कोशी प्रदेश
यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।
त्यसै क्रममा २०४३ सालको एसएलसी परीक्षा रद्द भएपछि पढाइलाई थाँती राखी खुला विद्यालयबाट २०६० सालमा एसएलसी दिई पढ्ने चाहनालाई साकार पारेकी सुन्दरहरैंचा १ की भगवती पौडेलको सङ्घर्ष यहाँ प्रस्तुत गरिएको छ । राजनीति र समाजसेवामा पनि क्रियाशील उनी सुकुना बहुमुखी क्याम्पसको स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन् । पिएचडीसमेत गर्ने लक्ष्य लिएकी उनले जीवनमा धेरै सङ्घर्ष गरेकी छिन् ।
झापा जिल्लाको गौरीगञ्जमा जन्मिएकी उनी २०४४ सालमा विवाह बन्धनमा बाँधिएर मोरङ जिल्लाको तत्कालीन हरैंचा–७ मा आइन् । त्यसपछि श्रीमान्सहित उनी राजनीति र समाजसेवामा अघि बढिन् ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेकी उनी २०४६ सालदेखि नेपाली काङ्ग्रेसको राजनीति गर्दै आएकी छिन् । नेपाली काङ्ग्रेसको भातृ संस्था महिला संघको केन्द्रीय सदस्य, तत्कालीन कोशीहरैंचा नगरपालिकाको नगर विकास अध्यक्षका साथै विभिन्न सहकारी संस्थामा आबद्ध हुँदै र नेतृत्व लिँदै उनी अघि बढिरहेकी छिन् ।
उनीसँगै १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । उनका अनुसार त्यसबेला परीक्षा सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द भएको थियो । त्यसबेलको एसएलसीको सिम्बल नम्बर २४५२ उनलाई अझै पनि याद छ ।
जान्ने विद्यार्थीको पनि यसरी परीक्षा रद्द भएर आउँदा आफूमा मानसिक चिन्ता परेको र त्यही बेला विवाहको कुरा आएपछि विवाह गरेको उनले बताइन् । पछि २०६० सालमा खुला विद्यालयमार्फत् श्री मावि मृगौलिया मोरङबाट उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।
आफ्नो नाति उमेर समूहका विद्यार्थीसँग बसेर अध्ययन गर्दा आफूलाई कुनै ग्लानि हुँदैन भन्ने प्रश्नमा उनी युवा विद्यार्थीको जोशले आफूलाई अध्ययनमा थप ऊर्जा थप्ने बताउँछिन् । उनीहरुले पनि अभिभावक पाएको महसुस गर्ने गरेको उनले सुनाइन् । ‘यो उमेरमा पनि यसरी आएर पढ्नुहुन्छ । हामीले पनि यो समयलाई खेर फाल्नुहुँदैन भन्ने कुरा गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘यसमा मलाई अत्यन्तै गौरव लाग्छ । कुनै ‘गिल्टी फिल’ पनि हँुदैन । यसैले म अगाडि बढेकोजस्तो लाग्छ ।’ आफूले अध्ययन गर्न थाल्दा सन्तानलाई पनि खुशी लागेको पनि उनले सुनाइन् ।
घरभित्रै बसिरहने र महत्वपूर्ण समय खेर फाल्ने नारीलाई इच्छाशक्ति जगाएर शिक्षालाई अगाडि बढाउन उनी सुझाव दिन्छिन् । आफूमा इच्छाशक्ति जाग्नुको कारण उनले यसरी बताइन् ।
‘म एउटा सहकारी संस्थाको तालीममा काठमाडौं गएकी थिएँ र त्यो तालीममा आफ्नो परिचय दिँदा आफ्नो शैक्षिक अवस्था पनि भन्नुपथ्र्याे । मैले त्यहाँ आफूले एसएलसी पास गरेकी भनेर ढाँटेँ । त्यहाँ त्यसरी ढाँटेपछि अब मैले साँच्चै एसएलसी पास गर्नुपर्छ भन्ने लाग्यो ।
घरमा आएर अब म पढ्छु भनी श्रीमान्सँग भन्दा ‘पढ्नु नि त पढेर पास गर्नू । ९ कक्षादेखि पढ्नू…’ भनेर अलिकति बिझ्ने तरिकाले भन्नुभयो । मलाई नरमाइलो लाग्यो । त्यसपछि अलि इख लिएर खुला विद्यालयमा भर्ना भएँ र एसएलसी दिएँ । त्यो दिनको नरमाइलो पलले यो अवस्थामा ल्यायो ।’
खुला विद्यालयमा भर्ना भएपछि परिवारबाट उनले राम्रो सहयोग पाइन् । गाउँका मान्छे भने कुरा काट्न थाले । पढ्न थालेको थाहा पाउनेले ‘मर्ने बेलामा हरियो काँक्रो …’ भनी खिसी गर्न थाले । उनी समाजसेवा र राजनीतिमा पनि लागेकी महिला भएकी हुनाले तालीम, मिटिङ या त्यस्तै अन्य काममा हिँडेको भनेर ढाँट्न थालिन् । बाटो परिवर्तन गर्दै विद्यालय जान थालिन् । तर जुन बाटोबाट जाँदा पनि गाउँलेले सोध्ने क्रम रोकिएन । बारम्बार झुट बोलिरहनुभन्दा उनले अर्काे निर्णय गरिन् । खुला विद्यालयमा बिहान ६ बजेदेखि पढाइ हुन्थ्यो । उनको घरबाट विद्यालय पुग्न १ घण्टा पैदल हिँड्नुपथ्र्याे । तर उनी ४ बजे नै उठेर विद्यालय जान थालिन् । जसले गर्दा बारम्बार एउटै प्रश्नको सामना गर्न कम भयो ।

अहिले समग्र महिलाको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनी तीन ओटै तहका निर्वाचन सम्पन्न भइसक्दा पनि महिलालाई अझै पछि नै पारिएको देखिएको उनको ठम्याइ छ । अहिले महिला सक्षम भइसकेका छन् भनिन्छ, तर स्थानीय तहलगायतका अन्य विभिन्न क्षेत्रमा महिलालाई प्रमुख पद दिन हिच्किचाइन्छ । महिला भएकै कारण दोस्रो दर्जाको रूपमा हेरिने परिपाटीले गर्दा महिला खुशी हुने अवस्था नआएको हुनाले नेतृत्व तथा व्यक्तित्व विकास आवश्यक भएको उनको भनाइ छ ।
पितृसतात्मक सोचको धङधङी अझै पनि नगएकै कारण पराम्परा बनेको हैकमवादले नछोडेको उनको अनुभव छ । महिलालाई अघि बढाउँदा हामी तल पछौंँ, हामी त पुरुष हो नि कहाँ महिलालाई अगाडि बढाउने भन्ने भावना अझै कायमै रहेको उनी बताउँछिन् । एक दुइ जना महिला सत्तामा गए भन्दैमा नहुने बताउँदै समग्र महिलाको अवस्थालाई चित्रण गर्दा अहिले पनि महिलाको अवस्था दयनीय रहेको उनले बताइन् ।
नारी दिवसको अवसरमा महिलालाई के भन्न चाहनुहुन्छ भन्दा दिवस औपचारिकताजस्तो मात्रै भएको र पुरानै अधिकार तथा माग अझै पनि माग्नुपर्ने अवस्था आएको उनले खुलाइन् । सन् १९७७ मा संयुक्त राष्ट्र संघले सबै देशका प्रतिनिधिलाई बोलाएर महिलाका लागि अधिकारका साथै समान काममा समान ज्याला पाउनुपर्छ भने पनि त्यो अझै पूरा नभएको र महिला हिंसा दिनानुदिन बढिरहेको देखिएको उनले बताइन् । दुरदराजका महिलालाई राज्यले नहेरेको र आरक्षण निर्धारण गरेर मात्रै अधिकार नपाइने पनि उनले सुनाइन् । राज्यको फितलो कानुनले गर्दा नै दिनप्रतिदिन हिंसाका घटनाले प्रश्रय पाएको र हिंसाको उजुरी दिन जाँदा उजुरी नलिने र घटनालाई राजनीतिक रङ दिनुले महिला अधिकार नारामा मात्रै सीमित देखिएको उनले प्रष्ट्याइन् ।
पछिल्लो दिनमा पुरुष हिंसा बढेको पाउनुभएको छ कि छैन भन्ने प्रश्नमा उनले

महिला हिंसाभन्दा पनि पुरुष हिंसा अझै बढेर गएको बताइन् । बेरोजगार युवालाई राज्यले रोजगारीको सिर्जना नगरेका कारण दैनिक घर खर्च चलाउन, छोराछोरीलाई शिक्षा दिन नसकेकै कारण विदेशिनुपर्ने बाध्यताकै परिस्थितिले र जिम्मेवार युवा सर्टिफिकेट हातमा बोकेर खाडी मुलुक जाने परिस्थिति आउनु दुर्भाग्यपूर्ण भएको उनले बताइन् । त्यहाँबाट ल्याएको रेमिट्यान्सले देशको आर्थिक स्थिति मजबुत बनाए पनि देशको लागि दुर्भाग्यपूर्ण रहेको र महिलाले आफ्नो अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गर्नाले परिवार तहसनहस हुने समस्या पनि बढिरहेको उनको भनाइ थियो । विदेशबाट घर आउँदा सम्पत्ति र श्रीमती दुवै नहुँदा त्यस्ता युवा मारमा परेको उनले सुनाइन् ।
विलासी जीवन बिताउने र देखासिकी गर्ने परिपाटीले पारिवारिक जिम्मेवारीबोध हराउँदै गएको उनले बताइन् । यस्ता घटना हुन नदिन घरपरिवार, समाज, राष्ट्रको दायित्व र आफ्नो दायित्व भुल्न नहुने उनको भनाइ छ ।
कर्तव्यबोधका लागि सचेत भई अघि बढ्दा मात्रै नारी दिवसको औचित्य र उद्देश्य पूरा हुने उनको भनाइ छ । महिला आर्थिक रूपमा सबल नभएका कारण पुरुषमा र परिवारमा आश्रित हुनुपर्ने भएका कारणले पनि अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने परिपाटी मौलाएको उनको ठहर छ । केही महिलाले नेतृत्व ग¥र्यौँ भनेर खुसी मानेर बस्ने अवस्था नभएको हुनाले दुरदराजका दिदीबहिनीको आवाजलाई बुलन्द गरे मात्र सभ्य र संस्कारवान् समाज बन्न सक्छ ।
सरकारले महिलाका लागि धेरै किसिमका सीपमूलक तालीम ल्याए पनि ती तालीम प्रभावकारी नभएको देखिएको उनको भनाइ छ । कहाँ कस्तो तालीम दिँदा उपयुक्त हुन्छ भनेर अध्ययन गर्नुपर्ने तथा त्यहाँ तालीम दिएपछि कत्तिको प्रभावकारी भयो भनेर अनुगमन गरिनुपर्ने उनले औँल्याइन् । राम्रो तालीम लिए पनि तालीमपछि व्यवसाय गर्न आर्थिक अभाव हुँदा कतिपय प्रशिक्षार्थीले तालीम लिएर पनि व्यावसायिक बन्न नसकेका हुनाले त्यस्ता सीप भएका व्यक्तिको अवस्थालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, तालीमको आयोजना गर्दा मेरो मान्छेलाई तालीम दिलाउनुपर्छ भनी जथाभावी सिफारिश गराउने तर तालीम लिन योग्य छ कि छैन त्यो चाहिँ नहेर्ने परिपाटी खतरापूर्ण भएको पनि उनले सुझाइन् । मेरो मान्छे तालीममा पर्नुप¥यो भन्ने अनि बारम्बार एउटै मान्छेले धेरै तालीम लिए पनि व्यावसायिक बन्न पहल नगर्नेप्रति कडाइ गर्नुपर्ने उनको सुझाव छ । सीपमूलक तालीम कार्यक्रमबाट कमै महिलामात्र स्वरोजगार भएको बताउँदै तालीममा सहभागी हुने व्यक्ति छनोट गर्ने प्रक्रिया नै गलत भएको उनले खुलाइन् ।
नारी दिवस मनाइरहँदा नारीभित्रका पीडा, व्यथा कुण्ठा दिवसले पहिचान गर्न सकोस् भन्ने उनको शुभकामना छ । राज्य तत्काल गर्नुपर्ने दायित्व र अधिकारबाट पछि हटेको हो कि जस्तो लागेकाले राज्य चनाखो भएर अघि बढ्नुपर्ने सुझाव उनको छ । राज्यले बनाएको कानुन कार्यान्वयन नहुँदा नारीका पीडा भयावह अवस्थामा रहेको तथा विदेशमा गएर आँशु पिएर बस्ने नारीको अनुहारमा अहिलेसम्मका नारी दिवसले खुशी ल्याउन नसकेको बताउँदै आगामी नारी दिवसले सबैमा खुशी ल्याउन सकोस् भन्ने उनको कामना छ ।
महिला हिंसा न्यूनीकरण गर्न पुरुष दाजुभाइको सुसंस्कारको विकास हुन जरुरी रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकले वृद्धाश्रमसम्म पुग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनले उल्लेख गरिन् । शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय जाने वातावरण मिलाउनुपर्ने उनको सुझाव छ ।
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
Facebook Comment
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
Banner
प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।
ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।
“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।
उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।
युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login