शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाको प्रशंसा गर्दै मुख्यमन्त्री राईले भने, ‘कोभिडको बहाना नगरी काम गरेर राम्रो सन्देश गएको छ’
विराटचोकः देशमै पहिलो पटक बनेको दाबी गरिएका अत्याधुनिक शौचालयको उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री शेरधन राईले सुन्दरहरैंचाको प्रशंसा गरेका छन् । शौचालय उद्घाटनका लागि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले सबै एकजुट भएर काम गर्दा असम्भव केही नहुँदो रहेछ भन्ने यसले प्रष्ट पारेको र अन्य स्थानीय तहले पनि यसको सिको गर्नुपर्ने बताए ।
‘प्रदेश सरकारले पनि यो नगरलाई सुन्दर बनाउन लागिपरेको छ’, मुख्यमन्त्री राईले भने, ‘विराटनगर– घिनाघाट सडकलाई ४ लेनको बनाइएको छ । पूर्वी पहाडी जिल्लाको केन्द्रबिन्दुको रुपमा यस नगरलाई विकास गर्न प्रदेश सरकार लागिपरेको छ ।’ त्यसै क्रममा विराटनगर जोड्ने ४ लेनको बाटो प्रदेशकै गौरवको योजनाअन्तर्गत राखेर निर्माण गरिएको उनको भनाइ थियो ।
नगरपालिकाले ईलाइब्रेरीसहितका ८ वटा अत्याधुनिक शौचालय बनाउन सके नगरको गौरव झन् बढ्ने हुनाले सबैको साथ र सहयोग जुटाउन उनले सुझाव दिए । यस्ता सिर्जनशील सोच अन्य पालिकाले पनि आत्मसात गरी ती सोचलाई कार्यान्वयन गराउनुपर्ने उनको भनाइ थियो ।
कोभिडको बहाना नगरी काम गर्दा यसरी ठूला योजना बन्दा रहेछन् भन्ने बुझेर बहानाबाजी गरेर हात बाँधेर बस्न नहुने सन्देश पनि यसले दिएको उनले बताए ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद राजकुमार ओझाले सबै मिलेर काम गर्नाले विकास निर्माणका काम र अन्य विभिन्न काम गर्न नगरमा सहज भएको बताए । बृहत् विराट क्षेत्रभित्र सुन्दरहरैंचा परेकाले यहाँ विकास निर्माणका काम धेरै भइरहेको उनको भनाइ थियो ।
भौतिक पूर्वाधारको क्षेत्रमा सुन्दरहरैंचामा धेरै काम भइरहेका बताउँदै उनले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउने, अस्पताल निर्माण गर्नेलगायतका काममा पनि अब सबै एकजुट हुन आवश्यक भएको बताए । सुकुना बहुमुखी क्याम्पसलाई प्रदेशकै नमूनायोग्य कार्यक्रम बनाउन आफू लागि परिरहेको उनको भनाइ थियो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सपना धेरैले देखे पनि जब धेरै मानिसलाई सहभागी गराई अघि बढिन्छ तब मात्र सो सपनाले साकार रुप धारण गर्ने बताए ।

नगरमा यस्ता अत्याधुनिक मापदण्डका ८ वटा सार्वजनिक शौचालय बनाउने तयारी भएको बताउँदै केही स्थानमा जग्गाको अभावमा भवन बन्न नसकेको र जग्गा पाउनासाथ भवन बनाइने उनले बताए । अब नगरको पश्चिम क्षेत्रमा रहेको बलियामा शौचालय बनाउनुपर्ने र सबैतिरको भूगोल समेटिने उनको भनाइ थियो । भौतिक पूर्वाधार मन्त्रालयको कार्यभार पनि मुख्यमन्त्रीसँगै रहेकाले रकम विनियोजन हुनेमा नगरवासी आशावादी रहेको उनले बताए ।
८ घर सुकुम्बासीलाई शौचालयको माथिल्लो तलामा बस्ने व्यवस्था गरिनुले सुकुम्बासीको समस्या समाधानमा पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए । भौतिक पूर्वाधारको लागि नगरसँग बजेट नभएको र प्रदेश सरकारले पनि सुन्दरहरैंचालाई खासै नहेरेको उनले बताए ।
नेकपाका नगर अध्यक्ष केदार गुरागाईंले सुन्दरहरैंचाले नयाँनयाँ काम गरिरहेको र ती सफल भएको बताए । देशमै पहिलो पटक बन्द निषेधित क्षेत्र घोषणा गरिएको र त्यो अहिलेसम्म कायम हुनुका साथै अन्यत्र पनि त्यसको सिको भएको बताउँदै उनले अत्याधुनिक सार्वजनिक शौचालय पनि पहिलो पटक बनेको र यसको सिको सबैतिर हुने विश्वास लिइएको बताए ।
शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालले सार्वजनिक शौचालय निर्माण महाअभियानका लागि मेला लगाइएको र सो मेलामा १ करोड रुपैयाँ नाफा भएपछि थप उत्साह मिलेको बताए । त्यसपछि ईलाइब्रेरीसहितको भवन बनाउन डीपीआर तयार पारी नगरपालिकाको पहिलो बोर्ड बैठकमा प्रस्तुत गरेपछि महाअभियानका लागि नगरले ३५ प्रतिशत रकम छुट्याउने बताएपछि थप आँट आएको उनको भनाइ थियो । सबैको सद्भावमा यी शौचालय बने पनि साबि कोशीहरैंचामा मात्रै शौचालय बने, सुन्दरदुलारीमा बनेनन् भन्ने आरोप लाग्ने गरे पनि भवनको अभावमा अन्य ठाउँमा शौचालय बन्न नसकेको उनको भनाइ थियो ।
सलकपुर र हरैंचामा निःशुल्क जग्गा प्राप्त भएको तथा खोर्साने र विराटचोकमा कम मूल्यमा जग्गा खरीद गरी काम शुरु गरिएको उनले प्रष्ट्याए । अन्य क्षेत्रमा जग्गाको अभाव रहेको उनले बताए । हालसम्म १ करोड २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भएको र १ करोड २७ लाख १६ हजार ४ सय ५२ रुपैयाँ संकलन गरिएको उनले बताए । यो १० दिन अघिको तथ्यांक भए पनि यसपछि १७ लाख रुपैयाँ थप संकलन भइसकेको तथा हालसम्म ३ करोड २७ लाख खर्च भइसकेको तथा खोर्साने र हरैँचामा बनेका सार्वजनिक शौचालयमा ढलानको काम भइरहेको उनले जानकारी दिए ।
सार्वजनिक शौचालय नहुँदा सार्वजनिक यातायातले जंगलमा सवारी रोकी शौच गर्ने क्रम रहेकाले त्यसलाई रोक्न यो अभियानले साथ दिने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका नगर सभापति कृष्णबहादुर लिम्बूले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा खोर्सानेमा बनिरहेको शौचालयको निर्माणको लागि ११ लाख रुपैयाँ सहयोग गर्ने आशिष मास्केलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित समाचारहरुः
सुन्दरहरैंचाको विराटचोक र सलकपुरका सार्वजनिक शौचालयको उद्घाटन
युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता
मुख्य मन्त्री राई द्वारा निर्माणधिन पुस्तकालयसहितको सार्वजनिक शौचालय अवलोकन

Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login