Banner
सुनिल शर्माका प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान, सुलभ स्वास्थ्योपचार र खानेपानीको सहजता
पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् । जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।
अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ । मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।

गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनदेखि पथरीकेन्द्रित घरदैलो कार्यक्रममा छन् । आइतबार पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ९ स्थानमा भएको कोणसभा तथा घरदैलो कार्यक्रममा देखिएको जनलहरले शर्माको जीत निश्चित भएको देखाउँथ्यो । बिहान ८ बजेदेखि मतदाता भेटघाटमा व्यस्त रहेका शर्माले बिहान ९ बजेदेखि कोणसभालाई सम्बोधन गर्न थालेका थिए । यो क्रम साँझ साढे ५ बजेसम्म जारी रहेको थियो ।
हरेक स्थानका कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. शर्माले आफ्ना प्रतिबद्धता दोहो¥याए । उनको प्रतिबद्धतालाई उपस्थित मतदाताले ताली बजाएर समर्थन गरेका थिए ।
‘यस क्षेत्रका नागरिकले उपचार नपाएर आफ्नो जीवन गुमाउनुपर्ने छैन’, डा. शर्माले भने, ‘गत ५ वर्षमा मेरो पहलमा १ लाख ३० हजार बिरामीलाई घरबाटै एम्बुलेन्समा राखेर अस्पताल लगेर निःशुल्क उपचार गरी घरमै ल्याइदियौँ । क्षेत्र नम्बर ३ का ६ वटा संस्थालाई ६ वटा एम्बुलेन्स दियौँ, पथरीशनिश्चरेमा मात्रै २ वटा एम्बुलेन्स प्रदान गरेँ ।’ पैसाको अभावमा उपचार नपाएर मर्ने दिनको अन्त्य भएको भन्दै उनले आफूले हार्दा पनि गरेको यस्तो परोपकारको कामलाई आफू निर्वाचित भएपछि झन् व्यापक बनाउने बताए ।
६ सय ७३ जना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिएको स्मरण गरे । उनीहरुले ११ कक्षादेखि एमबीबीएससम्म अध्ययन गरेको जानकारी दिँदै डा. शर्मा सम्बोधनको क्रममा आफ्नो परोपकारी कामको बारेमा कतिले थाहा पाउनुभएको छ भनी मतदातालाई सोध्थे । सो क्रममा मतदाताले आफूले थाहा पाएको भनी जवाफ दिने गर्थे । आफूले जितेर गएपछि प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने पनि उनले उद्घोष गरे । दिउँसो २ बजे पथरीशनिश्चरे–८ सोमबारेमा भएको कोणसभाको समापन पछि सुनिल शर्मा जिन्दावाद भन्दै उपस्थित मतदाताले नारा पनि लगाएका थिए ।

‘तपाईँहरु लालपूर्जाविहीन भएर वर्षाैंदेखि बस्नुभएको छ’, पथरीशनिश्चरे–९ पुलचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव जितेर गएपछि सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ सुकुम्बासी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेको पथरीशनिश्चरेमा रहेका सुकुम्बासीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिने उनले बताए ।
शर्माले खानेपानीको समस्यालाई पनि प्राथमिकतामा राख्ने जनाए । पथरीशनिश्चरे– ८ को मंगलबारेमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा डा. शर्माले खानेपानी र सिँचाइको उचित प्रबन्ध गरिने बताए । मंगलबारे क्षेत्रमा देखिएको खानेपानीको समस्या हल गर्नुको साथै निर्वाचन क्षेत्रमा सिँचाइको अभाव भएको स्थानमा सिँचाइको उचित प्रबन्ध गरिने पनि उनले बताए ।
सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षा दिने कार्यक्रमलाई व्यापक बनाउन पहल गरिने पनि आफ्नो प्राथमिकतामा परेको उनले बताए ।
सरोकारवाला र मतदाताका गुनासा तथा सुझाव सुन्न र अभिलेखीकरण गर्न सचिवालय स्थापना गरी जनताको सेवामा कटिबद्ध रहने शर्माले उद्घोष गरेका थिए ।
डा. शर्मालाई साथ दिन आइतबार गठबन्धनका उम्मेद्वारमध्ये प्रत्यक्षतर्फका प्रदेशका उम्मेद्वार भने थिएनन् । प्रदेश क बाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका शेखरचन्द्र थापा बिरामी भएकाले उपचारको क्रममा काठमाडौंमा रहेका छन् । प्रदेश ख का उम्मेद्वार लक्ष्मीकुमार श्रेष्ठ आफ्नै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त थिए ।
डा. शर्मालाई साथ दिन पहिलो संविधान सभाका सभासद नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर, दोस्रो संविधान सभाका सभासद नेकपा एकीकृत समाजवादीका चण्डीप्रसाद राई, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार नेपाली कांग्रेसका वसन्त भट्टराई र एकीकृत समाजवादीकी समानुपातिक उम्मेद्वार कृष्णकुमारी बिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना रहेका थिए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि कोणसभामा उपस्थित भएर सभालाई सम्बोधन गरेकी थिइन् ।
मोरङको क्षेत्र नम्बर ३ मा १२ दलगत र १९ स्वतन्त्र गरी ३१ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । तीमध्ये नेपाली कांग्रेसका डा. सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापाबीच मुख्य प्रतिष्पर्धा हुने धेरैको अनुमान छ ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login