स्थानीय तह
लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)
इटहरीः बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकामा लोकतान्त्रिक गठबन्धनका नाममा सत्तारुढ दलबीच गठबन्धन भएको छ । जिल्लाकै सबैभन्दा बढी मतदाता भएको इटहरीमा १६ जनाले नगर प्रमुख पदमा र ७ जनाले नगर उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विद्यार्थी राजनीतिबाट आएका प्रखर वक्ता र असल समाजसेवीसमेत रहेका पौडेल इटहरीकै जनता बहुमुखी क्याम्पसले उत्पादन गरेका राजनीतिज्ञ हुन् । २०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति भएका थिए ।

नेपाल विद्यार्थी संघको राजनीति गर्दै गर्दा उनी स्ववियु सभापतिमा निर्वाचित भएका थिए । लामो समयसम्म नेकपा एमाले निकट अनेरास्ववियुको गढ मानिएको जनता बहुमुखी क्याम्पसमा उनको विजयले सो गढ तोडिएको थियो । त्यसपछि पार्टी राजनीतिमा लागेका पौडेल तरुण दलको जिल्ला सचिव हुँदै पार्टी राजनीतिमा लागेका थिए । उनी हाल तेस्रो कार्यकालका लागि नेपाली कांग्रेसको इटहरी उपमहानगर समितिको सभापति रहेका छन् ।
नेपाली कांग्रेसको १२ औं अधिवेशनमा सर्वसम्मत नगर सभापति भएका पौडेल १३ औं र १४ औं अधिवेशनमा निर्वाचनकै माध्यमबाट नगर सभापतिमा चुनिएका थिए ।
नेकपा एमालेमै पार्टी आस्था राख्नेहरुलाई पनि नेतृत्व परिवर्तन गर्न एक पटक लोकतान्त्रिक गठबन्धनलाई जिताउन पौडेलको अनुरोध छ ।
पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)
युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login