Connect with us
Advertisement

उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)

Published

on

सिद्धार्थ  स्कुल खोर्सानेमा कलिला हातले पेन्सिल समात्ने र अक्षर कोर्ने अथवा चिन्ने बेलादेखि चित्र बनाउन थालेकी अञ्जना राई अहिले एसईई दिएर कक्षा ११ मा पढ्ने तयारीमा छिन् । रंङसँग साइनो जोड्न कक्षा १ देखि नै चित्रकार भीम अधिकारीले अञ्जनालाई ‘गाइडलाइन दिएपछि उनी अहिले राम्राराम्रा अकृति बनाउन सक्ने भएकी छिन् ।

२०६० सालमा जन्मिएकी उनको सोख भनेको उत्कृष्ट चित्रकार बन्ने रहेको छ । आमा, बुबा, विद्यालयका प्रिन्सिपल, शिक्षक, किसानले खेतबारीमा काम गर्दै गरेको तस्बीर, मठ मन्दिर, विभिन्न चाडपर्वहरूको तस्बीर बनाउन अञ्जना खप्पिस छिन् ।  ‘मलाई भीम सरले हरेक तस्बीर बनाएबापत कहिले इरेजर, कहिले पेन्सिल दिनुहुन्थ्यो । हरेक तस्बीरमा गुड, भेरी गुड, एक्सिलेन्ट दिनुहुन्थ्यो,’ अञ्जना भन्छिन्, ‘त्यतिबेला म सानै थिएँ त्यसैमा लोभिएर झन् धेरै पुरस्कारको अपेक्षाले मिहिनेतलाई पुरस्कारसँग जोड्न थालेँ । त्यसकै प्रतिफल होला अहिलेसम्म चित्र रङ्गाउन छोडेको छैन ।

मैले शुरुमा छाना भएको घर बनाउन सिकेको हो । पुरानो घर अनि खरको छाना भएको तस्बिरमा रङ भर्दाभर्दै सरले पेन्सिलले स्केच बनाउन सिकाउनु भयो । मलाई सरले चित्र बनाउँदा सयमा सय नै माक्र्स दिँदाको त्यो खुशी अहिलेसम्म जीवनमा सबैभन्दा धेरै लाग्छ । त्यो दिन अहिलेजस्तो लाग्छ ।’ सानो उमेरमा स्कुलका साथीसँग प्रतिस्पर्धा गर्ने अञ्जना १० कक्षामा पुगेपछि नगरपालिकास्तरीय प्रतियोगितामा भाग लिएर दोस्रो स्थान हात पार्न सफल भइन् । उनले पहिलो प्रतियोगितामा किसानले वर्षायाममा असारको बेला खेतबारीमा काम गर्दै गरेको विषयवस्तुको आधारमा चित्र कोरेकी थिइन् ।

यस्तै जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पथरी पुगेकी अञ्जनालाई नयाँ क्षेत्रको तस्बिर बनाउनुपर्यो । त्यो अलि कठिन लागेको उनी बताउँछिन् । उनी त्यो प्रतियोगिताबाट पनि छानिएपछि प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन इन्द्रपुर जेसीज भवन विराटचोकमा पुगिन् । त्यहाँ भने उनलाई नेपालको संस्कृतिका बारेमा चित्र कोर्न लगाइएको थियो । त्यहाँ उनी प्रथम भइन् । यसले उनी चित्रकलामा अघि बढ्ने एउटा राम्रो मौका पाइन् ।  ‘मेरो इच्छा भनेको ललितकला केन्द्रमा आर्ट पढ्ने थियो तर कोरोनाले गर्दा त्यहाँ जान नपाएकोले दुःख लागेको छ,’ उनी भन्छिन्, ‘मेरो इच्छा राम्रो आर्टिक्स बन्ने हो । मलाई घरमा आमाले धेरै सपोर्ट गर्नुहुन्छ । विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत सरले पनि मलाई आर्ट नै पढ्नुपर्छ भन्नुभएको थियो ।’

अञ्जनाजस्ता प्रतिभा भएका व्यक्ति समाजमा कमै मात्रामा पाइन्छन् । यस्ता कला भएका बालबालिकाहरूलाई उनीहरूको रुचि अनुसार पढ्न पाउने वातावरण दिनुपर्ने हुन्छ ।

याे पनि पढ्नुहाेस्

मोडलिङ र नृत्यमा आफ्ने भविष्य देखेकी खुस्बु

ज्याब्लिङ थ्रोका अब्बल देवान

जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग

 

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक