कोशी प्रदेश
मुख्य मन्त्री राई द्वारा निर्माणधिन पुस्तकालयसहितको सार्वजनिक शौचालय अवलोकन
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा बन्दै गरेका पुस्तकालयसहितको सार्वजनिक शौचालय प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अवलोकन गरेका छन् । शुक्रवार प्रदेश सांसद राजकुमार ओझा, नगरउपप्रमुख धनमाया तामाङ, कोसीहरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईलगायतको उपस्थितिमा अवलोकन गरिएको हो ।
अवलोकनका क्रममा प्रदेश सांसद ओझाले शौचालय निर्माणको अवस्थाबारे मुख्य मन्त्रीलाई जानकारी गराएका थिए । कोसीहरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष चापागाईले प्रदेश सरकारको तर्फबाट पनि अन्य स्थानमा बन्ने भएकाले सहयोगको अपेक्षा सहिति अवलोकन गराइएको बताएका छन् ।
मुख्य मन्त्री अवलोकनमा पुग्दा पुस्तकालय बनाउन कामदार खटिरहेका थिए । बिहान, बेलुका र रात नभनी यो भवन निर्माणका लागि कामदार लागि परेका छन् । सलकपुर र विराटचोकको काम भने अन्तिम चरणमा पुगेको छ ।
यसरी बन्दै छन् शौचालय
नगरपालिकाले नगरलाई विकासको बगैंचा बनाउने उद्घोष गरी ‘सुन्दरहरैंचा, विकासको बगैंचा’ नारा नै तय गरेको छ । सुन्दरहरैंचामा स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्ने भनी झण्डै २ वर्षअघि एउटा महाअभियान थालिएको छ । नगर क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गमा ६ ओटा र विराटचोक– विराटनगर मार्गको हरैंचामा एउटा गरी ७ ओटा सार्वजनिक शौचालय बनाउने तयारी गरिएको थियो ।
शौचालय निर्माण महाअभियानअन्तर्गत सुन्दरहरैंचाको खोर्साने, विराटचोक, सलकपुर, गोठगाउँ, गछिया, बलिया र हरैँचामा शौचालय बन्ने भएका हुन् । यी ७ स्थानमध्ये हरैँचाबाहेक अरु सबै स्थान पूर्वपश्चिम राजमार्गमा पर्दछन् । यीमध्ये हाल ४ ओटा शौचालयमात्रै निर्माणाधीन अवस्थामा छन् । खोर्साने, विराटचोक, सलकपुर र हरैँचामा मात्रै शौचालय निर्माणाधीन अवस्थामा छन् ।
निर्माणधिन शौचालयको पहिलो तल्लामा अडियो भिडियो सुविधा सहित पुस्तकालय बन्दैछ भने यो शौचालय यूरोपियन मापदण्डको हुन्छ । शौचालयमा चमेना गृह, शैलुन, आराम कक्ष र इन्टरनेटको सुविधा हुने छ ।
अहिले बनिरहेका प्रत्येक शौचालय १ करोड हाराहारीको लागतमा बन्ने छन् । ७ ओटै शौचालय एउटै डिजाइनमा निर्माण हुनेछन् । सबै शौचालय निर्माण सम्पन्न गर्दा ९ करोड लाग्ने बताइएको छ । यी शौचालयमध्ये सलकपुर र विराटचोकमा बनिरहेका शौचालयको काम अन्तीम चरणमा पुगेकाले चाँडै सञ्चालनमा आउने भएका छन् । अहिले बनिरहेका शौचालयको लागि सुन्दरहरैंचाका उद्योगी, व्यापारी र नगरपालिकाको सहयोग रहेको छ । त्यस्तै, विदेशमा बस्ने सुन्दरहरैंचावासीले पनि आर्थिक सहयोग गरेको गरिरहेका छन् ।
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता - निष्पक्षखबर
Pingback: सुन्दरहरैंचाको प्रशंसा गर्दै मुख्यमन्त्री राईले भने, ‘कोभिडको बहाना नगरी काम गरेर राम्रो सन्द