शिक्षा / स्वास्थ्य
शिक्षा निकेतन माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न २ विद्यालय समायोजनका विषयमा मन्त्री कार्कीद्वारा प्रशंसा
विराटचोकः ‘शिक्षा निकेतनको लक्ष्य, गुणस्तरीय शिक्षासहित सम्पूर्ण विद्यार्थी वर्गको उज्ज्वल भविष्य’ भन्ने नाराका साथ शिक्षा निकेतन माध्यमिक विद्यालय सलकपुरले आफ्नो ३३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ ।

बुधबार विद्यालयको प्राङ्गणमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतका अतिथिले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । यस्तै बुधबार नै अभिभावक दिवसको अवसरमा प्रकाशित मुखपत्र २०६६ को विमोचन समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशको परिवर्तनसँगै सम्रग विकास र समृद्धिप्रति चासो व्यक्त गरेका थिए ।

उनले सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था, सामुदायिक सुरक्षा निकाय, सामुदायिक विभिन्न संस्थाहरू जबसम्म बलियो हँुदैनन् तबसम्म विकासको कुनै परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे । अहिलेसम्मको अभ्यास उल्टो दिशातर्फ लागेको बताउँदै सुल्टो बाटोतर्फ हिँडाउने कोशिस गरिरहेको उनले बताए । मन्त्री कार्कीले मूलभूत विकास भनेको जनशक्तिको उत्पादन हुने बताए ।

यसका लागि राज्यसँगै स्थानीय विद्यालय लागि पर्नुपर्ने धारणा उनले व्यक्त गरेका थिए । मन्त्री कार्कीले शिक्षा निकेतन र सूर्योदय आधारभूत विद्यालय समायोजन हुनुले प्रदेशकै नमुना काम भएको बताउँदै प्रशंसा गरेका थिए । मन्त्री कार्कीले विद्यालयलाई आवश्यक रहेको भवन बनाउन प्रदेश सरकारको साथ र सहयोग हुने समेत उल्लेख गरे ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद भट्टराई, उद्धव रिजाल, कृष्ण लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले मन्तव्य व्यक्त गर्दै विद्यालयलाई शिक्षाको क्षेत्रमा उचाइमा पु¥याउन नगरपालिकाको तर्फबाट आवश्यकता अनुसार सहयोग गर्ने बताए ।

२०४४ सालमा सेउलाको छाप्रोबाट शुरु भएको सो विद्यालय आधुनिक भवन निर्माण, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, अहिलेको परिवेशमा सीसी क्यामेराबाट विद्यार्थी तथा विद्यालयको गतिविधि नियाल्दै प्रविधिमैत्री शिक्षामा यस विद्यालयले जोड दिएको प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले बताएका छन् ।
वार्षिकोत्सवको अवसरमा गरीब तथा जेहेनदार बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । बज्रमोहन आचार्य स्मृतिबाट ५ जना, कुमार राई स्मृतिबाट ४ जना, कृष्णप्रसाद पोखरेल स्मृतिबाट ३ जना र चुडामणि ढकाल स्मृतिबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको थियो । यस्तै माछापुच्छ«े बैंक विराटचोक शाखाले पनि ५ जना जेहेनदार तथा गरीब विद्यार्थीलाई पुरस्कार र नगद प्रदान गरेको थियो । मङ्गलबार सञ्चालित आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

सो हाजिरीजवाफ प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी, साजीलाल मावि दोस्रो, पञ्चायत मावि तेस्रो र महेन्द्र मावि चौथो भएका थिए । हाजिरीजवाफमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने विद्यालय तथा सहभागी विद्यालयलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष रिजालले समाजको नेतृत्व वर्ग राजनीतिकर्मी, शिक्षाप्रेमलगायतको सहयोगले विद्यालय आजको अवस्थामा आएको बताए ।

वर्तमान जनप्रतिनिधिहरूको सक्रियता, लगनशीलता र दूरदर्शिताले शिक्षामा आमूल परिवर्तन ल्याउन सहयोग पुगेको समेत बताए । अध्यक्ष रिजालले विद्यालयका उल्लेख्य कार्यहरू समेत अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम ढकालले गरेका थिए ।


यो पनि पढ्नुहाेस्
सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय
सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी
एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा
मन्त्री कार्कीले यसरी गरे समायोजन हुने विद्यालयको प्रशंसा भिडियो
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सुन्दरहरैंचामा पहिलो पटक समायोजन भएको विद्यालयले गति लिँदै - निष्पक्षखबर