Connect with us
Advertisement

अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)

Published

on

 फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले आजदेखि फागुन २५ गतेसम्म हरेक दिन सुन्दरहरैंचाका केही सङ्घर्षशील नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ । त्यसै क्रममा इन्द्रपुर समस्त भजन सञ्जालकी अध्यक्ष रुजा घिमिरेले अध्यात्मको क्षेत्रबाट समाजमा चेतना फैलाउन र विकृति अन्त्य गर्न गरेको पहलको बारेमा छोटकरीमा यहाँ चर्चा गरिएको छ ।

सुन्दरहरैंचाका ४५ ओटा भजन समूहमा आबद्ध महिलालाई अध्यात्म र भजनकीर्तन तथा योगको माध्यमबाट सकारात्मक सोचको विकास गराउन, नारीभित्रको क्षमता विकास गर्न र जनचेतना फैलाउन लागिपरेकी रुजा घिमिरे सो कार्यमा सफल हुँदै गएकी छिन् ।

पारिवारिक विखण्डन भएका परिवारमा पनि भजन र अध्यात्मको माध्यमबाट मिलन गराएको उनी बताउँछिन् । त्यस्तै, नेतृत्व र क्षमता विकासका लागि उद्घोषण तालीम गर्ने गरेको र अन्य जनचेतनामूलक कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।

त्यतिमात्रै होइन, भजन गाउने क्रममा माइक समाउने अभ्यास हुने र आफ्ना दुःखसुखका कुरा तथा अनुभव आदानप्रदान गर्ने क्रममा बोल्ने बानीको विकास हुँदै गएको आफूले पाएको उनको भनाइ छ । जसका कारण सञ्जालमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको उनको दाबी छ ।

८ वर्ष अघि तत्कालीन इन्द्रपुर गाविसका भजनकीर्तन समूहलाई आबद्ध गराई स्थापना भएको सञ्जालमा हाल सुन्दरहरैंचाका १,२,५,६ र ७ बाहेक अन्य वडाका भजन टोली आबद्ध भएका छन् । १ नम्बर वडाका २ ओटा टोली पनि आबद्ध हुने क्रममा रहेको उनको भनाइ छ ।

संस्थाको नेतृत्व गर्नुअघि उनले सोही संस्थाको सहसचिवको रूपमा ३ वर्ष काम गरेकी थिइन् । धर्मको नाममा बढेको विकृति रोक्न लागि परेको उनले सुनाइन् । भजनकीर्तन गर्ने अनि त्यहाँ सङ्कलन भएको रकमले वनभोज जाने परिपाटी बढेकाले त्यसको अन्त्यका लागि संस्था लागिरहेको र त्यसमा बिस्तारै सुधार हुँदै आएको उनको अनुभव छ ।

असल सासू, असल बुहारी कार्यक्रम प्रभावकारी बन्दै
संस्थाले गरेको असल सासू, असल बुहारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ज्येष्ठ नागरिकले आफू एक्लो भएको महसुस गर्ने र हीनताबोध गर्ने क्रम बढेकाले त्यो रोक्न लागिपरेको उनले सुनाइन् । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् र कसैले पनि वृद्धाश्रम खोल्ने र वृद्धाश्रममा जाने वातावरण सिर्जना नहोस् भन्ने मनशायले यो कार्यक्रम ल्याएको उनले सुनाइन् ।

सञ्जालमा आबद्ध विभिन्न भजनकीर्तन समूहले असल सासू र असल बुहारीलाई सम्मान गर्ने चलन शुरु गरेको र यसलाई अभियानको रूपमा अघि बढाउने योजनामा सञ्जाल रहेको उनले सुनाइन् । सञ्जालमा युवाको सङ्ख्या धेरै भए पनि बाल, प्रौढ र ज्येष्ठ सबै उमेर समूहका मानिस आबद्ध रहेका छन् ।

आध्यात्मिक चेत फैलाउँदै नेतृत्व विकास गराउन सक्ने भन्दै नगरपालिकाले पनि सञ्जाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताइन् । योग, ध्यान र प्राणायामतर्फ मानिसको रुचि बढाउन पनि सञ्जालले काम गरिरहेको उनको भनाइ छ । भावनात्मक रूपमा मानिस स्वस्थ नभएसम्म अन्य काम गर्न गाह्रो हुने र सो काम गर्ने मनस्थिति तयार नहुने हुनाले योग, ध्यान र भजनकीर्तनतर्फ मानिसलाई आकिर्षत गर्नेतर्फ आफू उद्यत रहेको उनी सुनाउँछिन् ।

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई ह्वीलचेयर वितरण

Published

on

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले इन्द्रपुरमा यस वर्ष फरक अनुभूति ल्यायो। सामान्य रूपमा कार्यक्रम, भाषण वा प्रतीकात्मक गतिविधिमा सीमित हुने दिन यसपटक इन्द्रपुर जेसीजले प्रत्यक्ष प्रभाव पार्ने कामबाट विशेष बनायो—नगरका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपयोगी र जीवन–सहज बनाउने ह्वीलचेयर प्रदान गरेर।

कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार, “ह्वीलचेयर केवल सहयोग होइन, दैनिक बाँचाइमा आवश्यक स्वतन्त्रताको आधार हो।” दुलालले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र सुरक्षित जीवनयापन सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

ह्वीलचेयर प्राप्त गर्नेहरूमध्ये सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बूकालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई, र वडा नम्बर १ का गोपालबहादुर कार्की थिए। उनीहरूका परिवार र आफन्तका अनुहारमा देखिएको सन्तुष्टि र राहतले कार्यक्रमको उद्देश्य झन् स्पष्ट बनाइरहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि, अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य, अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायको जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यस्तो सहयोग निरन्तर हुनुपर्ने बताइन्।

इन्द्रपुर जेसीजको आयोजनामा र इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा भइरहेको ‘जेसीज सप्ताह’अन्तर्गत यो कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो। कार्यक्रममा महासचिव अजित बान्तवाले सञ्चालन सम्हालेका थिए भने कार्यक्रम संयोजक पार्वती गच्छदारले ह्वीलचेयर वितरण सप्ताहकै महत्वपूर्ण उद्देश्य भएको बताइन्।

Continue Reading

Banner

सर्टको उत्कृष्ट खेलमा लुम्बिनीको शानदार जित, विराटनगर फेरि पराजित

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।

लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो । यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक