स्थानीय तह
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
भेडेटारः वि. सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीतिक यात्रा शुरु गरेका जितेन्द्र रुम्दालीले २०५५ सालमा भएको स्ववियु निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका उनले धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट गाउँ कमिटी सचिव निर्वाचित भएका उनी क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय कार्य समिति सचिवमा निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित उनी १४ औं महाधिवेशनमा धनकुटा जिल्लाबाट प्रदेश सभा क को क्षेत्रीय कार्यसमिति सभापतिमा निर्वाचित भएका थिए ।
कोभिड माहामारीको समयमा लेउती खोलामा काम गर्ने मजदुरलाई राहत वितरण गरेका उनले कोभिडको महामारीमा पालिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यस्तै, पालिकाका १० वटै विद्यालयलाई खानेपानी टंकी वितरण गरेका उनले पालिकाका विद्यालयहरुमा शैक्षिक सामग्री पनि प्रदान गरेका थिए ।
ग्रामीण जनता उच्च माविलाई आर्थिक सहयोग गरेका उनले भेडेटारको शंख पार्क निर्माणमा पनि उल्लेख्य सहयोग गरेका थिए ।

२०६४ सालदेखि ६ वर्षसम्म पाथीभरा क्लब भेडेटारको अध्यक्ष भएका उनी नेपाल रेडक्रस सोसाइटी भेडेटारका सचिव हुन् । प्रथम भेडेटार महोत्सव २०६५ का सचिव उनी २०६९ सालमा स्थापना भएको होटल एसोसिएसन भेडेटारको संस्थापक सचिव रहेका थिए । हाल उनी सो संस्थाको अध्यक्षको रुपमा कार्यरत रहेका छन् ।
भिलेज रिसोर्ट, भेडेटारका सञ्चालक उनले आफ्नो प्राथमिकताका क्षेत्रमा सडक, विद्युत र खानेपानी गाउँ टोलमा पुर्याउने तथा युवा स्वरोजगारको अभियान चलाउने व्यक्ति हुन् ।
कृषिमा आधुनिकीकरण गर्ने, नमूना पर्यटकीय गाउँपालिका बनाउने, स्वास्थ्यमा सहुलियत प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिने उनका भावी योजना छन् ।
अस्पतालमा २४ सै घन्टा आपतकालीन सेवा प्रवाह गर्ने, वडा स्तरीय मन्टेश्वरी माध्यमको बालशिक्षा केन्द्र स्थापना गर्ने र दलित तथा एकल महिलाको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले योजना बनाएका छन् ।
त्यस्तै, शाखारहित बैंकको सेवा वडास्तरसम्म बिस्तार गर्ने, महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी उद्यमशील बनाउने, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई घरमै मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने, कृषि उत्पादनको बजारीकरणमा पालिकाले व्यवस्थापन गर्ने र कृषि तथा पशु बीमाको व्यवस्था गर्ने योजना पनि उनले अघि सारेका छन् ।
अघिल्लो पटक पनि गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिएका उनी थोरै मतान्तरले पराजित भएका थिए । सो निर्वाचनमा नेकपा एमालेका कुमारजंग याख्खा विजयी भएका थिए । यसपटक पनि उनै याख्खासँग उनी चुनावी मैदानमा होमिएका छन् । अघिल्लो पटक याख्खासँग पराजित उनी यसपटक याख्खालाई पराजित गर्ने गरी चुनावी मैदानमा खडा भएको बताउँछन् ।
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Facebook Comment
Banner
कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय
काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login