Connect with us
Advertisement

मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)

Published

on

समाजमा यस्ता प्रतिभा पनि भेटिन्छन् जसमा हुने विरूवाको चिल्लो पात भनेजस्तै सानैदेखि प्रतिभाको खानी रहेको पाइन्छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेकी खुस्बु घिमिरेमा टुकुटुकु हिँड्ने बेलादेखि फरक प्रतिभा देखिन थालेको थियोे । खुस्बु कलिलै उमेरमा गाउँघरमा पूजा हुँदा नाच्न पाइन्छ भनेर उतै हराउँथिन् । उनको ध्यान नाच्नमै जान्थ्यो ।

‘छोरी तिहारमा देउसीभैले आउँदा रातभरि नसुती नाच्न मन गर्ने,’ उनकी आमा कमला भन्छिन्, ‘हामीलाई छलेर नाच भएतिर जाने अनि उसको बाबाले खोजेर ल्याउने गर्नुहुन्थ्यो ।’

उमेर बढेसँगै प्रतिभा पनि उर्लँदै गयो । विद्यालय जान सक्ने उमेर भएपछि गाउँमै रहेको बालप्रतिभा बोर्डिङ स्कुल खोर्सानेमा उनलाई कखरा सिकाउन शुरु गरियो । उनी साथीहरूसँग घुलमिल भइन् । विद्यार्थीलाई नाच्न, गाउन, खेलाउन लगाउने गरेको देखेर उनी लोभिइन् । केही दिनपछि सरस्वती पूजाको अवसरमा विद्यालयमा कार्यक्रम आयोजना भयो ।  नृत्य, सङ्गीत आदिमा भाग लिनेको नाम टिप्ने क्रममा खुस्बुको पनि नाम लेखियो । उनले नृत्य प्रस्तुत गरिन् त्यो नृत्यले सबैलाई चकित मात्र पारिनन् विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहालले स्कुलमा लाग्ने शुल्क नलिने बताए र उनको कला क्षेत्रमा भरपुर सहयोग गर्ने उद्घोष गरे । दाहालका अनुसार उनले कक्षा १ देखि १० सम्म सो स्कुलमा अध्ययन गर्दा कुनै कक्षामा पनि मासिक शुल्क विद्यालयले लिएन ।

पछि उनी विराटकला समूहमा नृत्य सिक्न थालिन् । त्यहाँ नृत्य प्रशिक्षक राजु बस्नेत र सन्तोष मगरले उनीभित्र रहेको कलामा निखार ल्याउन सहयोग गरे । हरेक वर्ष माघ १ गते विराटचोकको काली मन्दिरमा मेलामा हजारौं दर्शकमाझ उनले आफ्नो प्रस्तुति दिइन् ।

पछि झापा, मोरङ र सुनसरीमा लाग्ने मेलामा दर्जनौ स्टेज सोमा भाग लिने अवसर पाइन् । त्यहाँ राम्रो प्रस्तुति गरेपछि उनको यात्रा नृत्य प्रतियोगितातर्फ मोडियो ।

उनले विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार जित्दै गइन् । दार्जिलिङमा भएको बागवानी डान्स कम्पिटिसनमा उत्कृष्ट १० मा पर्न सफल भइन् । लिटल च्याम्प २०७३ मा उनी पहिलो भइन् । सुनसरीमा भएको प्रतिभाको आँगन प्रतियोगितामा उनी दोस्रो भइन् ।

पूर्वाञ्चल डान्स सुपर स्टारमा पनि दोस्रो भएकी उनी प्रदेश १ हिपहप डान्समा च्याम्पियन भइन् भने एलएभडी स्कुल च्याम्पमा फाइनलसम्म पुगिन् । तेह्रथुममा भएको प्रथम लालीगुराँस डान्स आइडलमा पनि उनी सहभागी भइन् ।

उनले भारतीय टेलिभिजन रियालिटी सो ‘बुगीबुगी’ मा पनि भाग लिन खोजेकी थिइन् तर सानै उमेर भएकाले त्यहाँ भाग लिन पाइनन् । नाचेर सबैलाई मोहित पार्ने कला भएकी उनको पढाइ बिग्रने हो कि भनेर नाच्ने बानी हटोस् भनेर अभिभावकले काठमाडौंमा पढाउन पनि खोजेका थिए ।

‘२÷३ कक्षामा हुँदा मैले उसको नाच्ने बानी हटाउन काठमाडौंको विद्यालयमा भर्ना गरिदिएँ’, उनकी आमा कमला भन्छिन्, ‘त्यहाँ पनि नाच्न अब्बल भइन् । त्यहाँ पनि विभिन्न प्रतियोगितामा भाग लिन पुगिन् त्यसपछि फेरि घर नै ल्याएर यहीँ पढाउन थालेको आमा बताउँछिन् ।
उनको बुबाको सवारी दुर्घटनामा परेर २०७२ सालमा निधन भयो । सबैभन्दा धेरै सहयोग गर्ने विभिन्न ठाउँ लैजाने र ल्याउने मान्छेको अभाव खड्कियो त्यसपछि भने बाबुले गर्ने गरेको सहयोग आमाले गरेर उनलाई बाबुको माया पनि दिइन् । नाच सिकाउने सरहरूको माया र उहाँहरूले भने अनुसार समय व्यवस्थापन गरेको खुस्बुकी आमा कमला बताउँछिन् ।

‘उमेर मेरो पुगिसक्यो छैन अब सानी…’ बोलको गीत बाट शुरू भएको उनको यात्रा अहिलेसम्म रोकिएको छैन । खुस्बु भन्छिन्, ‘मोडलिङ र राम्रो डान्सर हुने सपना छ ।’ लोक, झ्याउरे, हिपप र हिन्दी गीतमा नाच्न उनी खप्पिस छिन् । यो उमेरमा नगरमा सबैभन्दा धेरै ट्रफि ल्याउने एक मात्र उनी हुन् ।

आज राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक