Banner
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
बालबालिकालाई स्थानीय परिवेश तथा घरपरिवारको रहनसहन र बोलीचालीले प्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । परिवारमा सबैभन्दा नजिकको साथी भनेको आमा हो । आमाको काखमा हुँदा वा ढाडमा बस्दा आमाको बोलीलाई टपक्कै टिप्न सिपालु आयुष बिष्ट राम्रो गायन क्षमता भएका प्रतिभा हुन् । आयुषकी आमा गायिका हुन् ।

त्यही भएर सानै उमेरमा आयुषले अप्रत्यक्ष रुपमा नजानिँदो तरिकाले गीतलाई तोते बोलीमा खेलाउन सिकेछन् त्यो आमालाई थाहै भएन । ‘बाबुलाई बोक्दा वा ऊ रुँदा उसलाई फुल्याउन म गीतका धुनहरु सुनाउँथे । बाबु एक्लै खेलिरहेको हुन्थ्यो । म आफ्नै काम गर्दै धुन गुनगुनाइरहेकी (लोरी गाइरहेकी) हुन्थेँ,’ उनकी आमा यमुना पराजुली भन्छिन्, ‘त्यसको केही दिन पछि त्यही लयमा उसले एकान्तमा भएको बेला गुनगुनाउने गरेको देखेर हामी सबै छक्क परेका थियौँ । त्यहीबाट बाबुमा क्षमता रहेछ भन्ने लाग्यो । त्यतिबेला उनको उमेर ५ वर्षको थियो ।

त्यसपछि हामीले विद्यालयको पढाइलाई प्राथमिकता दिँदै गायन क्षेत्रलाई पनि समात्दै लैजाने सल्लाह दियौँ । विद्यालयमा पनि गायन प्रतियोगिता हुन थाल्यो । त्यहाँ पनि राम्रो प्रस्तुति हुँदै गयो ।’ आयुषमा गायकमा हुनुपर्ने एउटा जादु रहेको छ । उनी जस्तोसुकै गीतको ताललाई छाड्दैनन् । उनको तालमा पकड राम्रो छ । प्रायः नारायण गोपाल, भक्तराज आचार्य र फत्तेमानका गीतहरु गाउन रुचाउँछन् । आधुनिक गीतमध्ये सबैभन्दा बढी नारायण गोपालको गीत नै रोज्छन् ।
अहिले आयुष सुकुना माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दैछन् । २०६३ सालमा जन्मिएका उनी विभिन्न प्रतियोगितामा समेत सामेल भइसकेका छन् । यस्तै, उनले आफ्नै आवाजमा गजल पनि रेकर्ड गराइसकेका छन् । ‘समयले चोट दियो...’ बोलको गजलमा उनले स्वर दिएका छन् । सो गजलको रचना सञ्चारकर्मी वेदराज पौडेलले गरेका हुन् भने संगीत प्राज्ञ राम धामीले भरेका छन् । सिद्धार्थ आइडलमा प्रथम स्थान हात पारेपछि उनको यात्रा थप लम्कँदै जान थाल्यो । त्यसपछि प्रथम सुन्दरहरैंचा आइडलमा भाग लिए । त्यहाँ उनले तेस्रो स्थान हात पारे । त्यसपछि मोरङ र सुनसरीका विभिन्न महोत्सवमा समेत उनलाई स्टेजको अफर आउन थाल्यो । तर पढाइ पनि सँगै लैजानुपर्ने भएकाले उनी सबै कार्यक्रममा सहभागी भएनन् ।
अहिले राम्रो गायक बन्ने सपना बुनेर उनी लम्किरहेका छन् यसका लागि आरोहण संगीत विद्यालयमा जान थालेका छन् । शास्त्रीय गुरु भोला राई उनको प्रतिभामा निखारपन ल्याउन अहिले लागिपरेका छन् । आयुष राम्रो मान्छे बनेर समाज र देशलाई चिनाउन लाग्ने बताउँछन् ।
याे पनि पढ्नुहाेला
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६) - निष्पक्षखबर
Pingback: अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७) - निष्पक्षख
Pingback: स्कलर्स होमकी गहना एलिसा याख्खा - निष्पक्षखबर