Connect with us
Advertisement

एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा

Published

on

बिराटचोक : आज अन्तर्राष्ट्रिय बाल दिवस । यसै सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था कस्तो छ भनेर हामी सुन्दरहरैंचाको एउटा विद्यालयमा पुगेका थियौँ । मोरङ जिल्ला एउटा सुगम जिल्ला मानिन्छ । यो जिल्लामा पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको सुन्दरहरैंचा नगरपालिका पर्दछ । राजमार्गसँगै जोडिएको सलकपुर बजार छेउमा एउटा आधारभूत विद्यालय छ । जहाँ हामी पुग्दा खाजा खाने समय भएको थियो । ८ देखि १० जना विद्यार्थी मात्र चौरमा खेल्दै थिए ।

यो नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक अवस्था र विद्यार्थी सङ्ख्या अत्यन्तै दयनीय अवस्थामा रहेको छ । सुन्दरहरैंचाको वडा नम्बर ८ सलकपुरमा रहेको श्री सूर्याेदय आधारभूत विद्यालय २०५६ सालमा स्थापित विद्यालय हो । यस विद्यालयमा कक्षा ५ मा ५ जना, कक्षा ४ मा २ जना, कक्षा ३ मा ५ जना, कक्षा २ मा ७ जना र कक्षा १ मा १२ जना विद्यार्थी रहेका छन् ।

सो विद्यालयमा ३ जना शिक्षक, २ जना बाल विकास शिक्षक र १ जना कार्यालय सहयोगी कार्यरत छन् ।

स्थानीय सरकारसँगै जनप्रतिनिधि आए पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कुनै चासो नदिएको त्यहाँ कार्यरत शिक्षक बताउँछन् । यसरी विद्यालयमा विद्यार्थी घट्दै जानुमा अभिभावकहरूमा निजी विद्यालयप्रति चासो बढ्नु नै मुख्य कारण रहेको पाइन्छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थी अङ्ग्रेजी भाषामा दख्खल हुने भएकाले निजी विद्यालयमा विद्यार्थी पढाउनुपरेको अभिभावक बताउँछन् । सरकारको प्रत्यक्ष लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारको बीजारोपण गर्न जरुरी छ ।

अबका दिनमा स्थानीय सरकारले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरी यी कोपिलाहरूको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्नेसम्बन्धी समाजमा जागरुकता फैलाई सामुदायिक विद्यालय केन्द्रित बालबालिका अभियान नै नचलाए भएका विद्यार्थी उपस्थिति शून्य हुने देखिन्छ ।

आजको दिनमा अन्तर्राष्ट्रिय बाल दिवस मनाउँदा हरेक बुबाआमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ । जीवन एकदमै व्यस्त हुँदै गएको छ । आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिइएको छ कि छैन ? हाम्रा बालबालिका सही दिशातर्फ गइरहेका छन् या छैनन् ? यदि छैनन् भने हामीले आफ्नो व्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पु¥याउन जरुरी छ ।

सन्दर्भः अन्तर्राष्ट्रिय बाल दिवस २०१९

Continue Reading

Facebook Comment

4 Comments

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक