Connect with us
Advertisement

व्यवस्थित पूर्वाधार निर्माण गर्न एनआरएनए विज्ञ सम्मेलनका वक्ताको आग्रह

Published

on

विराटचोकः गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थित रुपमा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको र सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने उनीहरुको भनाइ थियो ।

नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । यातयात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र (सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा लगानीको अवसर रहेको उनको भनाइ थियो । जलविद्युत, पर्यटन, होटल र सिमेन्ट उद्योगमा पूर्वाधार निर्माणको क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उनले औँल्याए ।

पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । अरु देशले शुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ थियो । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको र संघीयता लागू भएकाले पूर्वाधार निर्माणको चरण भएको उनले बताए ।

५ वर्षमै बिग्रने खालको होइन, दीर्घकालीन योजना बोकेर जानुपर्ने उनको सुझाव थियो । थोरै काममा काम गर्दा पूर्वाधार निर्माण नभए पनि अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्ने उनले बताए ।

प्रोफेसर डा. संगीता सिंहले भूकम्पपछि पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताइन् । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उनको भनाइ थियो । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उनले बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि योजना बनाएर अघि बढ्न आवश्यक रहेकोमा उनले जोड दिइन् ।

सिभिल इञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्ने भए पनि नेपालको शहरी क्षेत्र पूर्ण रूपमा व्यवस्थित हुन नसकेको उनको भनाइ थियो ।

रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ थियो । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उनको भनाइ थियो ।

इञ्जिनियर दीपकबाबु कँडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताए । नेपालमा रेल आवश्यकता भए पनि जीवन जिउने आवश्यकता बढी भएकाले विदेशी लगानी बढाउनै पर्ने बताए । स्मार्ट सिटी बनाउन ध्यान दिनुपर्ने उनले बताए ।

अरुणदेव पन्तले भवन निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विषम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताए । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको पनि उनले बताए । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको र रेल, बाटो, सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए । मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताए ।

२७ वटा नयाँ शहर र १५ वटा स्मार्ट शहर बनाउन लागिएको र हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ ठाउँमा व्यवस्थित योजना बनाई अघि बढेको उनले उल्लेख गरे । एक शहर एक पहिचानको रुपमा अघि बढेको उनले जनाए । भारतको सिमानामा जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १ सय ५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको उनको भनाइ थियो ।

दुई सय ९३ नगरलाई व्यवस्थित बहर बनाउन सरकार लागिपरेको उनले बताउनुभयो । पूर्वाधार निर्माणमा देश अघि बढेको भन्दै आवश्यकता अनुसार नीतिगत व्यवस्था गर्न लागेको पनि उनले उल्लेख गरे । साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उनको भनाइ थियो ।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताउँदै देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने र पूर्वाधार निर्माणका लागि एनआरएनले सघाउने उल्लेख गरे ।

सम्बन्धित समाचारः

कोभिडले कृषि क्षेत्र धराशायी भएको एनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक