Connect with us
Advertisement

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Published

on

धनकुटाः दीपक बुढाथोकी धनकुटाको राजनीतिक र सामाजिक वृत्तमा परिचित नाम हो । प्रजातन्त्र पुनस्र्थापनापछि भएको पहिलो निर्वाचनमा बुढाथोकीले २५ वर्षको उमेरमा तत्कालीन चानुवा गाउँ विकास समितिको नेतृत्व सम्हाले । २०४९ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बहुमतका साथ उनी विजयी भए ।

युवा अवस्थामै गाविसको अध्यक्ष पदमा निर्वाचित उनको जोश र आँटका कारण पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न भयो । उनको काम गर्ने शैली र गाउँवासीमा भिज्न सक्ने खुबी देखेर पार्टीले दोस्रो कार्यकालका लागि पनि सोही पदमा टिकट दियो । वि. सं. २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि उनले जीत हात पारे ।

दोस्रो कार्यकालको समयमा माओवादीको जनयुद्ध काल भएकाले कार्यकालको अन्तिम समयतिर केही अप्ठ्यारा आए पनि त्यसलाई उनले सहजै पन्छाउन सफल भए । माओवादी द्वन्द्वमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरण गरे पनि उनको केही खोट नदेखेपछि सम्मानजनक रूपमा घर फर्काइदिएको थियो ।

उनै बुढाथोकी अहिले नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका प्रत्यासी छन् । २ कार्यकाल गाविस अध्यक्ष भएर चलाएको चानुवा अहिले महालक्ष्मी नगरपालिकाको वडा नम्बर ४ कायम भएको छ । तत्कालीन चानुवा, डाडागाउँ, मारेककटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्व आफ्नो हातमा लिन उनी आतुर छन् ।

२ कार्यकाल जनप्रतिनिधि भएर बिताइसकेपछि पनि उनी चानुवामा मात्रै होइन जिल्लाभर नै सामाजिक काममा सक्रिय भए । फलस्वरुप नेकपा एमालेमा मात्रै होइन अन्य पार्टीमा पनि राम्रो सम्बन्ध स्थापित गर्न उनी सफल भए । गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान् व्यक्तिका रूपमा परिचित छन् ।

गत स्थानीय तह निर्वाचनमा महालक्ष्मीसहित धनकुटाका सातै पालिकामा नेकपा एमालेले जितेको थियो ।

बुढाथोकीसँग सत्तारुढ गठबन्धनका उम्मेद्वार एवं महालक्ष्मी नगरपालिकाको वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष ध्रुव रायमाझी नेपाली कांग्रेसबाट चुनावी प्रतिष्पर्धामा छन् ।

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा सङ्गठनको नेतृत्व सम्हालेदेखि नै उनी जिल्ला तहका नेताहरूको आँखामा परेका थिए । एमालेको विरासतलाई कायम राख्दै ठूलो क्षेत्रफल ओगटेको महालक्ष्मीको विकास गर्ने सपनालाई साकार पार्न उद्यत रहेको उनी बताउँछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक