Connect with us
Advertisement

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

Published

on

धरानः बैशाख ३० गते हुने स्थानीय तहको गइरहेको निर्वाचनमा चार दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रविक्रम बेघा धरानको राजनीतिमा क्रियाशील र विकासका मुद्दामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । जनयुद्धमा भूमिगत जीवन बिताएका बेघा यस पटकको चुनावमा धरान उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार छन् । २०७४ सालको चुनावमा धरानको मेयरमा उम्मेद्वारी दिँदा उनले ११ हजारभन्दा बढी मत पाएका थिए ।

कुनै पद, प्रलोभन र अवसरवादबाट टाढा रहेका उनी स्व. प्रेमप्रसाद बेघा तथा आमा रुपकुमारी बेघा साम्सुहाङका छोरा हुन् । उनको जन्म २०३९ साल असार २७ गते ताप्लेजुङमा भएको थियो । धरानको वडा नम्बर १९ का बासिन्दा उनको प्रारम्भिक शिक्षा झापाबाट शुरु भएको थियो । उच्च शिक्षाको लागि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाई शुरु गरेका उनी त्यहीँ माओवादीमा आबद्ध हुँदै राजनीतिक जीवन शुरु गरेका थिए । पार्टीको पूर्णकालीन क्याडरका रुपमा रहेर उनी भूमिगत आन्दोलनमा सामेल भएका थिए ।

२०६० साल भदौ १५ गते पाँचथरको फिदिममा पक्राउ परेका उनले नेपाली सेनाको यातना ११ महिनासम्म खेपेका थिए । सेनाले आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर सैनिक व्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिनापछि सेनाले उनलाई सार्वजनिक गरेपछि उनी कारागार चलान भए । जनआन्दोलनपछि ०६३ जेठ १२ गते मात्रै बेघा रिहा भए ।

उनले एरिया सदस्य हुँदै जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी, एरिया कमिटी, प्रदेश कमिटीको जिम्मेवारी पूरा गरे । विद्यार्थी राजनीतिमा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी पनि उनले पूरा गरे । पछि उनी संघीय मामिला संविधान सभा तथा संस्कृति मन्त्रीको स्वकीय सचिव पनि भए ।

पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने मागसहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गरेका थिए । धरानमा सुकुम्बासी समस्याको मुद्दा बारम्बार उठाइरहने नेता हुन् उनी । धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रुपमा परिचित उनी यसपटक धरान उपमहानगरपालिकाको उपमेयर पदका प्रत्यासी रहेका छन् ।

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

Published

on

आज २०८३ साल वैशाख २३ गते बुधबार । जेठ कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

 

मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।

वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।

कर्कट : आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। शत्रु बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।

कन्या : राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

विश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा सम:या आइपर्न सक्छ।

मकर : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा सम:या हुँदा स्वास्थ्यमा सम:या हुनेछ।

Continue Reading

Banner

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Published

on

गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।

दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।

अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।

Continue Reading

Banner

विश्व प्रेस स्वतन्त्रता दिवसमा इन्द्रपुर जेसीजद्वारा सञ्चारकर्मी सम्मान

Published

on

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको छ।

जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, संस्थाका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले ९ जना सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो।

सम्मानित हुनेहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्छदार (जनचर्चा टाइम्स), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र ज्ञाननाथ ढकाल (निष्पक्ष खबर) रहेका छन्।

पत्रकारितामार्फत सूचना प्रवाह, जनचेतना विस्तार तथा लोकतान्त्रिक मूल्य स्थापनामा योगदान पुर्‍याएको कदर गर्दै संस्थाले आफ्नो २५औँ वर्षगाँठको सन्दर्भमा सञ्चारकर्मीलाई सम्मान गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

प्रमुख अतिथि खड्काले सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो पहलको प्रशंसा गर्नुभयो।

कार्यक्रममा सम्मानित सञ्चारकर्मीका तर्फबाट मन्तव्य राख्दै शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीले वर्तमान सरकार प्रेसमैत्री नभएको आरोप लगाउनुभयो। निजी सञ्चार माध्यमप्रति सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको संकेत मिलेको उहाँको भनाइ थियो।

उक्त कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक