Connect with us
Advertisement

मजदुरका लागि आवासीय तालीम केन्द्र निर्माणसहित यी हुन् सुन्दरहरैंचाका आगामी योजना (नगर स्थापना दिवस विशेष ११)

Published

on

विराटचोकः सुन्दहरैंचा नगरपालिकाले चाँडै नै केही नयाँ काम शुरु गर्ने जनाएको छ । नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार वडा नम्बर ९ मा रहेको प्रस्तावित इन्द्रपुर रंगशालाको उत्तरतर्फ कतार सरकारको सहयोगमा १ हजार मजदुर बस्न मिल्ने गरी आवासीय तालीम केन्द्र बनाइने भएको छ । वैदेशिक रोजगारमा जान चाहने अर्ध दक्ष र अदक्ष कामदारका लागि आवास सुविधासहित सीप प्रदान गर्न सो भवन कतारको सहयोगमा बन्न लागेको हो ।

त्यस्तै, केन्द्रीय कार्यालय सलकपुर सार्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । नगरप्रमुख ढकालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्न मात्रै बाँकी रहेको छ । मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ सो निर्णय कार्यान्वयन हुनेछ ।

बजार क्षेत्रमा ३ चरणमा सडक बत्ती राख्ने योजना पनि नगरपालिकाले बताएको छ । मुख्य बजार क्षेत्रमा पहिलो चरणमा त्यसपछि प्राथमिकताको आधारमा ३ चरणमा नगरका मुख्य क्षेत्रमा सडक बत्ती राखिने भएको हो ।

सुकुना माविमा इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तथा पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा कृषिसम्बन्धी थप विषय सञ्चालन गर्ने तयारी भइरहेको पनि नगरप्रमुख ढकालको भनाइ छ ।

सम्बन्धित थप समाचारहरुः

सुन्दरहरैंचाका यी नमूना काम र सेवा (नगर स्थापना दिवस विशेष १०)

स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९)

नगरलाई चिनाउन पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा केन्द्रित सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ८)

मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)

सुन्दरहरैंचाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने (नगर स्थापना दिवस विशेष ६)

स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)

‘रिभल्भिङ फण्ड’ मार्फत् विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड दिने सुन्दरहरैंचाको योजना (नगर स्थापना दिवस विशेष ४)

सुन्दरहरैंचामा ४ वर्षमा डेढ सय किलोमिटर सडक कालोपत्रे, यस्ता छन् अन्य पूर्वाधारका योजना (नगर स्थापना दिवस विशेष ३)

नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)

फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक