Connect with us
Advertisement

जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)

Published

on

आफ्नो बच्चाको प्रतिभा हेर्न सबै आमाबाबुको चाहना हुन्छ । सीमित बालबालिकामा मात्र विशेष प्रतिभा लुकेर रहेको हुन्छ । यस्ता प्रतिभालाई प्रस्तुत गर्दा उनीहरू प्रेरणाको स्रोत बन्न सक्छन् । जसले गर्दा समाजमा भएका नानीबाबुहरूको क्षमतालाई थप ऊर्जा मिल्ने देखिन्छ ।

मोरङको सिद्धार्थ सेकेण्डरी स्कुलमा अध्ययनरत दियोग ढकालको प्रतिभा पनि लोभलाग्दो छ । दियोग अहिले एसईई दिएर ११ कक्षामा पढ्ने तरखर गर्दैछन् । तर लकडाउनका कारण विद्यालय कहिले खुल्छ भनेर दैनिक समाचार हेरे पनि त्यो दिन अहिलेसम्म नआएको बताउँछन् ।
‘साथीहरूसँग भेटघाट गर्न त मन छ तर लकडाउनले भेटै बन्द गरायो,’ उनी भन्छन्, ‘घर बस्दा गीत प्राक्टिस गर्ने अवसर मिलेको छ त्यसमा खुशी छु ।’

दियोग आधुनिक गीतलाई टपक्कै टिपेर जस्ताको तस्तै गाउन सक्छन् । त्यही भएर सानै कक्षादेखि स्कुलमा पुग्ने बित्तिकै शिक्षक र विद्यार्थीबाट गीत गाउने अनुरोध आइहाल्थ्यो ।

कक्षा ४ मा हुँदा पहिलो पटक प्रतियोगितामा भाग लिने मौका पाएको उनी बताउँछन् । ‘म ४ कक्षामा हुँदा विद्यालयले गरेको ट्यालेन्ट सो भएको थियो,’ उनी भन्छन्, ‘त्यहाँ मैले पनि एउटा गीत सुनाएँ त्यस पछि सबैले अफर गर्न थाल्नुभयो त्यहीँबाट शुरु भयो ।’

अहिले थुप्रै प्रतियोगितामा भाग लिएर विभिन्न ठाउँबाट पुरस्कार हात पार्न उनी सफल भएका छन् । उनी भन्छन्, ‘जुन दिन मैले गीत गाएर पुरस्कार ल्याएँ त्यो दिन मभन्दा पनि ममी, बाबा धेरै खुसी हुनुभएको थियो । मलाई उहाँहरूले गरेको हौसला र प्रेरणाले नै मैले गायन क्षेत्रको शुरुवात गरेँ । अब यसलाई पढाइसँगै निरन्तरता दिन्छु ।’


दियोगको सोख भनेको व्यवस्थापन विषय पढेर व्यवसायी बन्ने रहेको छ । उनी भन्छन्, ‘पहिले पढाई, त्यसपछि गायन । म पढेर बिज्नेसमेन बन्छु ।’

दियोगले विद्यालयका शिक्षक जेबी थुलुङले रचना गरेको  ‘देशको मुहार खुसीयालीले भर्न पाए हुन्थ्यो गाउँदागाउँदै देशको गीत मर्न पाए हुन्थ्यो…  बोलको गीत एकल आवाजमा रेकर्ड गराइसकेका छन् । यस्तै सामुहिक रुपमा गाइएको ‘सिद्धार्थका हामी फूलहरू फूलेर सुवास फुलेर सुवास छर्नु छ, शान्तिको रङ भर्नु छ…’ बोलको सामुहिक गीत समेत रेकर्ड गराइसकेका छन् । यो गीत सिद्धार्थ सेकेण्डरी स्कुलको संस्थागत गीत हो ।

दियोग एसबीएसी सिङ्गिङ स्टारको प्रदेशस्तरीय प्रतियोगितामा सेमीफाइनलसम्म पुगेका थिए । बेलबारी महोत्सवमा भएको प्रतियोगितालगायत थुप्रै ठाउँमा गएर उनले आफ्नो कला प्रस्तुत गरिसकेका छन् । उनीभित्र साङ्गीतिक छनक देखिएपछि परिवारले विराटचोकमा रहेको कलाशालामा पठाउन थाल्यो ।

त्यसपछि उनलाई धेरै सहज भएको उनी बताउँछन् । २०६१ सालमा जन्मिएका उनले पहिलो पटक आमाबुबालाई जेसीजको कार्यक्रममा गएको बेला स्टेजमा माइक समाउँदै एउटा गीत सुनाएका थिए ।  ‘त्यो दिन म एकछिन हल बाहिर निस्किएकी थिएँ । भित्र कस्तो राम्रो गीत बजेको सुनेँ । अनि जाँदा त आफ्नै छोराले पो गाएको रहेछ,’ दियोगकी आमा योजना शर्मा त्यो क्षण सम्झिँदै भन्छिन्, ‘म अचम्मित भएँ । त्यो दिनदेखि दियोगमा गायकी प्रतिभा रै’छ भन्ने थाहा पाएँ ।’

दियोगको जादुमयी आवाजले उनका शिक्षक, विद्यार्थी र आफन्तलाई मोहित बनाएको छ । त्यसैले गायन क्षेत्रमा रुची हुने बालबालिकाका लागि दियोग प्रेरणाको स्रोत बन्न सक्नेछन् ।

सम्बन्धित समाचारहरु

मोडलिङ र नृत्यमा आफ्ने भविष्य देखेकी खुस्बु

आज राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

 

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक