कला / साहित्य
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
आफ्नो बच्चाको प्रतिभा हेर्न सबै आमाबाबुको चाहना हुन्छ । सीमित बालबालिकामा मात्र विशेष प्रतिभा लुकेर रहेको हुन्छ । यस्ता प्रतिभालाई प्रस्तुत गर्दा उनीहरू प्रेरणाको स्रोत बन्न सक्छन् । जसले गर्दा समाजमा भएका नानीबाबुहरूको क्षमतालाई थप ऊर्जा मिल्ने देखिन्छ ।
मोरङको सिद्धार्थ सेकेण्डरी स्कुलमा अध्ययनरत दियोग ढकालको प्रतिभा पनि लोभलाग्दो छ । दियोग अहिले एसईई दिएर ११ कक्षामा पढ्ने तरखर गर्दैछन् । तर लकडाउनका कारण विद्यालय कहिले खुल्छ भनेर दैनिक समाचार हेरे पनि त्यो दिन अहिलेसम्म नआएको बताउँछन् ।
‘साथीहरूसँग भेटघाट गर्न त मन छ तर लकडाउनले भेटै बन्द गरायो,’ उनी भन्छन्, ‘घर बस्दा गीत प्राक्टिस गर्ने अवसर मिलेको छ त्यसमा खुशी छु ।’
दियोग आधुनिक गीतलाई टपक्कै टिपेर जस्ताको तस्तै गाउन सक्छन् । त्यही भएर सानै कक्षादेखि स्कुलमा पुग्ने बित्तिकै शिक्षक र विद्यार्थीबाट गीत गाउने अनुरोध आइहाल्थ्यो ।
कक्षा ४ मा हुँदा पहिलो पटक प्रतियोगितामा भाग लिने मौका पाएको उनी बताउँछन् । ‘म ४ कक्षामा हुँदा विद्यालयले गरेको ट्यालेन्ट सो भएको थियो,’ उनी भन्छन्, ‘त्यहाँ मैले पनि एउटा गीत सुनाएँ त्यस पछि सबैले अफर गर्न थाल्नुभयो त्यहीँबाट शुरु भयो ।’
अहिले थुप्रै प्रतियोगितामा भाग लिएर विभिन्न ठाउँबाट पुरस्कार हात पार्न उनी सफल भएका छन् । उनी भन्छन्, ‘जुन दिन मैले गीत गाएर पुरस्कार ल्याएँ त्यो दिन मभन्दा पनि ममी, बाबा धेरै खुसी हुनुभएको थियो । मलाई उहाँहरूले गरेको हौसला र प्रेरणाले नै मैले गायन क्षेत्रको शुरुवात गरेँ । अब यसलाई पढाइसँगै निरन्तरता दिन्छु ।’

दियोगको सोख भनेको व्यवस्थापन विषय पढेर व्यवसायी बन्ने रहेको छ । उनी भन्छन्, ‘पहिले पढाई, त्यसपछि गायन । म पढेर बिज्नेसमेन बन्छु ।’
दियोगले विद्यालयका शिक्षक जेबी थुलुङले रचना गरेको ‘देशको मुहार खुसीयालीले भर्न पाए हुन्थ्यो गाउँदागाउँदै देशको गीत मर्न पाए हुन्थ्यो… बोलको गीत एकल आवाजमा रेकर्ड गराइसकेका छन् । यस्तै सामुहिक रुपमा गाइएको ‘सिद्धार्थका हामी फूलहरू फूलेर सुवास फुलेर सुवास छर्नु छ, शान्तिको रङ भर्नु छ…’ बोलको सामुहिक गीत समेत रेकर्ड गराइसकेका छन् । यो गीत सिद्धार्थ सेकेण्डरी स्कुलको संस्थागत गीत हो ।
दियोग एसबीएसी सिङ्गिङ स्टारको प्रदेशस्तरीय प्रतियोगितामा सेमीफाइनलसम्म पुगेका थिए । बेलबारी महोत्सवमा भएको प्रतियोगितालगायत थुप्रै ठाउँमा गएर उनले आफ्नो कला प्रस्तुत गरिसकेका छन् । उनीभित्र साङ्गीतिक छनक देखिएपछि परिवारले विराटचोकमा रहेको कलाशालामा पठाउन थाल्यो ।
त्यसपछि उनलाई धेरै सहज भएको उनी बताउँछन् । २०६१ सालमा जन्मिएका उनले पहिलो पटक आमाबुबालाई जेसीजको कार्यक्रममा गएको बेला स्टेजमा माइक समाउँदै एउटा गीत सुनाएका थिए । ‘त्यो दिन म एकछिन हल बाहिर निस्किएकी थिएँ । भित्र कस्तो राम्रो गीत बजेको सुनेँ । अनि जाँदा त आफ्नै छोराले पो गाएको रहेछ,’ दियोगकी आमा योजना शर्मा त्यो क्षण सम्झिँदै भन्छिन्, ‘म अचम्मित भएँ । त्यो दिनदेखि दियोगमा गायकी प्रतिभा रै’छ भन्ने थाहा पाएँ ।’
दियोगको जादुमयी आवाजले उनका शिक्षक, विद्यार्थी र आफन्तलाई मोहित बनाएको छ । त्यसैले गायन क्षेत्रमा रुची हुने बालबालिकाका लागि दियोग प्रेरणाको स्रोत बन्न सक्नेछन् ।
सम्बन्धित समाचारहरु
मोडलिङ र नृत्यमा आफ्ने भविष्य देखेकी खुस्बु
आज राष्ट्रिय बाल दिवस देशभर मनाइँदै
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो - निष्पक्षखबर
Pingback: आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष - निष्पक्षखबर
Pingback: ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३) - निष्पक्षखबर
Pingback: दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना - निष्पक्षखबर
Pingback: क्वीज मास्टर क्रस्मा - निष्पक्षखबर
Pingback: सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका - निष्पक्षखबर