Connect with us
Advertisement

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या २३ थपियो, ७३ पुग्यो

Published

on

काठमाडौँ — रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर छन् ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर रहेका छन् । कन्सुलर विभागले मृत्यु प्रमाणित भइसकेकाका परिवारलाई सम्पर्क गरी जानकारी दिइसकेका छन् । उनीहरूमध्ये धेरैजसो एक वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् ।

The number of Nepalis who lost their lives in the Russia-Ukraine war increased by 23, reaching 73

युद्धमा खटिएका र फर्किएका नेपालीका अनुसार रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।

रुसले पठाएको विवरणअनुसार नेपालबाट पठाइएका डीएनए नमुनामध्ये पछिल्लो पटक ८ जनाको मिलेको छ, जसमा नवलपरासीका हेमकुमार, दार्चुलाका ललितसिंह, सल्यानका ताराप्रकाश, मोरङका रोनल, प्यूठानका भीमबहादुर, म्याग्दीका छमबहादुर, बैतडीका अर्जुनदत्त र सुर्खेतका सुजन रहेका छन् ।

अन्यको डीएनए ‘रिपोर्ट’ आइसकेको छैन । कन्सुलर विभागले चैत २०८० र असोज २०८१ मा ५८ जनाका परिवारको डीएनए नमुना परीक्षणका लागि पठाएको थियो ।

त्यतिखेर पठाइएकामध्ये तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारले पठाएको डीएनए ‘रिपोर्ट’को नतिजा आएको छैन ।

त्यस्तै, गत असोजमा पठाइएको सुर्खेतका लक्ष्मण विष्ट, लालबहादुर पुनमगर र भरत कुँवर, सुनसरीका राजन राउत र महेन्द्र शाही, धादिङका मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, कपिल घर्तीमगर र माइतमान घर्ती, कपिलवस्तुका चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हीराबहादुर गुरुङ र श्यामध्वज गुरुङ, पाँचधरका सुजन जवेगु र जितेन्द्र केसी, गोरखाका गणेशबहादुर कुमाल, रामेछापका साधुराम प्रधान, भुवन पुनमगर, रोहन तामाङ र ज्ञानबहादुर मगर, डोटीका भीमबहादुर नेगी, देव तामाङ र विजयकुमार टमाटा, रूपन्देहीका विपिन विक, चन्द्रप्रकाश बीसी, सुवास तामाङलगायतको पनि डीएनए ‘रिपोर्ट’को नतिजा आएको छैन ।

रुस र युक्रेनबीचको १७ सय किमि सीमा क्षेत्रमा चलिरहेको युद्धमा रुसी सेनामा रहेर खटिएका नेपालीको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । रुस–युक्रेन युद्धमा अझै कैयौं नेपाली कार्यरत छन् । रुसी सेनामा भर्ती भएका सबै नेपालीको गत फागुनभित्र एकवर्षे करार अवधि समाप्त भइसकेको छ । रुसले नेपाली राहदानी बोकेकाको हकमा करारपत्र नवीकरण गरिदिएको छैन । तर रुसको राहदानी र नागरिकता लिएका नेपालीको हकमा भने रुसी सरकारले करारपत्र नवीकरण गरिदिएको छ । अहिले कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन ।

रुसका लागि निवर्तमान राजदूत मिलनराज तुलाधर नेपाल सरकारको अनुरोधपछि रुसले नेपालीको करारपत्र नवीकरण गर्न छोडेको बताउँछन् । सरकारले २०८० मंसिर तेस्रो साता नै कूटनीतिक नोट पठाउँदै नयाँ भर्ना रोक्न र नेपाल पठाउन आग्रह गरेको थियो । त्यसपछि नयाँ भर्ना नलिइएको घोषणा रुसले गरेको छ ।

२४ फेब्रुअरी २०२२ देखि रुस–युक्रेन युद्ध जारी छ । युक्रेनसँगको युद्धमा अनपेक्षित क्षति भोगेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक संख्या बढाउन विदेशी नागरिक भर्ती भएमा करिब ३ लाख रुबेल तलब र एक वर्षपछि सिधै रुसी नागरिकता दिने नीति ल्याएका थिए । त्यही कारण कतिपय नेपाली युवा मानव तस्करमार्फत भारत, खाडी र मलेसिया हुँदै मस्को पुगेर सेनामा भर्ती भएका थिए । रुसमै अध्ययनरत कतिपय नेपाली विद्यार्थी पनि सेनामा भर्ती भएर युद्धमैदानमा खटिएका थिए । रुसले आधिकारिक संख्या उपलब्ध नगराए पनि कम्तीमा १५ सय हाराहारी नेपाली त्यहाँको सेनामा भर्ना भएको अनुमान छ ।

रुसी सेनामा मृत्यु भएकाका परिवारले क्षतिपूर्ति पाउन पनि जटिल भइरहेको छ । केही परिवार क्षतिपूर्तिका लागि रुसमा नै गइरहेका छन् । कन्सुलर विभागका अनुसार हालसम्म ११ मृतकका परिवारले क्षतिपूर्ति दाबी गर्न कागजात बनाइसकेका छन् । तत्कालीन राजदूत तुलाधर रुसी सेनासरह नै नेपालीले पनि क्षतिपूर्ति पाउनुपर्ने बताउँछन् । ‘धेरैजसोको करारपत्रमै क्षतिपूर्तिका लागि इच्छाइएका हकदारको नाम लेखिएको छ, कतिपयकामा छैन, नभए पनि हकदारले दाबी गर्न पाउँछन्,’ तुलाधर भन्छन्, ‘हकवाला स्वयं रुसमा गयो भने पनि पैसा दिन्छ, क्षतिपूर्ति पाउने समय अलि अगाडि/पछाडि होला, तर पाइन्छ ।’ परिवारजन आफैं रुस गए पनि नगए पनि दूतावासको संलग्नता चाहिने र प्रक्रिया पनि दूतावासमार्फत नै अघि बढाउनुपर्ने उनको भनाइ छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक