राजनीति
साझा युवा संगठन प्रदेश नम्बर ५ को संयोजकमा शिवराज बेल्बासे
बुटवलः रुपन्देहीका शिवराज बेल्बासेको संयोजकत्वमा प्रदेश नम्बर ५ अन्तर्गत ४९ सदस्यीय प्रदेश समिति घोषणा भएको छ ।
भर्चुअल सम्मेलनमार्फत् घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधीर ओली, दीपेन्द्र ओली, प्रशान्त ओली, डी.एस खड्का र तुलसी चौधरी सदस्य रहेका छन् । कपिलवस्तुका अरुनबहादुर कार्की, दीपक बेल्बासे र घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल छेत्री, अनन्त अग्रहरी, मणि भुषाल, बाबुराम छेत्री, शिशिर पाण्डे, ऋतु ज्ञवाली, पूजा पाण्डे, डिलकुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली र पार्वता भुषाल पनि सदस्य चयन भएका छन् ।
त्यस्तै, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गोकर्ण नेपाली, युवराज लम्साल, सन्दीप पन्थी र सन्दीप बि.के. सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्ज्वल बन्जाडे, दिनेश पाण्डे र चन्द्र रेग्मी तथा अर्घाखाँचीकी रीता भुषाल र आशिका अधिकारी सदस्यमा चयन भएका छन् ।
बाँकेका अंकित श्रीवास्तव र वसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव र मनोज शर्मा, प्युठानका बिपिन गिरी र धु्रव थापा, रोल्पाका सुनिल पोख्रेल र झक्कुप्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सीराम ओली, बर्दियाका तीर्थराज जैसी र उमेशराज थापा तथा पाल्पाका बाबुराम कोइराला सदस्य चयन भएका छन् ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ ।
सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको संगठनका केन्द्रीय संयोजक अब्दुश मियाँले बताए ।
सम्बन्धित समाचारहरु
साझा युवा संगठन सुदूर पश्चिम प्रदेश समिति घोषणा
साझा युवा संगठन गण्डकीको संयोजकमा राजन पन्थी
मोरङका सरोज नेपालको संयोजकत्वमा साझा पार्टीको युवा संगठन प्रदेश १ समिति गठन
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login