शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाको प्रशंसा गर्दै मुख्यमन्त्री राईले भने, ‘कोभिडको बहाना नगरी काम गरेर राम्रो सन्देश गएको छ’
विराटचोकः देशमै पहिलो पटक बनेको दाबी गरिएका अत्याधुनिक शौचालयको उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री शेरधन राईले सुन्दरहरैंचाको प्रशंसा गरेका छन् । शौचालय उद्घाटनका लागि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले सबै एकजुट भएर काम गर्दा असम्भव केही नहुँदो रहेछ भन्ने यसले प्रष्ट पारेको र अन्य स्थानीय तहले पनि यसको सिको गर्नुपर्ने बताए ।
‘प्रदेश सरकारले पनि यो नगरलाई सुन्दर बनाउन लागिपरेको छ’, मुख्यमन्त्री राईले भने, ‘विराटनगर– घिनाघाट सडकलाई ४ लेनको बनाइएको छ । पूर्वी पहाडी जिल्लाको केन्द्रबिन्दुको रुपमा यस नगरलाई विकास गर्न प्रदेश सरकार लागिपरेको छ ।’ त्यसै क्रममा विराटनगर जोड्ने ४ लेनको बाटो प्रदेशकै गौरवको योजनाअन्तर्गत राखेर निर्माण गरिएको उनको भनाइ थियो ।
नगरपालिकाले ईलाइब्रेरीसहितका ८ वटा अत्याधुनिक शौचालय बनाउन सके नगरको गौरव झन् बढ्ने हुनाले सबैको साथ र सहयोग जुटाउन उनले सुझाव दिए । यस्ता सिर्जनशील सोच अन्य पालिकाले पनि आत्मसात गरी ती सोचलाई कार्यान्वयन गराउनुपर्ने उनको भनाइ थियो ।
कोभिडको बहाना नगरी काम गर्दा यसरी ठूला योजना बन्दा रहेछन् भन्ने बुझेर बहानाबाजी गरेर हात बाँधेर बस्न नहुने सन्देश पनि यसले दिएको उनले बताए ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद राजकुमार ओझाले सबै मिलेर काम गर्नाले विकास निर्माणका काम र अन्य विभिन्न काम गर्न नगरमा सहज भएको बताए । बृहत् विराट क्षेत्रभित्र सुन्दरहरैंचा परेकाले यहाँ विकास निर्माणका काम धेरै भइरहेको उनको भनाइ थियो ।
भौतिक पूर्वाधारको क्षेत्रमा सुन्दरहरैंचामा धेरै काम भइरहेका बताउँदै उनले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउने, अस्पताल निर्माण गर्नेलगायतका काममा पनि अब सबै एकजुट हुन आवश्यक भएको बताए । सुकुना बहुमुखी क्याम्पसलाई प्रदेशकै नमूनायोग्य कार्यक्रम बनाउन आफू लागि परिरहेको उनको भनाइ थियो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सपना धेरैले देखे पनि जब धेरै मानिसलाई सहभागी गराई अघि बढिन्छ तब मात्र सो सपनाले साकार रुप धारण गर्ने बताए ।

नगरमा यस्ता अत्याधुनिक मापदण्डका ८ वटा सार्वजनिक शौचालय बनाउने तयारी भएको बताउँदै केही स्थानमा जग्गाको अभावमा भवन बन्न नसकेको र जग्गा पाउनासाथ भवन बनाइने उनले बताए । अब नगरको पश्चिम क्षेत्रमा रहेको बलियामा शौचालय बनाउनुपर्ने र सबैतिरको भूगोल समेटिने उनको भनाइ थियो । भौतिक पूर्वाधार मन्त्रालयको कार्यभार पनि मुख्यमन्त्रीसँगै रहेकाले रकम विनियोजन हुनेमा नगरवासी आशावादी रहेको उनले बताए ।
८ घर सुकुम्बासीलाई शौचालयको माथिल्लो तलामा बस्ने व्यवस्था गरिनुले सुकुम्बासीको समस्या समाधानमा पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए । भौतिक पूर्वाधारको लागि नगरसँग बजेट नभएको र प्रदेश सरकारले पनि सुन्दरहरैंचालाई खासै नहेरेको उनले बताए ।
नेकपाका नगर अध्यक्ष केदार गुरागाईंले सुन्दरहरैंचाले नयाँनयाँ काम गरिरहेको र ती सफल भएको बताए । देशमै पहिलो पटक बन्द निषेधित क्षेत्र घोषणा गरिएको र त्यो अहिलेसम्म कायम हुनुका साथै अन्यत्र पनि त्यसको सिको भएको बताउँदै उनले अत्याधुनिक सार्वजनिक शौचालय पनि पहिलो पटक बनेको र यसको सिको सबैतिर हुने विश्वास लिइएको बताए ।
शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालले सार्वजनिक शौचालय निर्माण महाअभियानका लागि मेला लगाइएको र सो मेलामा १ करोड रुपैयाँ नाफा भएपछि थप उत्साह मिलेको बताए । त्यसपछि ईलाइब्रेरीसहितको भवन बनाउन डीपीआर तयार पारी नगरपालिकाको पहिलो बोर्ड बैठकमा प्रस्तुत गरेपछि महाअभियानका लागि नगरले ३५ प्रतिशत रकम छुट्याउने बताएपछि थप आँट आएको उनको भनाइ थियो । सबैको सद्भावमा यी शौचालय बने पनि साबि कोशीहरैंचामा मात्रै शौचालय बने, सुन्दरदुलारीमा बनेनन् भन्ने आरोप लाग्ने गरे पनि भवनको अभावमा अन्य ठाउँमा शौचालय बन्न नसकेको उनको भनाइ थियो ।
सलकपुर र हरैंचामा निःशुल्क जग्गा प्राप्त भएको तथा खोर्साने र विराटचोकमा कम मूल्यमा जग्गा खरीद गरी काम शुरु गरिएको उनले प्रष्ट्याए । अन्य क्षेत्रमा जग्गाको अभाव रहेको उनले बताए । हालसम्म १ करोड २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भएको र १ करोड २७ लाख १६ हजार ४ सय ५२ रुपैयाँ संकलन गरिएको उनले बताए । यो १० दिन अघिको तथ्यांक भए पनि यसपछि १७ लाख रुपैयाँ थप संकलन भइसकेको तथा हालसम्म ३ करोड २७ लाख खर्च भइसकेको तथा खोर्साने र हरैँचामा बनेका सार्वजनिक शौचालयमा ढलानको काम भइरहेको उनले जानकारी दिए ।
सार्वजनिक शौचालय नहुँदा सार्वजनिक यातायातले जंगलमा सवारी रोकी शौच गर्ने क्रम रहेकाले त्यसलाई रोक्न यो अभियानले साथ दिने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका नगर सभापति कृष्णबहादुर लिम्बूले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा खोर्सानेमा बनिरहेको शौचालयको निर्माणको लागि ११ लाख रुपैयाँ सहयोग गर्ने आशिष मास्केलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित समाचारहरुः
सुन्दरहरैंचाको विराटचोक र सलकपुरका सार्वजनिक शौचालयको उद्घाटन
युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता
मुख्य मन्त्री राई द्वारा निर्माणधिन पुस्तकालयसहितको सार्वजनिक शौचालय अवलोकन

Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login