शिक्षा / स्वास्थ्य
सामुदायिक विद्यालयका विद्यार्थी सीयुजी, जुम, अफलाइन कक्षा र ट्युसनमार्फत् कक्षा लिँदै
विराटचोकः सामुदायिक विद्यालयका विद्यार्थीहरु वैकल्पिक शिक्षण सिकाइका माध्यमतर्फ आकर्षित हुन थालेका छन् । केही विद्यालयले शुरुमा जुममार्फत् अध्यापन थाले पनि सो सिकाइ प्रभावकारी नभएको भन्दै बन्द गरेका थिए । तर पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको र संक्रमणको जोखिम कायमै रहेकाले शिक्षक, विद्यार्थी र अभिभावक सबैले वैकल्पिक शिक्षण विधिलाई नै तत्कालको लागि भरपर्दाे विधि मान्न थालेको पाइएको छ ।
साजीलाल माध्यमिक विद्यालयले अनलाइन शिक्षणलाई प्रभावकारी शिक्षण विधि मानेर अध्यापन गराइरहेको छ । प्रधानाध्यापक कल्याणप्रसाद सिटौलाका अनुसार अनलाइन शिक्षणमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको राम्रो उपस्थिति छ । ‘७५ देखि ८० प्रतिशत विद्यार्थी उपस्थित छन्’, फोन सम्पर्कमा सिटौलाले भने, ‘नेपाली माध्यममा पढ्ने विद्यार्थीको उपस्थिति न्यून छ तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको उपस्थिति राम्रो छ ।’ पहिले केही समय प्रभावहीनजस्तो देखिए पनि पछि विद्यार्थीको उपस्थिति राम्रो हुँदै गएको उनले बताए ।
मोबाइल वा ल्यापटप किन्न नसक्ने र घरमा नेट जोड्न नसक्ने विद्यार्थीका लागि भने अनलाइन कक्षाले समेट्न नसकेको सिटौलाको भनाइ छ । प्रदेश सरकारले १० वर्षमा प्रदेशभरका विद्यालयमा डिजिटल माध्यमबाट पढाउने नीति लिएको र प्रारम्भिक चरणमा सुन्दरहरैंचाका साजीलाल, सुकुना, जनता मावि हरैँचा, श्री मावि मृगौलियालाई छनोट गरेकाले प्रदेश सरकारले नै साजीलालका शिक्षकलाई अनलाइन कक्षाको बारेमा लकडाउन अघि नै ३ महिने तालीम दिएको थियो । सो तालीमका कारण पनि पढाउन सहज भएको सिटौला बताउँछन् ।
महेन्द्र मावि शुक्रबारेले कक्षा ९ र १० का विद्यार्थीलाई अनलाइन विधिमार्फत् पढाइरहेको छ । सबैसँग मोबाइल र ल्यापटप अनि नेट नहुनु अहिलेका लागि चुनौतीपूर्ण भएको प्रधानाध्यापक सुनिलकुमार झाले बताए । नेटले राम्रोसँग काम नगर्दा पनि समस्या भएको उनले बताए ।
अनलाइन कक्षा लिइरहेका विद्यार्थीका अभिभावकले पनि राम्रो प्रतिक्रिया दिइरहेको तथा टीभी र रेडियोबाट पनि विद्यार्थीले अध्ययन गरिरहेको झा बताउँछन् । केही समय अघि ४\५ दिनजति दिनको २\३ घण्टाको दरले विद्यार्थीलाई स्कुलमा बोलाएर पढाए पनि कोरोना संक्रमणको दर बढ्न थालेपछि बन्द गरिएको उनले बताए ।
४ प्रतिशतसँग मात्रै अनलाइन सुविधा छ
ज्योति मावि सुन्दरहरैंचाले भने अनलाइन कक्षा शुरु गर्नुपूर्व सर्भे गरेको बताउँछन् प्रधानाध्यापक यामप्रसाद सिग्देल । सर्भेका क्रममा ४ प्रतिशत विद्यार्थी मात्रै अनलाइनको पहुँचमा भएको देखिएपछि अनलाइन कक्षालाई जोड नदिएको उनले बताए । साउन १५ पछि ९ र १० कक्षालाई ४ दिन विद्यालयमै बोलाएर पढाएको त्यसपछि बन्द गरिए पनि असोज ७ गतेपछि पुनः १५ दिनजति विद्यालयमै बोलाएर ९ र १० कक्षाका विद्यार्थीलाई पढाएको उनले बताए । त्यसपछि विद्यालय सेवा क्षेत्रमा कोरोना संक्रमणको दर बढेपछि पढाइ बन्द गरिएको उनले बताए ।
विद्यालयका शिक्षक हरेक महिना विद्यार्थीको घरघरमा पुग्ने गरेका छन् । अभिभावकसँग विद्यार्थीको पढाइको बारेमा जानकारी दिने र गृहकार्य दिने काम गरिएको उनले जानकारी दिए । प्रत्येक १५ दिनमा अभिभावकलाई फोन गरी विद्यार्थीको पढाइको बारेमा जानकारी लिने गरेको उनले बताए । रेडियो र टीभीको कक्षा पनि त्यत्ति प्रभावकारी नदेखिएपछि अभिभावकले ट्युसन पढाउनेलगायतका काम गरिरहेको पाइएको उनले जनाए ।
शिक्षा निकेतन माध्यमिक विद्यालयले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि अनलाइन माध्यमबाट पढाइरहेको छ । प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीका अनुसार विद्यालयले कक्षा ८ देखि १२ सम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनबाट नै होमवर्क पनि दिने गरिएको छ । ५० प्रतिशत हाराहारी विद्यार्थी अनलाइन कक्षामा आउने गरेको उनले बताए ।
इन्टरनेटको समस्या भएका विद्यार्थीका लागि अफलाइन कक्षा सञ्चालन भइरहेको र विद्यार्थीको घरघरमा गएर भेटघाट गर्ने कार्यक्रम पनि भइरहेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा जुममार्फत् पढाइ हुँदै
टोलटोलमा गएर पढाउँदै बेलबारीका सामुदायिक विद्यालयहरु
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login