कला / साहित्य
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
स्थानीय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाइरहँदा सहभागीको ध्यान बढी आकर्षित हुन्छ । यसले व्यक्तिमा प्रतिभाको निखारपन ल्याउन पनि सहयोग गर्छ ।
यसरी नै विभिन्न प्रतियोगितामा सहभागी हुँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गर्दै सबै माझ मौलाइरहेका प्रतिभा हुन् स्वरुप खतिवडा । सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुल सुन्दरहरैंचामा अध्ययनरत उनको प्रतिभा प्रस्फुटन गराउनमा पनि विभिन्न प्रतियोगिता तथा विद्यालय, घर र परिवारको महत्वपूर्ण भूमिका रहेको छ ।

भदौ ३ गते आफ्नो १५औँ जन्मदिन मनाएका खतिवडाको प्रतिभालाई प्रस्फुटन गराउन सहयोग गरे सुन्दरहरैंचाको स्कलर्स होमका शिक्षक कमल सिलवालले । उनलाई गीत गाउन प्रेरणा दिने सिलवाल सर काठमाडौंमा छन् । खतिवडा पनि अहिले सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेमा अध्ययनरत छन् । उनलाई त्यहाँ शिक्षक जेबी थुलुङले हौसला दिनुको साथै आवश्यक सहयोग गरिरहेका छन् । ‘मलाई जेबी सरले सबै प्रतियोगितामा भाग लिन लगाउनुहुन्छ । मलाई अघि बढाउनमा उहाँको ९५ प्रतिशत योगदान छ ।’

स्कलर्स होममा उनले प्यारेन्ट्स डेमा गीत गाएका थिए । त्यसलगत्तै विराटचोकमा भएको एक कार्यक्रममा ‘फर्की आऊ शान्ति तिमी…’ बोलको गीत गाएका थिए । त्यो गीतमा राम्रो प्रस्तुति दिएपछि उनको प्रतिभाको कदर हुन थाल्यो ।
रियल स्कुल अफ नेपालले आयोजना गरेको ‘थ्री मिनेट्स अफ फेम’ प्रतियोगितामा उनी फस्ट रनर अप भए । सो प्रतियोगितामा ३ मिनेटभित्रमा आफ्नो कुनै पनि प्रतिभा प्रस्तुत गर्नुपथ्र्याे । त्यस्तै, विराटनगरमा भएको को बन्छ स्टार प्रतियोगितामा उनी तेस्रो भए । विराटनगरमा भएको एसबीएससी सिङ्गिङ स्टार प्रतियोगितामा पनि उनी तेस्रो भए । एक वर्ष अघि भएको प्रथम सुन्दरहरैंचा आइडलमा विजेता बनेपछि उनलाई झन् धेरैले चिन्न थाले ।
१ महिनासम्म सारेगम कलाशाला विराटचोकमा प्रशिक्षण लिएका उनी देशमा अहिले लकडाउन नभएको भए बेलबारीमा गएर संगीतको प्रशिक्षण लिइरहेका हुन्थे । त्यहाँ इटहरीका संगीतकार भोला राईले प्रशिक्षण दिन्छन् । त्यसो त उनलाई विराटनगर गएर कुशेश्वर गुरुसँग संगीत सिक्ने धोको पनि छ ।
गोपाल खतिवडा र संगीता खतिवडाका जेठो छोरा उनी भजन पनि गाउँछन् । विशेष गरी भक्तराज आचार्य, नारायण गोपाल र फत्तेमानका गीत गाउने उनी सेमी क्लासिकल गीत गाउन मन पराउँछन् । विद्यालय बन्द भएको अहिलेको समयमा उनी माइ माइक नेपाल नामक फेसबुक पेज खोलेर त्यसमा गीत अपलोड गर्ने गर्छन् ।
उनले परिवारबाट पनि राम्रो सहयोग पाइरहेका छन् । ‘कक्षा १ देखि नै गीत गाउन थालेको छोराको लागि परिवारको तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ’, आमा संगीता भन्छिन्, ‘राष्ट्रिय प्रतियोगितामा जान हामी सहयोग गर्छाैँ । आवश्यक सामग्री पनि सबै दिइरहेका छौँ । हामीले भन्दा पनि धेरै विद्यालयले नै सहयोग गरेको छ । उसले राम्रो गरोस् भन्ने चाहना छ । गायन त उसले पाएको गड गिफ्ट झैँ लाग्छ ।’
सम्बन्धित समाचारहरु
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन - निष्पक्षखबर
Pingback: मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८) - निष्पक्षखबर
Pingback: सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका - निष्पक्षखबर
Pingback: क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०) - निष्पक्षखबर