Connect with us
Advertisement
Advertisement

लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)

Published

on

विराटचोकः विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले देशमा बन्दाबन्दी अर्थात् (लकडाउन)को तेस्रो हप्ता चलिरहेको छ । नेपालका विभिन्न जिल्ला तथा विदेशमा छरिएर रहेका नेपाली साहित्यकारकोे विचार र उनीहरूको मनोभावना बुझ्ने प्रयास हामीले गरेका छौं । जसमा नेपाल तथा नेपाल बाहिर विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूका अनुसार यसरी दिन बित्दैछ तेस्रो हप्ताको लकडाउनमा ।

मोरङको झोराहाटका नाट्यकार तथा कवि भरत गुरागाईँ लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने बताउँछन् । लकडाउनको निर्णय सरकारको अति नै उत्कृष्ट कार्य भएको उनको भनाइ छ । स्थानीय सरकारबाट राहत वितरण भइरहेको पनि उनले जानकारी दिए । साहित्यिक कार्यक्रम ‘साहित्यको डबली’ फेसबुकमार्फत् सञ्चालन गरिरहेको र धेरै साहित्यिक स्रष्टाहरूका रचना आफैं वाचन गर्दै सबै माझ पुर्याइरहेको उनको भनाइ छ ।

मोरङको विराटचोकका कवि छवि ‘वैरागी’ घिमिरेले आआफ्नो क्षेत्रबाट सकेको सहयोग स्थानीय सरकारलाई गर्नु सबैको दायित्व भएको बताए । सरकारले पनि दलगत स्वार्थमा होइन सबैसित सल्लाह गरेर काम गर्नुपर्ने उनको भनाइ छ । हाल वितरण भइरहेको राहत दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने जनताले पाउनुुपर्ने र वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने धारणा उनको छ ।

बेलायतमा रहेकी सीता घिमिरेले त्यहाँ धेरै व्यक्ति संक्रमित भएको र कडा लकडाउन सरकारले गरेको बताइन् । आफू सुरक्षित रहेको जनाउँदै नेपालीले लकडाउनको पूर्ण पालना गर्नुपर्ने बताइन् । सरकारले सबै नाका बन्द गर्नुपर्ने र हवाई उडान अझै केही दिनका लागि बन्द गर्नुपर्ने उनको सुझाव छ ।

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

 

Continue Reading

Facebook Comment

Advertisement
22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बर्दिबास साहित्यिक–सास्कृतिक प्रतिष्ठानको २५ औ शृङ्खला सम्पन्न

Published

on

बर्दिबासः शनिबार बर्दिवास साहित्यिक–सास्कृतिक प्रतिष्ठानको २५ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको सो शृङ्खलामा प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, नवगठित मिथिला साहित्य प्रतिष्ठानका संयोजक बीपीराज दहाल, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक अग्नि कवचले शृङ्खला सफलताको शुभकामना दिएका थिए । सो शृङ्खलामा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथीको पनि उपस्थिति थियो ।

शृङ्खलामा जेनिशा थापा, विजय कालीकोटे, जीवनराज दहाल, सानीमाया पुलामी, ईश्वर पोखरेल, नानीराम दहाल, बीपीराज दहाल, अग्नि कवच, पवन वाग्ले, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आरसी पौडेलले आफ्ना रचना वाचन गरेका थिए ।

Continue Reading

Banner

साउने संक्रान्तिको सम्झना

Published

on

बिहानै सबेरै बढारी कुँडारी
पिई दूध मीठो गरिन्थ्यो तयारी ।
हिँडिन्थ्यो रमाई मिली मित्रसाथ
मिठा बात गर्दै समाएर हात ।१।

न चिन्ता कसैको न सुर्ता छ साथी
डुबी कल्पनामा पुगेँ आज राती ।
टिपी सुन्तला, कागती, नासपाती
मिलाएर जोडी जुटे भिन्न जाति ।।२।।

कुकुरडाइनोको लता खोज्न झाडी
चहार्दै हिँडिन्थ्यो सबै झार फाँडी ।
फिँजारेर नाङ्ला भरी चीज नाना
तयारी बनाई पकाएर खाना ।।३।।

लुतो फाल्नलाई जलाएर सिम्ठा
दुवै हात जोडी गरी देव निम्ता ।
जलाई सलेदो थपी तेल हाली
बजाएर गाना लगाएर ताली ।।४।।

लुतो घाउ लैजा, पिलो रोग लैजा
बढारेर जम्मै महाकाल हैजा ।
भनिन्थ्यो, सुनिन्थ्यो थियो मेल राम्रो
सुसंस्कार गुम्दै गएको छ हाम्रो ।।५।।

मकैले भरिन्थे मझेरीभरी नै
यता हेर्छु गम्मै, उता देख्छु डम्मै।
झिकी संगिनीले मकर्काँचि पात
दुवै मख्ख हुन्थ्यौं बने रङ्गी हात ।।६।।

सिलौटो पखाली दुई बिष्टी हाली
र त्यूरी मिसाएर मात्रा मिलाई ।
लगाई सुतिन्थ्यो दुवै हात माथि
हुँदा हात राता खुशी जान साथी ।।७।।

रमेको छ धर्ती पलाएर मूल
छरेको छ आभा फुलाएर फूल ।
लगातार वर्षा, झरी व्योमबाट
बने उग्रचण्डी जसै मेघनाद ।।८।।

ससाना कुलेसा थिए उर्लिएका
अहंकारले झन् छुँदा कुर्लिएका ।
सबै खेतबारी बनाई जलाम्मे
धुलो साम्य पारी भएका हिलाम्मे ।।९।।

थिए स्याखु, छत्री कला ती पुराना
मिले आज छाता बने ती बिराना ।
भयो थालनी ती गुनी चाडबाड
खुलेका मिलेका तराई पहाड ।।१०।।

कठै सम्झनाले उतै लान्छ तानी
कहाँ मिल्छ खै त्यो खुशी जिन्दगानी ।
गयो जिन्दगी यो नपाएर भेउ
उतै जान्छु आमा, तिमी साथ देऊ ।।११ ।।

Continue Reading

Banner

आत्महत्या गरे भयो !

Published

on

क्रान्ति गर्दछु भन्छस् तँ आगो जोर्न डराउँछस् !
बाटो खन्दछु भन्छस् तँ ढिस्को फोर्न डराउँछस् !
आँट गर्न नसक्नेले दम्भ नै नगरे भयो !
किन पो बाँच्नु लाछीले आत्महत्या गरे भयो !

फाँड्छु जङ्गल भन्छस् तँ काँडा देख्दा डराउँछस् !
चढ्छु हिमाल भन्छस् तँ डाँडा देख्दा डराउँछस् !
दुःख खप्न नसक्नेले ध्वाँस नै नछरे भयो !
के बाँच्ने हुतिहाराले आत्महत्या गरे भयो !

खेती गर्दछु भन्छस् तँ खेत खन्न डराउँछस् !
चेतना छर्छु भन्छस् तँ सत्य भन्न डराउँछस् !
श्रम गर्न नसक्नेले खेती नै नगरे भयो !
किन पो बाँच्नु ढोँगीले आत्महत्या गरे भयो !

युद्ध गर्दछु भन्छस् तँ योद्धा बन्न डराउँछस् !
शान्ति छर्दछु भन्छस् तँ बुद्ध बन्न डराउँछस् !
सिन्को भाँच्न नसक्नेले कुरा नै नगरे भयो !
के बाँच्ने डरछेरूले आत्महत्या गरे भयो !

घुम्छु संसार भन्छस् तँ आफैभित्र हराउँछस् !
विश्वात्मा बन्छु भन्छस् तँ सत्ता ! सत्ता ! कराउँछस् !
सत्तामा विश्व देख्नेले दुर्गन्ध हसुरे भयो !
के बाँच्ने लुब्ध भोगीले आत्महत्या गरे भयो !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक