Banner
सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा जुममार्फत् पढाइ हुँदै
विराटचोकः कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले विद्यालय सञ्चालनमा रोक लगाएपछि सुन्दरहरैंचाका सामुदायिक विद्यालयले अनलाइन प्रविधि जुममार्फत् पढाउन थालेका छन् ।
शिक्षा मन्त्रालयले मंसिरमा अर्धवार्षिक परीक्षा गराउन विद्यालयलाई निर्देशन दिए पनि तराई र सुगम जिल्लाकै धेरै विद्यालय कसरी कक्षा सञ्चालन गर्ने र कसरी परीक्षा लिने भन्नेमा अन्योलपूर्ण अवस्थामा छन् । यसै क्रममा केही सामुदायिक विद्यालयले जुममार्फत् कक्षा लिन थालेका छन् । तर ती कक्षा प्रभावकारी भने नभएको विद्यालयको भनाइ छ ।
सुकुना माध्यमिक विद्यालयले कक्षा ११ र १२ तथा अंग्रेजी माध्यमको कक्षा अनलाइन विधिमार्फत् सञ्चालन गरिरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीका अनुसार विद्यालयले आज कात्तिक ४ गतेसम्म अनलाइन कक्षा लिइरहेको छ । कात्तिक ५ गतेदेखि भने दशैं बिदा दिएर कोजाग्रत पूर्णिमापछि कक्षा सञ्चालनको तयारी भइरहेको छ ।
उनका अनुसार सुकुनाले साउन महिनामा पनि अनलाइन कक्षा चलाएको थियो । त्यसबेला शुरुमा विद्यार्थीको संख्या उल्लेख्य भए पनि पछि विद्यार्थी घट्दै गएका थिए । तर अहिले भने विद्यार्थी बढ्दै गएका छन् ।
‘कक्षा ११ र १२ मा झण्डै ९० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएका छन्’, गिरीले भने, ‘अंग्रेजी माध्यमबाट पढाइ हुने ८, ९, १० कक्षामा पनि राम्रै उपस्थिति छ । तर नेपाली माध्यमबाट पढाइ हुने कक्षामा भने विद्यार्थीको संख्या थोरै छ ।’ नेपाल टेलिकमले उपलब्ध गराउने सियुजी (क्लोजर युजर ग्रुप) सिममार्फत् पढाइ सहज भए पनि मोबाइल नहुने अभिभावकलाई भने समस्या परेको उनले बताए ।
जनता मावि पचामका प्रधानाध्यापक हीरालाल साहूका अनुसार असोज २६ गतेदेखि अनलाइन कक्षामार्फत् पढाइ भइरहेको छ । तर विद्यार्थीको उपस्थिति भने न्यून छ । नेट चलाउनको लागि टेलिकमसँगको सहकार्यमा विद्यार्थीलाई सिम दिइए पनि राम्रोसँग नेट नचल्ने तथा नेट चलाउन मिल्ने फोन अभिभावकसँग नहुनु मुख्य समस्या रहेको छ ।
सहायक प्रधानाध्यापक सूर्यबहादुर बस्नेतका अनुसार सियुजी सिम १ सय ५० रुपैयाँमा विद्यार्थीलाई दिने गरिएको छ । त्यसमा डेढ जीबी डाटा चलाउन मिल्ने बस्नेत बताउँछन् । सियुजी सिम लिन पनि झण्झटिलो प्रक्रिया भएको उनले बताए । दशैंपछि अभिभावकसँग अन्तरक्रिया गरेर कक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर निर्णय गरिने उनले बताए ।
श्रीखण्ड मावि सुन्दरहरैंचा ३ लोचनीका प्रधानाध्यापक घनश्याम भट्टराईका अनुसार सिकाइ सहजीकरण निर्देशिका अनुसार गाउँगाउँमा गएर अफलाइन विधिमार्फत् विद्यालयले शिक्षण गरेको थियो । साथै जोर बिजोर प्रणालीमार्फत् विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य मापदण्ड अपनाएर पनि पढाइएको उनले बताए । पछि विद्यालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कक्षा बन्द गरिएको उनले जानकारी दिए ।
जनता मावि सुन्दरहरैंचा–३ त्रियुगाले वैकल्पिक विधिबाट शिक्षण शुरु गरे पनि १ हप्ता पढाएर कक्षा बन्द गर्याे । प्रधानाध्यापक होमबहादुर भण्डारीका अनुसार ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिए पनि कक्षामा विद्यार्थीको उल्लेख्य उपस्थिति नभएपछि पठनपाठन बन्द गरियो ।
जनता मावि सुन्दरहरैंचा– ९ बुधबारेमा शिक्षकलाई जुम तथा अनलाइन कक्षा सञ्चालन गर्ने बारेमा तालीम दिइएको छ । कक्षा शुरु गर्ने तयारी गर्दागर्दै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्काललाई कक्षा स्थगित गरिएको छ । प्रधानाध्यापक रोहित ढकाल अनलाइन कक्षामा विद्यार्थीको सहभागिता भने कम देखिने गरेको अन्य विद्यालयका शिक्षकले भन्ने गरेका हुनाले प्रभावकारी हुनेमा शंका गर्ने ठाउँ रहेको बताउँछन् ।
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सामुदायिक विद्यालयका विद्यार्थी सीयुजी, जुम, अफलाइन कक्षा र ट्युसनमार्फत् कक्षा लिँदै - निष्पक्