Banner
बजार अनुगमनको समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीमाथि व्यापारीको दुर्व्यवहार
विराटचोकः असोज १० गतेदेखि सुन्दरहरैंचाले गरिरहेको बजार अनुगमनको क्रममा समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ ।
सुन्दरहरैंचा– ७ स्थित गोठगाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चालक अनुरोध साहुले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका हुन् ।
अनुगमन टोलीले सो पसलबाट कीरा परेको चामल, उपभोग्य मिति सकिएको बिस्कुट, धनियाँ मसला लगायतका सामान जफत गर्ने क्रममा उनले अनुमगन टोलीसँग विवाद गरेका थिए । सो क्रममा रातो तारा डट कमका सञ्चारकर्मी शिव भट्टराई भोजपुरेले विवादको दृश्य कैद गर्दा ‘किन मेरो भिडियो खिचेको’ भन्दै पसलका सञ्चालक अनुरोध साहुले भट्टराईलाई धकेल्नुका साथै क्यामेरा खोस्ने प्रयास गरेका थिए ।
मकालु टेलिभिजनका सञ्चारकर्मी रेवती निरौलालाई समेत साहुले भिडियो डिलिट गर्न दबाब दिएका थिए । उनले समाचारमा आफ्नो भिडियो नदेखाउन सञ्चारकर्मीहरुलाई चेतावनी समेत दिएका छन् । आफूलाई समाजसेवी भन्न रुचाउने उनी नेपाली कांग्रेसको वडा अधिवेशनबाट हालै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका व्यक्ति हुन् ।
यता, अनुगमन टोलीका सदस्य समेत रहेका सुन्दरहरैंचा नगरपालिकाका सूचना अधिकारी जीवनकुमार चापागाईंले सामाजिक राजनीतिक रुपमा अगुवा व्यक्तिले अनुमगन टोलीलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गर्नु विडम्बनापूर्ण भएको बताए ।
शुक्रबार गरिएको अनुगमनमा अन्य पसलका सञ्चालकहरुले भने अनुगमन टोलीलाई खुलेर सहयोग गरेका थिए । सुन्दरहरैंचा– ७ कै अनिल किराना पसल तथा सुन्दरहरैंचा– २ को जय माँ दुर्गा किराना पसलका सञ्चालकले अनुगमनमा पूर्ण सहयोग गर्दै यस्ता अनुगमनले आफूहरुलाई पनि सचेत गराउने प्रतिक्रिया दिएका थिए ।
आज सुन्दरहरैंचाको सलकपुर, गोठगाउँ, मृगौलिया लगायतका बजारमा किराना पसलहरुको अनुगमन गरिएको थियो ।
पत्रकार महासंघद्वारा दुर्व्यवहारको भत्र्सना
अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ मोरङले भत्र्सना गरेको छ । महासंघका सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्नु, क्यामेरा खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ ।
सुन्दरहरैंचा बजार अनुगमनः अनिषा बेकरी उत्पादन मिति नराखी बजारमा बिस्कुट पठाउँदै
चाडपर्व नजिकिँदै जाँदा बजार अनुगमन गर्दै सुन्दरहरैंचा नगरपालिका

Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सुन्दरहरैंचामा सञ्चालित कोशी फुड उद्योगको बदमासी, उत्पादन मिति नराखी बजारमा पठाउँदै उपभोग्य स
Pingback: दुर्व्यवहार गर्ने व्यापारीलाई कारवाही गर्न सञ्चारजन्य संगठनहरुको माग - निष्पक्षखबर