स्थानीय तह
अध्यक्षमा ५ जना प्रतिष्पर्धी रहेको मैवाखोला गाउँपालिकामा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम
विराटचोकः गत स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष पदमा ५ जना पुरुष र उपाध्यक्ष पदमा ३ जना महिला र १ जना पुरुष उम्मेद्वार रहेका थिए । दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।
अध्यक्ष पदमा एमालेका उम्मेद्वार राजनकुमार थक्लुङले १८१८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर लिम्बू चोङवाङले १२१९ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका नवीन वनेमले ८६९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार लिम्बूले ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनुप्रसाद नेवारले ३७ मत पाएका थिए ।
त्यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेकी कौशिला थक्लुङ लिम्बूले १९५१ मत पाएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सुजता लिम्बूले १०८४ मत पाएकी थिइन् । नेकपा माओवादी केन्द्रकी सुस्मिता वनेमले ८५८ र राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुरसिंह लिम्बूले ४२ मत पाएका थिए ।
सम्बन्धित समाचारहरुः
०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम
देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम
जिल्लाको एक्लो नगरपालिका फुङलिङमा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम
मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचनमा यस्तो थियो उम्मेद्वारी र मतपरिणाम

Facebook Comment
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
Banner
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।
परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।
रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login