Connect with us
Advertisement

बजेट छुट्याए पनि भवन निर्माण हुन नसकेको कृषि विकास बैंकको इन्द्रपुर शाखा

Published

on

विराटचोकः २०३३ सालमा स्थापना भएको कृषि विकास बैंक इन्द्रपुर शाखाको भवन त्यसको १२ वर्षपछि २०४३ सालमा बन्यो । भवन बनेको १५ वर्षपछि २०६० सालमा तत्कालीन नेकपा माओवादीले आगजनी गरी क्षति पुर्यायो । त्यसपछि सुरक्षाको कारण देखाउँदै बैंक सुनसरीको इटहरीमा सर्याे । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा बैंक फेरि विराटचोकमा सर्याे र भाडाको घरमा बसेर सेवा दिन थाल्यो ।

भाडामा बसेर कार्यालय सञ्चालन भएको पनि डेढ दशक बित्न लाग्दा पनि भाडाकै घरबाट काम भइरहेको छ । आफ्नो भवनको रेखदेख, मर्मत सम्भार र सरसफाइ नहुँदा भवन झन्झन् जीर्ण बन्दै गएको छ । त्यसो त शाखाको भवन निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि भवन बन्न सकेको छैन । भवन निर्माणका लागि बैंकको केन्द्रीय कार्यालयलाई शाखा कार्यालय, सेवाग्राही, उद्योग वाणिज्य संघ तथा अन्य सरोकार निकायले पनि दबाब दिन सकेका छैनन् ।

लगातार २ आर्थिक वर्षअघिदेखि बजेट विनियोजन भए पनि भवन निर्माण हुन नसक्नुमा प्राविधिक जनशक्तिको अभाव हुनु नै मुख्य कारण रहेको शाखा प्रबन्धक विष्णु पाल बोहोरा बताउँछन् । सीमित जनशक्तिले अहिले भइरहेका भवनको मर्मत सम्भारमा ध्यान दिनुपर्ने हुनाले नयाँ भवन निर्माणका काम हुन नसकेको बोहोराले बताए ।

यो भवनका लागि बजेट विनियोजन गर्नमा तत्कालीन उपमहाप्रबन्धक चुडामणि तिम्सिनाले बढी जोड दिएका थिए । फलस्वरुप विगत ३ आर्थिक वर्षदेखि भवन निर्माणका लागि इन्द्रपुर शाखाको नाममा पनि बजेट विनियोजन भइरहेको छ । अहिले झाडी बढेर भवनको हाताभित्र पस्नै नसक्ने अवस्था भएको र त्यहाँ सर्प, अजिंगरलगायतका विषालु जीवको वासस्थान रहेको स्थानीय बताउँछन् ।

पूर्वपश्चिम राजमार्गले छोएको सो भवन अलपत्र अवस्थामा परेकै कारण बजार बिस्तारमा समेत समस्या भएको स्थानीय बताउँछन् । तर, स्थानीयले पनि भवन निर्माणमा खासै चासो नदेखाएको बोहोराको अनुभव छ । स्थानीयको चाहना बैंक आफ्नै भवनमा सरोस् भन्ने भए पनि औपचारिक रुपमा त्यस्तो माग नआएको उनले बताए ।

भवन मर्मत गरेर चलाउन सकिने अवस्थामा छ कि छैन भन्ने नै अहिले बैंकलाई नै थाहा छैन । भवन परिसरमा सफाइ गर्ने त परको कुरा भवनको गेटसम्म पुगेर हेर्ने र सफाइ गर्ने ‘जाँगर’ पनि नभएको हो कि जस्तो देखिने गरेको छ ।

तत्कालीन शाखा प्रबन्धक गोपाल पौडेलले २०७० सालमा जग्गाको सीमा विवाद मिलाएका थिए । त्यसपछि ५ कठ्ठा सो जग्गा सुरक्षित राख्न भवनको हातामा पर्खाल लगाएर गेट निर्माण गरिएको छ ।

अहिले कार्यालय सञ्चालन भइरहको भाडाको भवन पनि जीर्ण अवस्थामा रहेको छ । छतबाट पानी चुहिने समस्या हुनुका साथै झ्यालको सिसा फुटेको हुनाले छड्के पानी परेको समयमा शाखा प्रबन्धकको कार्यकक्षमा नै पानी पस्ने गरेको छ । घर मर्मतको जिम्मा घरबेटीको भए पनि घरबेटी नेपालबाहिर बस्ने हुनाले मर्मतसम्भारमा पनि समस्या भइरहेको शाखा प्रबन्धक बोहोरा बताउँछन् ।

बजेट छुट्याउनु तर भवन नबाउनुको रहस्य के हो भन्ने बारेमा पूर्व उपमहाप्रबन्धक तिम्सिना, पूर्व शाखा प्रबन्धक पौडेल र वर्तमान शाखा प्रबन्धक बोहोराको एउटै भनाइ छ । जनशक्तिको अभावमा नै काम नभएको हो र जनशक्ति पूर्ति हुन अझै लामै समय लाग्ने हो भने भवन निर्माण हुन अझै लामै समय लाग्ने देखिन्छ । नयाँ भवन निर्माण गर्नुपर्ने हो वा तत्काल पुरानै भवन मर्मत गरेर काम चलाउन पनि सकिन्छ भन्ने बारेमा पनि सम्बन्धित पक्षले खासै चासो लिएको देखिँदैन ।

सम्बन्धित समाचारः

‘भूत बङ्गला’ मा परिणत भएको कृषि विकास बैंकको इन्द्रपुर शाखा

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक