Connect with us
Advertisement

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

Published

on

विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण ६० हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सवा २ लाखभन्दा बढी मानिस निको भएर फर्किएका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको छ ।

विषम परिस्थितिमा पनि दैनिक जीवन सामान्य छ
विनोद भट्टराई, कतार


कोरोना भाइरस संक्रमणबाट बच्न कतार सरकारले गैरकतारीहरुलाई कतार प्रवेशमा रोक लगाएको छ । सरकारले पूर्ण सावधानी अपनाउँदै अत्यावाश्यक बाहेकका गतिविधिहरु रोक लगाएको छ । सचेतना तथा स्वास्थ्य सुरक्षालाई कडाइका साथ पालना गराएको छ । औद्योगिक क्षेत्र (सनैया) मा लकडाउन छ । अन्य क्षेत्रमा पनि बेलुका ७ बजेपछि आवागमन निषेधित छ ।

खाद्यान्न, औषधि लगायतका अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरु खुला छन् । महत्वपूर्ण प्रोजेक्टहरु सुरक्षा मापदण्ड पालना गरेर सञ्चालित छन् । कार्यालयहरु दिनको १ बजेसम्म खुला छन् । बंैक तथा धेरै सरकारी कामकाज भीडभाड नगरी गर्नको लागि डिजिटल प्रणालीको सहज व्यवस्था गरिएको छ । नागरिकप्रति सरकार, उपभोक्ता तथा ग्राहकहरुप्रति व्यावसायिक फर्महरु जिम्मेवार भएका कारण विषम परिस्थितिमा पनि दैनिक जीवन सामान्य छ ।

अनुशासन र इमान्दारिताका कारण कोरियनहरु संक्रमित हुनबाट बचे

भीमराज चेम्जोङ, कोरिया

कोरियामा कोरोना भाइरस शुरुमा एउटा चर्चबाट फैलिएको भन्ने भनाइ छ । चर्चका पादरीले पनि त्यसलाई स्पष्ट पारेका छन् । प्रारम्भिक चरणमा कोरोना भाइरस अनपेक्षित रूपमा बढिरहेको थियो भने अहिले आएर केही हदसम्म नियन्त्रण भएको देखिन्छ । पूर्ण रूपमा नियन्त्रण भयो भन्न सकिने अवस्था छैन ।

शुरुमा कोरोनाका कारण कोरियाली समाज अत्यन्तै भयभीत थियो । हामी सबै जना त्रसित थियौं । कोरियन सरकारले शुरुदेखि नै विभिन्न माध्यमहरूमार्फत् कोरोना भाइरसबाट बच्ने उपायहरु आफ्ना नागरिक र गैर नागरिकहरुलाई जानकारी गराइरह्यो । सरकारले दिएको सुझाव कोरियन नागरिकहरुको अनुशासन र इमान्दारिताका साथ पालना गरे । हाल कोरियामा कोरोना भाइरस नियन्त्रणतर्फ उन्मुख भएको छ । कोरियन सरकारले लकडाउन भने गर्नुपरेको छैन ।

एकै दिन संक्रमित हुनेको संख्या ९४ जनासम्म पुग्यो । अहिलेसम्म कोरोनाबाट संक्रमित १० हजार १ सय ५६ जना छन् भने उपचारपछि घर फर्केका ६ हजार ३ सय २५ जना छन् । मृत्यु हुनेको संख्या १ सय ७७ छ । अहिलेसम्म नेपाली मूलका कुनै पनि नागरिकलाई कोरोना भाइरस लागेको भेटिएको छैन ।

कोरियामा कोरोना भाइरसका कारण आंशिक रुपमा केही कम्पनी ठप्प भएका छन् भने बाँकी कम्पनीहरु सामान्य रूपमा चलिरहेका छन् । अहिले जनजीवन सामान्य बन्दै गइरहेको छ ।
हाल म काम गरिरहेको छु । सबै ठाउँ नेपाली नै नेपाली मात्र छौँ । बजार ननिस्की नहुने परिस्थितिमा मात्र निस्कन्छौँ । निस्किहाले पनि मास्क र पञ्जा लगाएर निस्कन्छौँ । यो ठाउँमा मैले काम गरेको ८ वर्ष भयो ।

सरकारी निर्णयको सबैले पालना गरिरहेका छन्
कुसुम भण्डारी, अमेरिका


यहाँ स्कुल, कलेज, कम्पनीहरु सबै बन्द छन् । अत्यावश्यक सामान किन्नबाहेक कसैलाई पनि घरबाहिर ननिस्कनू भनिएको छ । सरकारी निर्णयको सबैले पालना गरिरहेका छन् ।
आफूलाई आवश्यक परेको सामान अनलाइन सपिङ गर्न सकिन्छ । त्यसैले खासै गाह्रो महसुस भएको पनि छैन । पछिल्लो समय अमेरिकामा यो भाइरस धेरै फैलिएको र उच्च दरमा फैलिएकाले सबै जना त्रासमा रहेका छन् । अब के होला भन्ने धेरैमा छ । धेरै शहरमा लकडाउन छ । अमेरिकीहरु अहिले धेरै सचेत भएर दैनिक कार्य गरिरहेका छन् ।
हामी सबै सुरक्षित छौँ । आफ्नो देशबाट टाढा भएपछि घरपरिवारको धेरै पीर हुँदो रहेछ ।

सम्बन्धित समाचार

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

 

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading

Banner

कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने

Published

on

नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।

कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।

Continue Reading

Banner

उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।

आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।

कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।

नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।

शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।

यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक