खेलकुद
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
धेरैले ज्याब्लिङ थ्रो खेल त्यत्ति खेलेको पाइँदैन । तर सुन्दरहरैंचाको वडा नम्बर ५ का देवान तामाङ भने ज्याब्लिङ खेलका अब्बल खेलाडी हुन् । उनी सानै उमेरदेखि ज्याब्लिङमा उत्कृष्ट हुँदै आएका छन् ।
देवान तामाङको नाम सुन्नेबित्तिकै ज्याब्लिङ थ्रो का अन्य प्रतियोगीको मनमा चिसो पस्छ । आफू पहिलो हुन नपाइने भयो भनेर उनीहरुमा मनोवैज्ञानिक त्रास छोड्न सफल हुने देवान पूर्वाञ्चल एकेडेमीका विद्यार्थी हुन् । उनी सानैदेखि ज्याब्लिङ थ्रो मा उत्कृष्ट हुँदै आएका छन् । कक्षा ७ देखि प्रतियोगितामा भाग ंलिन थालेका देवान ज्याब्लिङमा प्रायः सबै खालका प्रतिष्पर्धामा पहिलो हुँदै आएका छन् । उनी सधैँ विद्यालयको ‘स्पोर्टस् मिट’ पहिलो हुने गरेका छन् । उनी नगरस्तरीय प्याब्सन स्पोट्र्स मिटमा मात्रै होइन जिल्लास्तरीय राष्ट्रपति शिल्डमा पनि पहिलो हुनुका साथै प्रदेश स्तरीय प्रतियोगितामा पनि पहिलो भएका छन् ।

४५ मिटर परसम्म ज्याब्लिङ हान्न सक्ने उनी ज्याब्लिङको जुनियर राष्ट्रिय प्रतियोगितामा दोस्रो हुन सफल भएका थिए । विद्यालयका खेल शिक्षक रामवीर तामाङको सहयोगमा उनी यो विधामा अब्बल हुन सफल भएका हुन् ।
ज्याब्लिङमा मात्रै होइन दौडमा पनि उनी राम्रो प्रतिभा भएका विद्यार्थी हुन् । लामो दूरीको दौड मात्रै होइन २ सय मिटर र ४ सय मिटरको दौडमा पनि उनी अब्बल छन् । भविष्यमा सैनिक बनेर देशको सेवा गर्ने उद्देश्य राखेका देवान खेलको माध्यमबाट नै आफू अघि बढ्ने र सफल हुने बताउँछन् ।
उनी अध्ययनरत विद्यालयका प्रधानाध्यपक दिपेन राई पनि उनको उच्च शिक्षा राम्रो ठाउँमा होस् र उनको सपना पूरा होस् भन्ने इच्छा रहेको बताउँछन् । त्यसको लागि आफू र विद्यालयले पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचारहरुः
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो - निष्पक्षखबर
Pingback: आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५) - निष्पक्षखबर
Pingback: स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६) - निष्पक्षखबर
Pingback: स्कलर्स होमकी गहना एलिसा याख्खा (बाल दिवस विशेष १३) - निष्पक्षखबर