Banner
कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)
धरानः २ साउन २०३९ मा पिता रवीन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको कोखबाट इटहरी–८ सुनसरीमा जन्मिएकी मञ्जु भण्डारीको राजनीति पनि इटहरीबाट नै शुरु भएको थियो ।
जनता मावि इटहरीमा २०५३ सालमा कक्षा ८ मा पढ्दादेखि नै उनी अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटी सदस्य भएकी थिइन् । त्यसपछि सो कमिटीको कोषाध्यक्ष हुँदै अध्यक्षसम्म बनेकी थिइन् । जनता बहुमुखी क्याम्पसमा अध्ययनरत हुँदा २०५६ सालमा सुनसरी २ नं क्षेत्रीय कमिटी सचिव बनेकी थिइन् उनी । त्यसपछि सो र्सगठनको कोशी अञ्चल कमिटी अध्यक्ष हुनुको साथै २ कार्यकाल अनेरास्ववियु केन्द्रीय सदस्य समेत भएकी थिइन् । २०५८ सालमा अनेरास्ववियुको कमिटी निर्माणका क्रममा उनी सैनिकबाट गिरफ्तारीमा समेत परेकी थिइन् ।

पुनः २०६१ सालमा इटहरीबाट सैनिक सुराकीमा गिरफ्तार भई जिल्ला प्रहरी कार्यालयमा थुनामा परिन् । तत्कालीन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन बहिष्कारका क्रममा गिरफ्तारीमा परी १३ दिन सशस्त्र प्रहरी क्याम्प पकली हिरासतमा समेत बसेकी थिइन् ।
गत स्थानीय तहको निर्वाचनमा ३५ वर्षको उमेरमा नै धरानको उपमेयर बन्न सफल भएकी उनी राजनीतिक रूपमा मात्र होइन, सामाजिक अभियन्ताको रूपमा समेत सक्रिय भइन् । मानव अधिकार तथा द्वन्द्व रूपान्तरणमा केही समय काम गर्नुको साथै द्वन्द्व व्यवस्थापनका लागि सञ्चालित बारुदी सुुरुङ प्रतिबन्ध अभियानको जिल्ला संयोजक तथा लैङ्गिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता भई काम गरेकी थिइन् । महिला तथा बालिकाको न्यायमा पहुँच परियोजना अन्तर्गत जिल्ला संयोजक भएर पनि उनले काम गरेकी थिइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगर पालिकाको उपप्रमुखमा २१ हजार २ सय ५६ मत ल्याएर निर्वाचित उनी तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि २०७५ साउनदेखि २०७६ मङ्सिरसम्म कार्यवाहक नगर प्रमुखको रुपमा रहेकी थिइन् ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य, नेकपा एमाले सुनसरी जिल्ला सह इन्चार्ज, अनेम सङ्घ सुनसरी जिल्ला अध्यक्ष एवम् अनेम सङ्घ केन्द्रीय सदस्यमा रही उनले पार्टीगत जिम्मेवारी बहन गरेकी छिन् ।
लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)
पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)
युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login