अर्थ
बजेट छुट्याए पनि भवन निर्माण हुन नसकेको कृषि विकास बैंकको इन्द्रपुर शाखा
विराटचोकः २०३३ सालमा स्थापना भएको कृषि विकास बैंक इन्द्रपुर शाखाको भवन त्यसको १२ वर्षपछि २०४३ सालमा बन्यो । भवन बनेको १५ वर्षपछि २०६० सालमा तत्कालीन नेकपा माओवादीले आगजनी गरी क्षति पुर्यायो । त्यसपछि सुरक्षाको कारण देखाउँदै बैंक सुनसरीको इटहरीमा सर्याे । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा बैंक फेरि विराटचोकमा सर्याे र भाडाको घरमा बसेर सेवा दिन थाल्यो ।
भाडामा बसेर कार्यालय सञ्चालन भएको पनि डेढ दशक बित्न लाग्दा पनि भाडाकै घरबाट काम भइरहेको छ । आफ्नो भवनको रेखदेख, मर्मत सम्भार र सरसफाइ नहुँदा भवन झन्झन् जीर्ण बन्दै गएको छ । त्यसो त शाखाको भवन निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि भवन बन्न सकेको छैन । भवन निर्माणका लागि बैंकको केन्द्रीय कार्यालयलाई शाखा कार्यालय, सेवाग्राही, उद्योग वाणिज्य संघ तथा अन्य सरोकार निकायले पनि दबाब दिन सकेका छैनन् ।
लगातार २ आर्थिक वर्षअघिदेखि बजेट विनियोजन भए पनि भवन निर्माण हुन नसक्नुमा प्राविधिक जनशक्तिको अभाव हुनु नै मुख्य कारण रहेको शाखा प्रबन्धक विष्णु पाल बोहोरा बताउँछन् । सीमित जनशक्तिले अहिले भइरहेका भवनको मर्मत सम्भारमा ध्यान दिनुपर्ने हुनाले नयाँ भवन निर्माणका काम हुन नसकेको बोहोराले बताए ।
यो भवनका लागि बजेट विनियोजन गर्नमा तत्कालीन उपमहाप्रबन्धक चुडामणि तिम्सिनाले बढी जोड दिएका थिए । फलस्वरुप विगत ३ आर्थिक वर्षदेखि भवन निर्माणका लागि इन्द्रपुर शाखाको नाममा पनि बजेट विनियोजन भइरहेको छ । अहिले झाडी बढेर भवनको हाताभित्र पस्नै नसक्ने अवस्था भएको र त्यहाँ सर्प, अजिंगरलगायतका विषालु जीवको वासस्थान रहेको स्थानीय बताउँछन् ।
पूर्वपश्चिम राजमार्गले छोएको सो भवन अलपत्र अवस्थामा परेकै कारण बजार बिस्तारमा समेत समस्या भएको स्थानीय बताउँछन् । तर, स्थानीयले पनि भवन निर्माणमा खासै चासो नदेखाएको बोहोराको अनुभव छ । स्थानीयको चाहना बैंक आफ्नै भवनमा सरोस् भन्ने भए पनि औपचारिक रुपमा त्यस्तो माग नआएको उनले बताए ।
भवन मर्मत गरेर चलाउन सकिने अवस्थामा छ कि छैन भन्ने नै अहिले बैंकलाई नै थाहा छैन । भवन परिसरमा सफाइ गर्ने त परको कुरा भवनको गेटसम्म पुगेर हेर्ने र सफाइ गर्ने ‘जाँगर’ पनि नभएको हो कि जस्तो देखिने गरेको छ ।
तत्कालीन शाखा प्रबन्धक गोपाल पौडेलले २०७० सालमा जग्गाको सीमा विवाद मिलाएका थिए । त्यसपछि ५ कठ्ठा सो जग्गा सुरक्षित राख्न भवनको हातामा पर्खाल लगाएर गेट निर्माण गरिएको छ ।
अहिले कार्यालय सञ्चालन भइरहको भाडाको भवन पनि जीर्ण अवस्थामा रहेको छ । छतबाट पानी चुहिने समस्या हुनुका साथै झ्यालको सिसा फुटेको हुनाले छड्के पानी परेको समयमा शाखा प्रबन्धकको कार्यकक्षमा नै पानी पस्ने गरेको छ । घर मर्मतको जिम्मा घरबेटीको भए पनि घरबेटी नेपालबाहिर बस्ने हुनाले मर्मतसम्भारमा पनि समस्या भइरहेको शाखा प्रबन्धक बोहोरा बताउँछन् ।
बजेट छुट्याउनु तर भवन नबाउनुको रहस्य के हो भन्ने बारेमा पूर्व उपमहाप्रबन्धक तिम्सिना, पूर्व शाखा प्रबन्धक पौडेल र वर्तमान शाखा प्रबन्धक बोहोराको एउटै भनाइ छ । जनशक्तिको अभावमा नै काम नभएको हो र जनशक्ति पूर्ति हुन अझै लामै समय लाग्ने हो भने भवन निर्माण हुन अझै लामै समय लाग्ने देखिन्छ । नयाँ भवन निर्माण गर्नुपर्ने हो वा तत्काल पुरानै भवन मर्मत गरेर काम चलाउन पनि सकिन्छ भन्ने बारेमा पनि सम्बन्धित पक्षले खासै चासो लिएको देखिँदैन ।
सम्बन्धित समाचारः
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: कृषि विकास बैंकको भवनः ‘केन्द्र भन्छ, पुरानो भवन मर्मत गरिन्छ, शाखा भन्छ, नयाँ बनाउनुपर्छ’ - निष्