Connect with us
Advertisement

कृषि विकास बैंकको भवनः ‘केन्द्र भन्छ, पुरानो भवन मर्मत गरिन्छ, शाखा भन्छ, नयाँ बनाउनुपर्छ’

Published

on

विराटचोकः कृषि विकास बैंकको इन्द्रपुर शाखाको भवन मर्मत गर्ने वा नयाँ बनाउने भन्ने विषयमा बैंकको केन्द्र र शाखाबीच फरकफरक धारणा आएको छ ।

अहिलेको भवन मर्मत गरेर सञ्चालन गर्ने तयारीमा बैंकको केन्द्रीय कार्यालय छ । शाखा कार्यालय भने त्यसलाई भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा रहेको छ ।

‘हाम्रो त्यो (विराटचोकको) संरचना राम्रो बनेको छ । कार्यालय सञ्चालनको लागि उपयुक्त छ,’ टेलिफोन सम्पर्कमा बैंकका नायब महाप्रबन्धक प्रताप सुवेदीले भने, ‘त्यसलाई रङरोगन गर्ने अनि कार्यालय सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’ यसपटकको बजेटमा सो भवनलाई रङरोगन गरेर कार्यालय सार्ने गरी काम भइरहेको र लकडाउनले गर्दा सो कार्यमा ढिलाइ भएको सुवेदीले बताए ।

भवन बस्नयोग्य छैन होला त्यसकारण पुनर्निर्माण गर्नुपर्छ होला भन्ने जिज्ञासा राख्दा सुवेदीले भने, ‘पुनर्निर्माण गर्नुपर्नेजस्तो लाग्दैन मलाई । त्यसलाई रिपेयरिङ गरेर सर्ने हो । कोरोनाको कारणले अहिले ढिलो भयो । अवस्था सहज हुनासाथ भवन मर्मतसम्भार गरी आफ्नै कार्यालयबाट कार्य सञ्चालन हुनेछ ।’

कार्यालयको भवनमा झाडी बढेको र वरपरका मानिसले फोहोर फ्याँक्ने गर्नाले झन् कुरुप भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ थियो । झाडी सफा गर्नु कार्यालयको दायित्व भएको बताउँदै उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय पनि लाग्नुपर्ने र फोहोर फ्याँक्न नहुने बताए ।

इन्द्रपुर शाखाको विराटचोकस्थित भवन मर्मतसम्भारको प्राथमिकतामा परेको पनि सुवेदीले बताए । यस्तै प्राथमिकतामा परेको विराटनगरको तीनपैनीमा भएको कार्यालय अहिले मर्मत भइरहेको बताउँदै विराटचोकको कार्यालय पनि चाँडै मर्मत गरिने र कार्यालय सारिने उनले जानकारी दिए ।

यता, इन्द्रपुर शाखाका प्रबन्धक विष्णु पाल बोहोराको भने फरक धारणा छ । पुरानो भवन मर्मत गरेर बस्न सक्ने अवस्थामा नरहेको उनले बताए । भवन जीर्ण अवस्थामा रहेकाले मर्मत गर्नुभन्दा भत्काएर नयाँ बनाउनु उपयुक्त हुने बोहोरा बताउँछन् ।

भवन बनाउन धेरै खर्च लाग्ने भएको हुनाले तत्कालका लागि मर्मत गरेर सेवा दिन सकिँदैन र भन्ने प्रश्नमा बोहोराले भने, ‘भवनको छतदेखि नै चर्किएको छ । पानी चुहिने अवस्थामा भवन छ । भित्ताको रङ सबै खुइलिएको छ । मर्मतमा पनि धेरै खर्च हुन्छ र दिगो पनि हुँदैन ।’

भवन भत्काएर नयाँ भवन बनाउनुभन्दा मर्मत गरेर कार्यालय चलाउन कम खर्च लाग्ने भए पनि मर्मत गर्ने अवस्थामा भवन नरहेको उनले बताए । सडकभन्दा भवन निकै होचो भएकाले बर्खामा डुबानको समस्या पनि हुने बोहोराले बताए ।

सम्बन्धित समाचारहरुः
बजेट छुट्याए पनि भवन निर्माण हुन नसकेको कृषि विकास बैंकको इन्द्रपुर शाखा

‘भूत बङ्गला’ मा परिणत भएको कृषि विकास बैंकको इन्द्रपुर शाखा

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक