मुख्य
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ । त्यसै क्रममा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक योजना शर्माले वित्तीय क्षेत्रमा गरेको योगदानको बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
सुन्दरहरैंचा–५ तीनपैनीमा जन्मिएकी योजना शर्मा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक हुन् । उनको कुशल व्यवस्थापनका कारण सहकारीले उन्नति गरिरहेको संस्थाका अध्यक्ष केदार गुरागाईं बताउँछन् ।
नारी दिवसको अवसरमा शर्माको व्यवस्थापकीय अनुभव प्रकाशन गर्ने उद्देश्यले उनको कार्यकक्षमा पुग्दा उनले आफूले जन्मघरमा लैङ्गिक विभेद नभोगे पनि केही समय कर्मघरमा भने विभेदपूर्ण व्यवहार भएको अनुभव गरिन्। जन्मघरमा छोरालाई भन्दा छोरीलाई अझै बढी माया गरेको उनले स्मरण गरिन् ।
विवाहपछि भने उनले सोचेजस्तो भएन । पारिवारिक जिम्मेवारी, परिवारको कृषिकर्म, बुहारीलाई पढाउनुहुन्न भन्ने मान्यताका कारण विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो भयो । आत्माबाट नै म केही गर्छु भन्ने इच्छा आएपछि केहीले पनि नरोक्ने उनको अनुभव छ । पढाइलाई निरन्तरता दिन श्रीमान्ले सहयोग गरेपछि स्नातकोत्तरसम्मको अध्ययन गर्न उनी सफल भइन् ।
स्नातक तहको अध्ययन सक्नासाथ २०५९ सालदेखि हातेमालो सहकारीमा कर्मचारीको रूपमा प्रवेश गरिन् । त्यसको १ वर्षपछि उनले प्रबन्धकको जिम्मेवारी पाइन् । यसरी डेढ दशकभन्दा अघिदेखि उनको कुशल प्रबन्धकत्वमा सो सहकारी अघि बढिरहेको छ । २०६९ सालमा ६६ औं सहकारी दिवसको अवसरमा उनले मोरङको उत्कृष्ट सहकारी व्यवस्थापकको अवार्ड पनि पाइन् ।

शर्माले शिक्षाशास्त्र सङ्कायमा २०६६ सालमा सुकुना बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको अध्ययन पूरा गरिन् । त्यसपछि सुकुनामै स्नातकोत्तर तहमा उनी २ विषय पढाइरहेकी पनि छिन् । ‘समय व्यवस्थापन गर्नु महिलाका लागि अझ चुनौतीको विषय हो’, उनी भन्छिन्, ‘तैपनि सहकारी, कलेज, घरगृहस्थी सबैलाइ मैले उचित व्यवस्थापन गरिरहेकी छु ।’ पाथीभरा महिला समूहमा कोषाध्यक्षको रूपमा पनि उनी कार्यरत रहेकी छिन् । यो समूहले समाजसेवाको क्षेत्रमा काम गरिरहेको छ ।
सुन्दरहरैंचाका सहकारीको पहिलो महिला प्रबन्धक हुँदा कस्तो अनुभव गरिरहनुभएको छ भन्ने प्रश्नमा उनले महिला भएकै कारणले अप्ठ्यारो परिस्थितिको सामना गर्नु नपरेको बताइन् । संस्थामा आर्थिकलगायतका समस्या पर्दा सञ्चालक समितिसँग सहकार्य गरी काम गर्ने गरेको र संस्थाले पनि आफूमाथि विश्वास गरेको उनी बताउँछिन् ।
‘अहिले त सुन्दरहरैंचाका आधा दर्जनभन्दा बढी सहकारीका प्रबन्धक महिला हुनुहुन्छ । साथै त्यति नै सङ्ख्यामा सहकारीको नेतृत्व पनि महिलाहरुले गरेको अवस्था छ’, उनी भन्छिन्, ‘यसरी हेर्दा अवसर दियो भने महिलाहरुले पनि गर्न सक्छन् भन्ने प्रमाणित हुँदै गएको छ । राज्यले संविधानमा नै महिलाहरुको अधिकारलाई सुनिश्चित गरिदिएपछि धेरै महिलाले अवसर पनि पाउनुभएको छ । तर पनि हाम्रो समाज अझै पनि पितृसतात्मक सोचको घेराबाट बाहिर आउन नसकेको यथार्थ हो र यसलाई शिक्षाको माध्यमबाट हटाउँदै जानुपर्छ ।’
समाजमा महिलालाई पछि पारिएको हो वा महिला आफैँ पछि परेका हुन् भन्ने जिज्ञासामा दुवै विचार सही भएको उनको भनाइ छ । महिला आफैँ पनि पछि परेका र महिलालाई समाजले पनि पछि पारेको दुवै सत्य भएको उनले सुनाइन् ।
‘जबसम्म महिलाहरु आफैँ केही गर्छाैँ भनेर अगाडि आउनुहुन्न तबसम्म परिवर्तन सम्भव छैन । महिला आफैँले बाटो खोल्ने हो,’ उनले भनिन्, ‘अझ राजनीतिक रूपमा त महिलालाई धेरै पछि पारिएको छ । कुनै पनि राजनीतिक पदमा पुग्न महिलाले धेरै नै सङ्घर्ष गर्नुपर्छ ।’
अहिले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा पनि कार्यकारी पदहरु नगरप्रमुख, गाउँपालिका अध्यक्ष जस्ता पदमा अत्यन्तै न्यून मात्रामा टिकट दिइएको र औँलामा गन्न सकिने गरी मात्र विजयी हुनु भनेको राजनीतिक रूपमा महिलालाई पछि पारिएको उनको तर्क छ ।
आफ्नो सहकारीको सञ्चालक समिति महिलाका यस्ता कार्यक्रमप्रति सकारात्मक भएको र महिलाको आवश्यकतालाई हेरेर सीपमूलक कार्यक्रम सञ्चालन गरेकाले महिलाको जीवनस्तर उकास्न सजिलो भएको उनको भनाइ छ ।
सुन्दरहरैंचा नगरपालिकाले महिलाका लागि धेरै सीपमूलक कार्यक्रम ल्याएको र हरेक वडामा विभिन्न यस्ता कार्यक्रम ल्याइनु सकारात्मक हुनुका साथै यसले महिलाको आर्थिक पक्षलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । त्यस्ता कार्यक्रमले महिला अधिकारलगायतका अन्य अधिकार सुनिश्चित गर्ने उनले बताइन् ।
समाजमा महिला हिंसामात्रै नभई पुरुष हिंसा पनि बढिरहेको पाएको उनले सुनाइन् । पुरुष हिंसामा पर्नुको मुख्य कारण चाहिँ अशिक्षित महिलालाई बढी स्वतन्त्रता दिनुको परिणाम भएको उनको अनुमान छ । ‘देवानी संहिताले महिलाका धेरै अधिकारलाई सुनिश्चित गरिदियो तर महिलाले यसको दुरुपयोग पनि गरेका छन् ,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारमा जाने कतिपय पुरुष लैङ्गिक हिंसामा परेका हुनाले यसलाई न्यूनीकरण गर्नका लागि जनचेतना जगाउन आवश्यक छ ।’
यो नारी दिवसबाट महिलामा आत्मबल बढाई लैङ्गिक असमानता र महिला हिंसाका अन्त्यका लागि एक हुन उनी अनुरोध गर्छिन् । अन्धकारलाई सराप्नुभन्दा पनि आफैँले दियो बाल्नु उत्तम हुने उनको भनाइ छ । पुुरुषले अघि बढ्न दिएनन् भन्नुभन्दा पनि आफू चाहिँ के गर्दैछौँ त भनी आफ्नो योग्यता र क्षमता बढाउनतर्फ लाग्नुपर्छ भन्ने उनको सुझाव छ ।
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login