Connect with us
Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)

Published

on

अन्तर्राष्ट्रिय स्तरमा नेपालले क्रिकेटमा आफ्नो बलियो उपस्थिति जनाउन थालेको छ । हालै जिम्बाबेमा भएको विश्वकप छनोटमा सातौँ भएको नेपाल सन् २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ । अहिले समाजमा युवाहरुको क्रिकेटप्रतिको लगाव ह्वात्तै बढेको छ । विद्यालयमा हुने खेलकुदमा पनि यो खेललाई प्राथमिकताका साथ खेलाउने गरिएको छ ।  सुन्दरहरैंचाका क्रिकेटर सुमन सुन्दासले सानै उमेरमा अन्तराष्ट्रिय खेलमा भाग लिई नगरको नामलाई उचाइमा पुर्याउन सफल भएका छन् । इन्द्रपुर नमुना इङ्लिस स्कुलमा पढ्दै गरेका उनको क्रिकेटप्रतिको मोह यसरी शुरु भएको रहेछ । ‘हाम्रो घर छेउमा प्रमेन्द्र केसी दादाहरु खेल्नुहुन्थ्यो । अनि म उहाँहरुले खेलेको हेर्थेँ,’ उनी सम्झन्छन्, ‘त्यो मेरो हेराइ अरुभन्दा फरक रहेछ । अनि दादाले मलाई उहाँको साथी जस्तै खेल्न बोलाउनुहुन्थ्यो । मैले खेल कसरी खेलिन्छ भन्ने सिक्दै गएँ । दादाहरुको कतै प्रतियोगिता हुँदा सँगै हेर्न जान्थेँ ।

पछिपछि उमेर सानो भए पनि प्रमेन्द्र दादाले मेरो खेल राम्रो मान्नुभएको रहेछ । त्यसपछि जहिल्यै प्राक्टिस गर्न थाल्यौँ । तर घरबाट भने पढाइ बिग्रन्छ भनेर खेल्न जान नदिनेसम्म गर्नुभयो । अनि दादा मेरो घरमा आएर ममी बाबालाई खेलमा भविष्य राम्रो छ, देशमा राम्रो नाम लेखाउन सक्छन् भन्दै सम्झाउनबुझाउन थाल्नुभयो । बिस्तारैबिस्तारै घरबाट पनि सपोर्ट गर्न थाल्नुभयो अहिले त धेरै सपोर्ट गर्नुहुन्छ ।’ कहिले ब्याट, कहिले बलसँगै उनको खेल अगाडि बढिरहयो ।

कक्षा ८ मा पढ्दा उनी काठ्माडौंको नेक्सस एकेडेमीमा आबद्ध भए । नेक्सस एकेडेमीमा ९ महिना तालीम गरेपछि उनी क्रिकेट खेल्नकै लागि १६ वर्ष मुनिको टोलीबाट श्रीलंका गए । त्यहाँ ५ वटा म्याच खेलेकोमा उनको टोलीले ४ वटा म्याच जित्यो । उनी उक्त खेलमा म्यान अफ द म्याच बने । यस्तै उनी नेपालमा अन्डर १६ सान कपमा दोस्रो भए । नेक्सस एकेडेमीको उत्कृष्ट विकेट टेकर बने । त्यस्तै प्रदेश क्वाटर फाइनलमा म्यान अफ द म्याच बने ।

सुमन अहिले क्रिकेटमा आफ्नो भविश्य सम्झेर दिनरात लागि परेका छन् । यस क्षेत्रमा क्रिकेट खेल्ने ठाउँ भने कतै नभएर आफ्नो सपना पानीको फोकाजस्तै बिलाउने त होइन भनी उनी चिन्तित छन् । कुनै लक्ष्यमा पुग्न त्यस प्रतिको लगाव, मिहिनेतसँगै ठाउँको पनि महत्वपूर्ण भूमिका रहन्छ । ‘हामीले खेल्ने भनेको घर छेउको बाटो हो । त्यहाँ जतिबेलै गाडी र मान्छे हिँड्ने भएकाले कहिल्यै राम्रो खेल्न पाइँदैन’, उनी भन्छन्, ‘हाम्रो वरपर कुनै खेल्ने ठाउँ छैन । यदि भइदिए म र मेरो ठाउँलाई चिनाउन थप सहयोग पुग्ने थियो । मेरो लक्ष्य भनेको पनि राम्रो क्रिकेटर बन्नु नै हो । मलाई यो ठाउँसम्म ल्याउन सबैभन्दा ठूलो देन दादाको रहेको छ ।’

सम्बन्धित समाचार

स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)

आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)

उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)

ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)

 

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक