अन्तर्वार्ता
विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)
विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका धेरै देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण ३७ हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित भएर यो सामग्री तयार पारिएको छ । ‘लकडाउन’को पूर्ण पालना गरे र विश्वभर एकै समयमा लक डाउन भए यो भाइरसबाट मुक्ति पाउन सकिने अधिकांशको भनाइ छ ।
सतर्कता अपनाउँदै त्रासलाई कम गरेका छौँ
ऋषिराज बराल र उषा न्यौपाने क्यानडा
देशमा पूर्ण लकडाउन छैन । सुरक्षित विधि अपनाएर मानिसहरु हिँडिरहेका छन् । सुख्खा खाद्यपदार्थ १ महिनालाई पुग्ने ल्याएर राखेका छाँै । दूध र तरकारी जस्ता लामो समय नरहने खाद्यवस्तु भने ३÷४ दिनको फरकमा ल्याउँछौँ । क्यानडामा धेरै सङ्क्रमित भएका छैनन् । क्यानडा र अमेरिकाबीच खुला सिमाना भएको हुनाले २ देशका नागरिक आउजाउ गर्न भिसा अनिवार्य छैन । सीमानाका पूर्ण रुपमा बन्द नभएकाले हामी अलि बढी त्रसित छौँ र बढी सतर्कता अपनाएर बसेका छौँ । २ साता भयो घरबाहिर ननिस्किएको । पढाइ सकिएर स्कुल बन्द भएका हुनाले छोराछोरी घरभित्रै रहेको ३ साता भयो । क्यानडामा ८ हजारभन्दा बढी संक्रमित भएको तथ्यांक छ । सचेतता अपनाउँदै बसेका छाँै ।
अत्यावश्यक सेवा मात्रै सञ्चालन छ
भरत चापागाईं, मलेसिया
देशमा लकडाउन छ । अत्यावश्यकबाहेक अन्य वस्तु उत्पादन गर्ने र सेवा दिने उद्योग बन्द छन् । सपिङ मलहरु निश्चित समयमात्रै खुल्न थालेका छन् । धेरै कम्पनीले सुरक्षा गार्ड तथा केही सीमित कर्मचारीलाई मात्रै काममा आउन भनेको छ । उनीहरुलाई सो समयको अतिरिक्त पारिश्रमिक दिने कि नदिने भन्ने बारेमा पनि केही जानकारी गराएको छैन । हामी सुरक्षित तरीकाले बसिरहेका छौँ । लकडाउनको पूर्ण पालना गरेर बसेका छाँै । लकडाउनको पूर्ण पालना सबैले गरे यो महामारी सकिन्थ्यो होलाजस्तो लाग्छ ।
यो अवस्थामा गाउँ, साथीभाइ र परिवारको यादले सताउँछ
गोहेन्द्र पोख्रेल, भर्जिनिया, अमेरिका
हामी २ जना छोरासहित यहाँ आएको करीब २ वर्ष भयो । हामी अमेरिकामा हालसम्म सुरक्षित र स्वस्थ रहेका छौँ । हामी बस्दै आएको ठाउँमा मंगलबारदेखि मात्रै लकडाउन शुरु भएको छ । अत्यावश्यक सामग्रीहरु पाइने ठाउँ डिपार्टमेन्ट स्टोर, मेडिकल हल आदिबाहेक अन्य सेवा बन्द छन् । हामीले काम गर्ने डिपार्टमेन्ट स्टोरमा खाद्यान्न पाउने भएकाले हामीलाई लकडाउनले रोक्दैन हामी निरन्तर काममा गइरहेका छौँ ।
हामीलाई पास उपलब्ध गराउने भन्ने कुरा सरकारले गरेको छ । हामी बस्दै आएको घरबाट ५ मिनेटको समयमा काम गर्ने स्थानमा पुगिन्छ । यो स्टेटमा हालसम्म कोही पनि नेपालीलाई संक्रमण भएको जानकारी आएको छैन । विदेशमा बस्दा आफ्नो देश, गाउँठाउँ र आफन्तको याद आउँदो रहेछ । गाउँमा के होला ? कसरी बसेका होलान् भन्ने कुराले अलि बढी सताइरहेको हुन्छ । तर हाम्रो स्वास्थ्यमा कुनै पनि समस्या छैन । हामी सुरक्षित बसेका छौँ । यहाँहरु पनि सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर बस्नुहोला ।
सबैलाई सम्झना ।
Facebook Comment
Banner
सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु
विराटचाेक माेरङकाे सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरु भएकाे छ । विराट चेस क्लव सुन्दरहरैँचाकाे आयाेजनामा भएकाे खेलमा नेपाल सहित भारत र बङ्गलादेशका १ सय २० खेलाडिले भाग लिने छन् । आजबाट सुरु भएकाे ४ लाख ६० हजार राशी पुरस्कार रहेकाे अन्तराष्टिय स्तरकाे प्रतियाेगिता पहिलाे पटक आयाेजना भएकाे आयाेजकले बताएकाे छ ।
सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले खेलकाे उद्घाटन गर्दै यस क्षेत्रकाे विकास पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताए । उनले कमै मात्रामा हुने याे प्रकारकाे खेलमा बालबालिकालाई सहभागि गराउनसके उनीहरुकाे बाैदिक विकास हुने बताए ।
प्रतियाेगिता सुइस लिग अन्तर्गत नाै राउण्डमा हुने प्रमुख आर्बिटर भुपेन्द्र निराैलाले बताए । नेपालकाे चेस खेलकाे विकास र खेलाडि उत्पादनमा समेत सहयाेग पुग्ने बताए । प्रतियाेगितामा प्रथम हुने खेलाडिलाई १ लाख नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै दाेस्राे हुनेले ७० हजार तेस्राे हुनेले ५० हजार र चाैथाे हुनेले ३० हजार सहित ट्रफि हात पार्ने खेल सम्याेजक लक्ष्मि श्रेष्ठले बताए ।
खेल अवधिभरि बिभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने समेत उनले बताए । त्याे राशि ५ हजार भन्दा माथि राखिएकाे बताइएकाे छ । सुन्दरहरैँचा १० स्थित पानस पार्टी प्यालेसमा सुरु भएकाे खेल आगामी ८ गते सम्म चल्ने छ । उद्घाटन कार्यक्रमकाे सभापतित्व क्लवका अध्यक्ष देबेन्द्र काफ्लेले गरेका थिए ।
Banner
ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ बिक्री गर्ने
विराटचोकः ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको जनाइएको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
Banner
चुनावमा प्रतिबद्धता गरेका वाचा ७५ प्रतिशत पूरा भएका छन्: रोहित कार्की
तराईको जिल्ला भए पनि पहाडी भूभाग समेटिएको केराबारी गाउँपालिकामा पर्यटकीय क्षेत्र प्रशस्तै छन् । प्रचारप्रसारको अभावमा ती ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको अभाव ठूलो समस्याको रुपमा रहेको छ । केराबारी गाउँपालिकामा भएका सम्भावना र चुनौती तथा गाउँपालिकाले हालसम्म गरेका काम र आगामी प्राथमिकताका बारेमा गाउँपालिका अध्यक्ष रोहित कार्कीसँग गरिएको कराकानीको सम्पादित अंश
केराबारी गाउँपालिकामा पर्यटनको क्षेत्रमा कसरी विकास गरिरहनुभएको छ ?
केराबारी गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ र पर्यटकीय क्षेत्रको भौतिक विकासमा लागिएको छ । जेफाले, तोपगाछीजस्ता पर्यटकीय क्षेत्रको डीपीआर निर्माण गरेर संघीय सरकारसँग बजेट मागेका छौँ । गाउँपालिकाबाट पनि बजेट छुट्याएका छौँ । यस्तै ध्वजेडाँडा, पार्वती गुफा, सप्तकन्या गुफालगायतका ठाउँमा हामीले बाटो पुर्याएका छौँ । होम स्टेको विकास गर्दै छौँ । अन्य नयाँनयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास पनि गर्दै जाने छौँ ।
कृषि क्षेत्रमा चाहिँ कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
यो वर्ष कृषिमा हामीले राम्रो रकम छुट्याएका छौँ । विशेष गरेर वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरूलाई लक्षित गरेका विभिन्न खालका कार्यक्रम राखेका छौँ । कृषियोग्य भूमि बाँझो नराख्ने अभियान चलाउँदैछौँ । किसानलाई ज्ञान र सीप प्रदान गर्नका लागि सहज होस् भनेर कृषि प्राविधिकको व्यवस्था गर्न लागेका छौँ । चाँडै कृषि प्राविधिक राखेर काम अगाडि बढाउँछौँ ।
कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि सहकारीसँग सहकार्य गरेर गाडीको समेत व्यवस्था गरेका छौँ । मौरीपालन, पशुपालन, बेमौसमी तरकारी, च्याउ खेतीलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । हरेक घरले ५ वटा फलफूलका बिरुवा रोप्ने अभियान चलाएका छौँ । कृषिमा जम्मा १ करोड २८ लाख बजेट छुट्याएका छौँ ।
रोजगारीका क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
मूलतः केराबारी गाउँपालिकाको रोजगारीको क्षेत्र भनेको कृषि नै हो । हामीले किसान समूह बनाएर बाख्रापालन लगायतका कार्यक्रम ल्याएका छौँ । त्यस्तै गोठ सुधारका लागि अनुदानको व्यवस्था गरेका छौँ । माछापालन र मौरीपालनका लागि आधुनिक घार वितरण गर्दै छौँ । आधुनिक कृषि औजार पनि वितरण गर्दैछौँ । यसका साथै हामी कृषि परिचयपत्र बनाएर वितरण गर्दैछौँ । हामी ठाउँअनुसारको बाली लगाउनका लागि माटो परीक्षणको व्यवस्था पनि चाँडै गर्दैछौँ ।
केराबारीलाई बाढीपहिरोबाट बचाउन तटबन्ध निर्माणलगायतका केके काम गर्दै हुनुहुन्छ ?
केराबारीको दक्षिणी भागमा बाढीपहिरो र कटानको त्यति समस्या छैन तर उत्तरी भागमा सानासाना खहरे खोलाले निकै क्षति गर्छ । हामीले खोला कटान नियन्त्रणको काम गर्नका लागि बजेट छुट्याएका छाँै र काम पनि भइरहेको छ । यसका साथै राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट पनि खोला कटान नियन्त्रण, तटबन्धन नियन्त्रणलगायतका काम भइरहेका छन् । भलुवा खोलामा चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट मेरै पहलमा ६\७ करोडको काम भइरहेको छ ।
आदिवासी, जनजाति, महिला, सीमान्तकृत, र पिछडिएको वर्गका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
केराबारी गाउँपालिका सबै जातजातिका मानिसहरू मिलेर बसेको ठाउँ हो । सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्गको उत्थानका लागि उनीहरूको आवश्यकतालाई ध्यानमा राखेर हामीले त्यही अनुसारका कार्यक्रम तय गरेका छौँ । साथै विभिन्न सीपमूलक तालिमहरूको व्यवस्थासमेत गरेका छौँ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नगरपालिकालाई कस्तो असर गर्याे ?
कोरोनाको कहर विश्वभर नै छ । यसबाट केराबारी गाउँपालिका अछुतो रहने कुरै भएन । केराबारीका प्रायः सबै क्षेत्रमा कोरोनाले असर गर्यो । शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्र प्रभावित भए । केही मानिसहरू संक्रमित पनि हुनुभयो । अहिले निको भइसक्नुभएको छ । बाहिरबाट आउनुभएका केही मानिसहरू अझै पनि क्वारेन्टिनमा हुनुहुन्छ ।
चुनावमा वाचा गरेमध्ये कति योजना पूरा भए, कति पूरा हुने क्रममा छन् ?
मैले चुनावमा प्रतिबद्धता गरेका ७५ प्रतिशत पूरा भएका छन् । केही पूरा हुने क्रममा छन् । हामीले गत वर्ष ३० किलोमिटर सडक कालोपत्रे गरेका छौँ । अन्य विकास निर्माणका काम पनि गरेका छौ । हाम्रै कार्यकालमा सबै वडा कार्यालय निर्माण गरिसक्ने योजना छ । गाउँपालिकाको भवन पनि बनाइसक्ने छौँ । गाउँपालिकास्तरीय अस्पताल पनि बनाउने छौँ । कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्नेछौँ ।
खानेपानीको क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
केराबारीमा खानेपानीमा केही समस्या छ । तर विभिन्न खानेपानी आयोजनालाई एकीकृत गरिरहेका छौँ । यसलाई व्यवस्थित गर्नेछौँ । साथै विभिन्न क्षेत्रमा डिप बोरिङको व्यवस्था गरेका छौँ । धेरै ठाउँमा ट्याङ्की बनाउँदैछौँ । बजार क्षेत्रमा ढलको व्यवस्था गर्दैछौँ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login