Banner
गत स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा यस्तो थियो मत परिणाम
विराटचोकः निर्वाचन आयोगले आगामी बैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । योसँगै विभिन्न दलहरु चुनावी रणनीति बनाउन लागि परेका छन् । यसै क्रममा हामीले गत स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा मुख्य पदमा कस्तो प्रतिष्पर्धा थियो भनेर मत परिणाम देखाउन खोजेका छौँ ।
देशकै तेस्रो ठूलो फत्ताङलुङ गाउँपालिकासहित ८ वटा गाउँपालिका र एउटा नगरपालिका रहेको हिमाली जिल्ला ताप्लेजुङमा गत स्थानीय तह निर्वाचनमा यस्तो थियो चुनावी नतिजाः
आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका विश्वनाथ सिटौला २२२७
नेकपा एमालेका लक्ष्मीबहादुर याक्सो २२१४
नेकपा माओवादी केन्द्रका बालचन्द्र आङ्बुहाङ ५६०
उपाध्यक्ष पदमा
नेकपा एमालेकी मञ्जु पौड्याल भट्टराई २१८१
नेपाली कांग्रेसकी ममता सुब्बा आङ्बुहाङ २०३४
नेकपा माओवादी केन्द्रकी मनुकुमारी मादेन लिम्बू ५९०
फत्ताङलुङ गाउँपालिका
अध्यक्ष पदमा
नेकपा एमालेका सरोज लिम्बू १९९८
नेपाली कांग्रेसका मनिप्रसाद लिम्बू १६६५
नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद लिम्बू ८२८
उपाध्यक्ष पदमा
नेकपा एमालेकी फूलमाया लिम्बू १८८८
नेकपा माओवादी केन्द्रकी तारादेवी लिम्बू ८३३
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन लिम्बू ६३३
फुङलिङ नगरपालिका
नगर प्रमुखमा
नेकपा एमालेका छत्रपति प्याकुरेल ३८९५
नेपाली कांग्रेसका केशवप्रसाद दाहाल ३६०६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कीर्तिमान मादेन ७८८
नगर उपप्रमुखमा
नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३१२९
विमला सेनेहाङ २९१५
राष्ट्रिय प्रजातन्त्र पार्टीका अमिर मादेन १३७५
मिक्वा खोला गाउँपालिका
अध्यक्षमा
नेकपा एमालेका रामकुमार साँवा १४८४
नेपाली कांग्रेसका भक्तबहादुर कार्की १४५९
नेकपा माओवादी केन्द्रका उदीत प्रेरी मदेनसङ २३१
उपाध्यक्ष पदमा
नेपाली कांग्रेसकी रुद्रकुमारी साँवा प्रङ्देन १४८९
नेकपा एमालेकी मीनाकुमारी केदेम १३८२,
नेकपा माओवादी केन्द्रकी चन्द्रकला गुरुङ २८०
मेरिङ्देन गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका गणेशबहादुर लिम्बू २३००
नेकपा एमालेका मंगलसिंह केदेम २१८५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुपा चोङवाङ ७१
उपाध्यक्षतर्फ
नेकपा एमालेकी कल्पना तुम्बाहाम्फे २३३४
नेकपा माओवादी केन्द्रका भीमकुमार केदेम १०८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका करण लिम्बू ७८
मैवाखोला गाउँपालिका
अध्यक्ष पदमा
एमालेका उम्मेद्वार राजनकुमार थक्लुङ १८१८
नेपाली कांग्रेसका डम्बरबहादुर लिम्बू चोङवाङ १२१९
नेकपा माओवादी केन्द्रका नवीन वनेम ८६९,
उपाध्यक्ष पदमा
नेकपा एमालेकी कौशिला थक्लुङ लिम्बू १९५१
नेपाली कांग्रेसकी सुजता लिम्बू १०८४
नेकपा माओवादी केन्द्रकी सुस्मिता वनेम ८५८
याङ्वरक गाउँपालिका
अध्यक्ष पदमा
नेकपा एमालेका केशरकुमार सुब्बा २५१७
नेपाली कांग्रेसका रामबहादुर लिम्बू २१८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी मेलिना मादेन २२१
उपाध्यक्ष पदमा
नेकपा एमालेकी रनमाया गुरुङ २४७४
नेकपा माओवादी केन्द्रका नेत्रप्रसाद न्यौपाने १५४७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खड्गबहादुर साम्सोहाङ २६०
सिदिङ्वा गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका नरबहादुर कडरिया २५३७
नेकपा एमालेका मानबहादुर राई २२९३
उपाध्यक्ष पदमा
नेकपा माओवादी केन्द्रका जीवनकुमार ताम्लिङ २०३४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर लिम्बू खुदाङ १९९२
नयाँ शक्ति पार्टीका कमलप्रसाद निरौला ४४
सिरिजङ्घा गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका टीकाराम गुरुङ २३७८
नेकपा एमालेका अनन्तबहादुर साँवा २१४७
नेकपा माओवादी केन्द्रका तेजशमशेर भट्टराई १८७८
उपाध्यक्ष पदमा
नेपाली कांग्रेसकी ज्ञानमाया चौहान २१३६
नेकपा एमालेकी लीलामाया दाहाल १८३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुपेन्द्र मावो लिम्बू १५४९
सम्बन्धित समाचारहरुः
०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम
देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम
जिल्लाको एक्लो नगरपालिका फुङलिङमा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम
मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचनमा यस्तो थियो उम्मेद्वारी र मतपरिणाम
अध्यक्ष र उपाध्यक्षमा पुरुषमात्रै उम्मेद्वार खडा थिए ०७४ सालमा सिदिङ्वा गाउँपालिकामा
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login