Connect with us
Advertisement
Advertisement

सुन्दरहरैंचामा पहिलो पटक समायोजन भएको विद्यालयले गति लिँदै

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक समायोजन भएको विद्यालयले गति लिइरहेको छ । वडा नम्बर ८ को सलकपुरमा रहेको श्री सूर्योदय आधारभूत विद्यालय सोही वडाको शिक्षा निकेतन माविमा समायोजन भएसँगै यस विद्यालयको भौतिक विकासमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गरेको छ ।

साबिकको सूर्योदय आधारभूत विद्यालयको हातामा अहिले २ वटा भवन निर्माण भइरहेका छन् । जसको बुधबार सुन्दरहरैंचाका नगरप्रमुुख शिवप्रसाद ढकालले अवलोकन गरेका छन् । प्रदेश सरकारबाट ३० लाख र नगरपालिकाबाट प्राप्त सहयोग २ लाख ८७ हजारको लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण भइरहेको हो । ४ कोठाको भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।

यसैगरी, ८ नम्बर वडाको २० लाख र नगरबाट प्राप्त १५ लाख रुपैयाँको सहयोगमा उपभोक्ता समितिबाट समेत भवन निर्माण भइरहको छ । चार चार कोठा रहेका दुवै भवन निर्माण सम्पन्न भएपछि ती भवनमा कक्षा सञ्चालन हुने हुनाले वडाले पनि पर्याप्त सहयोग गरिरहेको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले बताए ।

समायोजनपूर्व दुवै विद्यालय सञ्चालक समितिको बैठकले कक्षा १ देखि ८ सम्म शिक्षा निकेतनमा पढाइ हुने र कक्षा ९ देखि १२ सम्म साबिकको सूर्योदयमा पढाइ गर्ने सहमति भएको थियो । साबिकको सूर्योदयमा भौतिक संरचना नहुँदा पढाइमा समस्या हुने देखिएपछि नगरले यसलाई चासो दिएर बजेटको व्यवस्था गरेको मेयर ढकालले बताए ।

नगरको ४२ औँ कार्यपालिका बैठकबाट २ विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचारहरुः

शिक्षा निकेतन माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न २ विद्यालय समायोजनका विषयमा मन्त्री कार्कीद्वारा प्रशंसा

सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय

एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा

सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

३३९ जना थपिए संक्रमित, ४०१ जना निको

Published

on

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading

Banner

प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

Published

on

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Banner

बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

Published

on

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक