Connect with us
Advertisement

युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता

Published

on

तस्बिरमा पुस्तकालय र शौचालय

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा बनेका २ वटा अत्याधुनिक सार्वजनिक शौचालयको भोलि मंगलबार उद्घाटन हुने भएको छ । नगरपालिका क्षेत्रका ७ स्थानमा शौचालय निर्माण गर्ने उद्देश्यले सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा गठित सार्वजनिक शौचालय निर्माण महाअभियान समितिको अगुवाइमा निर्माण भएकामध्ये विराटचोक र सलकपुरका शौचालय निर्माण सम्पन्न भएका हुन् । खोर्साने, हरैंचा, गोठगाउँ, बलिया र गछिया बजारमा शौचालय बन्ने क्रममा छन् ।

विराटचोकमा पश्चिम बस स्टेण्डको दक्षिणमा र सलकपुरमा चोकभन्दा पूर्वतर्फ बनेका २ वटा शौचालय भोलि उद्घाटन हुने भएका हुन् । जसका लागि नगरपालिकाले ३५ प्रतिशत लगानी गरेको छ भने ६५ प्रतिशत स्थानीयबासीबाट संकलन गरिएको छ ।

यस्ता छन् अत्याधुनिक शौचालयका विशेषताः
शौचालयमा पुस्तकालय र एसीजडित सैलुन रहनेछन् । यस्तै धूमपान गर्नेका लागि अलग्गै कोठा (स्मोकिङ जोन) बनाइएको छ । मोबाइल चार्ज गर्ने र नुहाउने व्यवस्था तथा महिलाहरुका लागि सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ । शौचालयको सरसफाइ गर्ने कर्मचारीका ७ परिवार शौचालयको सबभन्दा माथिल्लो तलामा बस्नेछन् । अपाङ्गमैत्री सो शौचालयको सुरक्षाका लागि गार्ड रुम पनि बनाइएको छ ।

शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालका अनुसार बीचको तलामा इ लाइब्रेरी रहनेछ । कुनै संघसंस्थाले गोष्ठी वा सेमीनार गर्नुपरेमा त्यसको लागि हलको व्यवस्था पनि दोस्रो तलामा हुने भएको छ ।

सैलुन, कफी सप, स्मोकिङ जोनको साथै तौल नाप्ने मेसिन, मोबाइल चार्ज गर्ने ठाउँ र शौचालय तल्लो तलामा रहने बताइएको छ । युरोपियन मापदण्ड अनुसार बनिरहेका ४ वटा शौचालयको लागि ४ करोड रुपैयाँ खर्च भइसकेको दुलालले बताए । सलकपुर र विराटचोकका शौचालय भोलि उद्घाटन हुनेछन् भने हरैँचा र खोर्सानेका शौचालयमा ढलानको काम भइरहेको छ । गोठगाउँ, गछिया र बलियामा बन्ने शौचालयको निर्माणकार्य पनि दशैंअघि नै शुरु हुने दुलालले जानकारी दिए ।

शौचालय भवनको दोस्रो तलामा रहने पुस्तकालयका लागि पुस्तक संकलन कार्य भइरहेको छ । यसका लागि इन्द्रपुर जेसीजले समन्वय गरिरहेको छ ।

इन्द्रपुर जेसीजका अध्यक्ष गणेशप्रसाद भट्टराईका अनुसार दुवै ठाउँका पुस्तकालयका लागि लगभग ८ सय थान पुस्तक संकलन भइसकेका छन् । थप २ सय पुस्तक भोलिसम्ममा संकलन हुने र दुवै ठाउँका पुस्तकालयमा ती पुस्तक राखिने उनले बताए ।

पुस्तक संकलनको लागि जेसीजका १ सय ५६ शाखालाई अनुरोध गरिएको छ । इन्द्रपुर जेसीजको पहलामा ५ सय थान पुस्तक काठमाडौंबाट आइसकेको छ । साहित्यिक पुस्तक बढी रहने ती पुस्तकालयमा बालबालिकाका लागि पठनयोग्य सामग्रीका साथै धर्म संस्कृतिसँग सम्बन्धित पुस्तक पनि रहने उनले जानकारी दिए ।

दुवै ठाउँको पुस्तकालय व्यवस्थापनका लागि तत्काललाई २ जना कर्मचारीको व्यवस्था गरिसकिएको तथा आज बेलुकासम्ममा दुवै ठाउँमा कम्प्युटर जडान गरी पुस्तकको अभिलेख कम्प्युटर पद्धतिमा राखिने भट्टराईले बताए ।

मुख्य मन्त्री राई द्वारा निर्माणधिन पुस्तकालयसहितको सार्वजनिक शौचालय अवलोकन

 

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक