लै लिने भन्ने सल्लाह गरी फर्केको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबैले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार घटना हुनुका कारणहरू यस्ता छन्ः
खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट तथा गालीगलौज गर्ने हुनाले मृतक तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्दा खड्गबहादुरले ‘तँलाई के मतलब, तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको छ ।

त्यस्तै, मृतक तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने तथा नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गरेका थिए । रणबहादुरलाई ‘तँ लठेब्रो, केही गर्ने सक्दैनस्’ भन्ने गरेको र जहिले पनि अरुलाई हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको भनी मनमा ईख पालेको पाइएको छ । सोही इख बढ्दै जाँदा घटनाको दिन सबै जना मृतकको खेतमा खेताला जानुपर्ने भएकाले सोही दिन मौका छोपी योजना बनाई हत्या गरेको पक्राउ परेकाहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।

सम्बन्धित अघिल्ला समाचारहरुः

६ जनाको हत्या गर्ने आरोपीले यसरी दिए प्रहरीलाई बयान, प्रहरीको प्रेस रिलिजसहित

६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक

सामूहिक हत्या प्रकरणमा संलग्न छिमेकी पक्राउ, आइतबार सार्वजनिक गरिने

कुकुरसहितको प्रहरीको अनुसन्धान टोली संखुवासभा पुग्यो, धन लुट्न हत्या भएको हुन सक्ने अनुमान

एकै परिवारका ६ जनाको वीभत्स हत्या

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक