खेलकुद
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
अन्तर्राष्ट्रिय स्तरमा नेपालले क्रिकेटमा आफ्नो बलियो उपस्थिति जनाउन थालेको छ । हालै जिम्बाबेमा भएको विश्वकप छनोटमा सातौँ भएको नेपाल सन् २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ । अहिले समाजमा युवाहरुको क्रिकेटप्रतिको लगाव ह्वात्तै बढेको छ । विद्यालयमा हुने खेलकुदमा पनि यो खेललाई प्राथमिकताका साथ खेलाउने गरिएको छ । सुन्दरहरैंचाका क्रिकेटर सुमन सुन्दासले सानै उमेरमा अन्तराष्ट्रिय खेलमा भाग लिई नगरको नामलाई उचाइमा पुर्याउन सफल भएका छन् । इन्द्रपुर नमुना इङ्लिस स्कुलमा पढ्दै गरेका उनको क्रिकेटप्रतिको मोह यसरी शुरु भएको रहेछ । ‘हाम्रो घर छेउमा प्रमेन्द्र केसी दादाहरु खेल्नुहुन्थ्यो । अनि म उहाँहरुले खेलेको हेर्थेँ,’ उनी सम्झन्छन्, ‘त्यो मेरो हेराइ अरुभन्दा फरक रहेछ । अनि दादाले मलाई उहाँको साथी जस्तै खेल्न बोलाउनुहुन्थ्यो । मैले खेल कसरी खेलिन्छ भन्ने सिक्दै गएँ । दादाहरुको कतै प्रतियोगिता हुँदा सँगै हेर्न जान्थेँ ।

पछिपछि उमेर सानो भए पनि प्रमेन्द्र दादाले मेरो खेल राम्रो मान्नुभएको रहेछ । त्यसपछि जहिल्यै प्राक्टिस गर्न थाल्यौँ । तर घरबाट भने पढाइ बिग्रन्छ भनेर खेल्न जान नदिनेसम्म गर्नुभयो । अनि दादा मेरो घरमा आएर ममी बाबालाई खेलमा भविष्य राम्रो छ, देशमा राम्रो नाम लेखाउन सक्छन् भन्दै सम्झाउनबुझाउन थाल्नुभयो । बिस्तारैबिस्तारै घरबाट पनि सपोर्ट गर्न थाल्नुभयो अहिले त धेरै सपोर्ट गर्नुहुन्छ ।’ कहिले ब्याट, कहिले बलसँगै उनको खेल अगाडि बढिरहयो ।
कक्षा ८ मा पढ्दा उनी काठ्माडौंको नेक्सस एकेडेमीमा आबद्ध भए । नेक्सस एकेडेमीमा ९ महिना तालीम गरेपछि उनी क्रिकेट खेल्नकै लागि १६ वर्ष मुनिको टोलीबाट श्रीलंका गए । त्यहाँ ५ वटा म्याच खेलेकोमा उनको टोलीले ४ वटा म्याच जित्यो । उनी उक्त खेलमा म्यान अफ द म्याच बने । यस्तै उनी नेपालमा अन्डर १६ सान कपमा दोस्रो भए । नेक्सस एकेडेमीको उत्कृष्ट विकेट टेकर बने । त्यस्तै प्रदेश क्वाटर फाइनलमा म्यान अफ द म्याच बने ।

सुमन अहिले क्रिकेटमा आफ्नो भविश्य सम्झेर दिनरात लागि परेका छन् । यस क्षेत्रमा क्रिकेट खेल्ने ठाउँ भने कतै नभएर आफ्नो सपना पानीको फोकाजस्तै बिलाउने त होइन भनी उनी चिन्तित छन् । कुनै लक्ष्यमा पुग्न त्यस प्रतिको लगाव, मिहिनेतसँगै ठाउँको पनि महत्वपूर्ण भूमिका रहन्छ । ‘हामीले खेल्ने भनेको घर छेउको बाटो हो । त्यहाँ जतिबेलै गाडी र मान्छे हिँड्ने भएकाले कहिल्यै राम्रो खेल्न पाइँदैन’, उनी भन्छन्, ‘हाम्रो वरपर कुनै खेल्ने ठाउँ छैन । यदि भइदिए म र मेरो ठाउँलाई चिनाउन थप सहयोग पुग्ने थियो । मेरो लक्ष्य भनेको पनि राम्रो क्रिकेटर बन्नु नै हो । मलाई यो ठाउँसम्म ल्याउन सबैभन्दा ठूलो देन दादाको रहेको छ ।’
सम्बन्धित समाचार
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८) - निष्पक्षखबर
Pingback: दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९) - निष्पक्षखबर
Pingback: क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०) - निष्पक्षखबर