Banner
सुन्दरहरैंचाका यी नमूना काम र सेवा (नगर स्थापना दिवस विशेष १०)
विराटचोकः साबिकका ५ वटा गाविस मिलाएर सुन्दरहरैंचा नगरपालिकाको घोषणा नेपाल सरकारले ४ वर्ष अघि २०७३ साल फागुन २७ गते गरेको हो । त्यसअघि सुन्दरपुर र दुलारी गाविस मिलाएर बनेको सुन्दरदुलारी तथा मृगौलिया, हरैंचा र इन्द्रपुर मिलाएर बनेको कोशीहरैंचाबीच एकीकरण भएर बनेको सुन्दरहरैंचामा केही काम नमूनायोग्य छन् ।
घरदेखि घाटसम्म
नगरपालिकाले घरदेखि घाटसम्म सेवा अन्तर्गत एउटा शववाहन सञ्चालनमा ल्याएको छ । नगरभित्र कसैको देहावसान हुँदा शवलाई मृतकको घरदेखि घाटसम्म निःशुल्क पुर्याउनका लागि सो वाहनको व्यवस्था गरिएको हो । हालसम्म सुन्दरहरैंचा र अन्य छिमेकी पालिकाका सहित लगभग १ हजार २ सय घरमा सो सेवा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्रोतका अनुसार मोरङका स्थानीय तहमा सबैभन्दा शुरुमा सुन्दरहरैंचाले यो सेवा दिएको हो ।
वाकिङ स्ट्रिट
सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर १२ मा विराटचोक– विराटनगर सडक खण्डको दुवैतर्फ वाकिङ स्ट्रीट बनाएको छ । साँझ र बिहान प्रात भ्रमण तथा सन्ध्या भ्रमणमा निस्कने तथा दिउँसो पैदलयात्रीको सहजताको लागि सो स्ट्रिट बनाइएको हो ।
सो स्ट्रिट निर्माणको योजना दूरदर्शी र फरक किसिमको भए पनि त्यसको सही व्यवस्थापन र रेखदेख नहुँदा भने सडकको सौन्दर्य नै बिग्रिएको देखिन्छ । यस विषयमा जिज्ञासा राख्दा मेयर शिवप्रसाद ढकाल विराटचोक–घिनाघाट–विराटनगर सडकको काम सकिनासाथ वाकिङ स्ट्रिट बनाइसकेर त्यसको प्रयोग गर्ने बताउँछन् ।
पुस्तकालयसहितको सार्वजनिक शौचालय
नगरपालिकाभित्र एकै डिजाइनका ८ वटा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने गरी काम भइरहेको छ । व्यवसायी भोलेश्वर दुलालको अग्रसरतामा शौचालय निर्माण शुरु भएर विराटचोक र सलकपुरमा सञ्चालनमा आइसकेका छन् । हालै मुख्यमन्त्री शेरधन राईले ती शौचालयको उद्घाटन गरे ।
ती शौचालय भवनको तल्लो तलामा आधुनिक प्रविधिका शौचालयका साथै स्मोकिङ जोन, सैलुन, विश्राम कक्ष लगायत रहेका छन् । दोस्रो तलामा अत्याधुनिक पुस्तकालय रहेको छ भने कार्यक्रम गर्नको लागि सेमीनार हलको व्यवस्था गरिएको छ । तेस्रो तलामा शौचालय सफाइ गर्ने श्रमिकको आवास रहेको छ ।
हरैंचा र खोर्सानेमा निर्माणाधीन अवस्थामा रहेका यस्ता शौचालय निर्माणको अन्तिम चरणमा रहेका छन् । मृगौलिया, गोठगाउँ, गछिया, दुलारी र बलियामा भने जग्गाको व्यवस्थापन हुन नसक्दा यस्ता शौचालय बन्न सकेका छैनन् ।
सम्बन्धित थप समाचारहरुः
स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९)
मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)
स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)
नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)
फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: मजदुरका लागि आवासीय तालीम केन्द्र निर्माणसहित यी हुन् सुन्दरहरैंचाका आगामी योजना - निष्पक्षखब