Connect with us
Advertisement

सामुदायिक विद्यालयका विद्यार्थी सीयुजी, जुम, अफलाइन कक्षा र ट्युसनमार्फत् कक्षा लिँदै

Published

on

विराटचोकः सामुदायिक विद्यालयका विद्यार्थीहरु वैकल्पिक शिक्षण सिकाइका माध्यमतर्फ आकर्षित हुन थालेका छन् । केही विद्यालयले शुरुमा जुममार्फत् अध्यापन थाले पनि सो सिकाइ प्रभावकारी नभएको भन्दै बन्द गरेका थिए । तर पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको र संक्रमणको जोखिम कायमै रहेकाले शिक्षक, विद्यार्थी र अभिभावक सबैले वैकल्पिक शिक्षण विधिलाई नै तत्कालको लागि भरपर्दाे विधि मान्न थालेको पाइएको छ ।

साजीलाल माध्यमिक विद्यालयले अनलाइन शिक्षणलाई प्रभावकारी शिक्षण विधि मानेर अध्यापन गराइरहेको छ । प्रधानाध्यापक कल्याणप्रसाद सिटौलाका अनुसार अनलाइन शिक्षणमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको राम्रो उपस्थिति छ । ‘७५ देखि ८० प्रतिशत विद्यार्थी उपस्थित छन्’, फोन सम्पर्कमा सिटौलाले भने, ‘नेपाली माध्यममा पढ्ने विद्यार्थीको उपस्थिति न्यून छ तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको उपस्थिति राम्रो छ ।’ पहिले केही समय प्रभावहीनजस्तो देखिए पनि पछि विद्यार्थीको उपस्थिति राम्रो हुँदै गएको उनले बताए ।

मोबाइल वा ल्यापटप किन्न नसक्ने र घरमा नेट जोड्न नसक्ने विद्यार्थीका लागि भने अनलाइन कक्षाले समेट्न नसकेको सिटौलाको भनाइ छ । प्रदेश सरकारले १० वर्षमा प्रदेशभरका विद्यालयमा डिजिटल माध्यमबाट पढाउने नीति लिएको र प्रारम्भिक चरणमा सुन्दरहरैंचाका साजीलाल, सुकुना, जनता मावि हरैँचा, श्री मावि मृगौलियालाई छनोट गरेकाले प्रदेश सरकारले नै साजीलालका शिक्षकलाई अनलाइन कक्षाको बारेमा लकडाउन अघि नै ३ महिने तालीम दिएको थियो । सो तालीमका कारण पनि पढाउन सहज भएको सिटौला बताउँछन् ।

महेन्द्र मावि शुक्रबारेले कक्षा ९ र १० का विद्यार्थीलाई अनलाइन विधिमार्फत् पढाइरहेको छ । सबैसँग मोबाइल र ल्यापटप अनि नेट नहुनु अहिलेका लागि चुनौतीपूर्ण भएको प्रधानाध्यापक सुनिलकुमार झाले बताए । नेटले राम्रोसँग काम नगर्दा पनि समस्या भएको उनले बताए ।
अनलाइन कक्षा लिइरहेका विद्यार्थीका अभिभावकले पनि राम्रो प्रतिक्रिया दिइरहेको तथा टीभी र रेडियोबाट पनि विद्यार्थीले अध्ययन गरिरहेको झा बताउँछन् । केही समय अघि ४\५ दिनजति दिनको २\३ घण्टाको दरले विद्यार्थीलाई स्कुलमा बोलाएर पढाए पनि कोरोना संक्रमणको दर बढ्न थालेपछि बन्द गरिएको उनले बताए ।

४ प्रतिशतसँग मात्रै अनलाइन सुविधा छ
ज्योति मावि सुन्दरहरैंचाले भने अनलाइन कक्षा शुरु गर्नुपूर्व सर्भे गरेको बताउँछन् प्रधानाध्यापक यामप्रसाद सिग्देल । सर्भेका क्रममा ४ प्रतिशत विद्यार्थी मात्रै अनलाइनको पहुँचमा भएको देखिएपछि अनलाइन कक्षालाई जोड नदिएको उनले बताए । साउन १५ पछि ९ र १० कक्षालाई ४ दिन विद्यालयमै बोलाएर पढाएको त्यसपछि बन्द गरिए पनि असोज ७ गतेपछि पुनः १५ दिनजति विद्यालयमै बोलाएर ९ र १० कक्षाका विद्यार्थीलाई पढाएको उनले बताए । त्यसपछि विद्यालय सेवा क्षेत्रमा कोरोना संक्रमणको दर बढेपछि पढाइ बन्द गरिएको उनले बताए ।

विद्यालयका शिक्षक हरेक महिना विद्यार्थीको घरघरमा पुग्ने गरेका छन् । अभिभावकसँग विद्यार्थीको पढाइको बारेमा जानकारी दिने र गृहकार्य दिने काम गरिएको उनले जानकारी दिए । प्रत्येक १५ दिनमा अभिभावकलाई फोन गरी विद्यार्थीको पढाइको बारेमा जानकारी लिने गरेको उनले बताए । रेडियो र टीभीको कक्षा पनि त्यत्ति प्रभावकारी नदेखिएपछि अभिभावकले ट्युसन पढाउनेलगायतका काम गरिरहेको पाइएको उनले जनाए ।

शिक्षा निकेतन माध्यमिक विद्यालयले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि अनलाइन माध्यमबाट पढाइरहेको छ । प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीका अनुसार विद्यालयले कक्षा ८ देखि १२ सम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनबाट नै होमवर्क पनि दिने गरिएको छ । ५० प्रतिशत हाराहारी विद्यार्थी अनलाइन कक्षामा आउने गरेको उनले बताए ।

इन्टरनेटको समस्या भएका विद्यार्थीका लागि अफलाइन कक्षा सञ्चालन भइरहेको र विद्यार्थीको घरघरमा गएर भेटघाट गर्ने कार्यक्रम पनि भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा जुममार्फत् पढाइ हुँदै

टोलटोलमा गएर पढाउँदै बेलबारीका सामुदायिक विद्यालयहरु

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक