स्थानीय तह
देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम
विराटचोकः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रफलका आधारमा देशकै तेस्रो ठूलो गाउँपालिका हो । यस गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदका लागि ५–५ जनाले उम्मेद्वारी दिएका थिए ।
दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए । विजयी दलसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेद्वार खडा गरेका थिए ।
गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका सरोज लिम्बू १९९८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनिप्रसाद लिम्बूले १६६५ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद लिम्बूले ८२८ मत पाएका थिए ।
त्यस्तै, नयाँ शक्ति पार्टीका श्रीप्रसाद लिम्बूले ८८ र राष्ट्रिय जनमुक्ति पार्टीका मोतीलाल लिम्बूले ३१ मत पाएका थिए । अध्यक्ष पदका लागि सबै पुरुष उम्मेद्वार खडा भएका थिए ।
उता, उपाध्यक्षमा नेकपा एमालेकी फूलमाया लिम्बूले अध्यक्षको भन्दा ११० मत कम अर्थात् १८८८ मत पाएर विजयी भएकी थिइन् । नेकपा माओवादी केन्द्रकी तारादेवी लिम्बूले ८३३ मत ल्याएकी थिइन् ।
उपाध्यक्ष पदका १ मात्र पुरुष उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन लिम्बूले ६३३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । जनजाति इतर उम्मेद्वार नयाँ शक्ति पार्टीकी सावित्री बिष्टले ५८ र राष्ट्रिय जनमुक्ति पार्टीकी सीताकुमारी लिम्बूले २८ मत पाएकी थिइन् ।
०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम

Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login