Connect with us
Advertisement

‘रिभल्भिङ फण्ड’ मार्फत् विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड दिने सुन्दरहरैंचाको योजना (नगर स्थापना दिवस विशेष ४)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले सुकुना मावि र साजीलाल माविमा सिभिल इन्जिनियरिङको पढाइ सकेपछि थप अध्ययन गर्ने निम्न आय भएका विद्यार्थीलाई ‘रिभल्भिङ फण्ड’ मार्फत् सहयोग गर्ने भएको छ ।

त्यस्ता विद्यार्थीलाई उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा अध्ययन गर्नको लागि आर्थिक सहयोग गर्ने र सो सहयोग रकम विद्यार्थीले अध्ययन सकेर जागिर खाएपछि किस्ताबन्दीमा तिर्नुपर्ने व्यवस्था शुरु गर्न लागिएको नगरको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको साझेदारीमा भेटेनरी र एग्रीकल्चर विषय ल्याउने तयारी भइरहेको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विद्यालयबीच समायोजन
सुन्दरहरैंचामा शिक्षा निकेतन मावि सलकपुरमा सूर्याेदय मावि पहिलो पटक १ वर्ष अघि समायोजन भएको हो । सरकारले विद्यालय समायोजनको नीति ल्याउनुपूर्व नै यी विद्यालय समायोजन भएका थिए । त्यसपछि सरकारले समायोजन गरेका विद्यालयलाई १० लाख रुपैयाँ अनुदान दिने नीति ल्याएपछि अन्य विद्यालय पनि मर्ज भएका छन् । शिक्षा निकेतनका प्रधानाध्यापक ठाकुर सुवेदीका अनुसार अनुदानको १० लाख रुपैयाँ पाउनको लागि अन्तिम सम्झौता हुने तयारी भएको छ । सो विद्यालयले आफूमा एकीकरण भएको सूर्याेदय आधारभूत विद्यालय भएको स्थानमा नयाँ भवन बनाइरहेको छ । सो भवनमा कक्षा ११ र १२ को पढाइ गर्ने तयारी भएको विद्यालयको भनाइ छ ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार ६ वटा विद्यालयमा ७ वटा विद्यालय समायोजन भएका छन् । विद्यालय समायोजनको लागि निवेदन, अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र वडाको सिफारिश ल्याएपछि समायोजनको प्रक्रिया अघि बढ्छ ।
वडा नम्बर २ को श्री मावि मृगौलियामा २ वटा विद्यालय मर्ज भएका छन् भने सुकुना मावि, साजिलाल मावि, जनता मावि बुधबारे, जनता मावि हरैंचा र शिक्षा निकेतनमा एकएक वटा विद्यालय मर्ज भएका छन् ।

मर्ज भएका विद्यालयलाई खेलकुद सामग्री, गार्डेनिङका सामग्री नगरपालिकाले उपलब्ध गराउने गरेको छ । त्यसका साथै जनता मावि बुधबारे र ज्योति माविलाई चारचार कोठे भवन निर्माणका लागि बजेट विनियोजन गरेको नगरप्रमुख ढकालले बताए । डिजिटल बोर्ड व्यवस्थापनका लागि सहयोग गरिरहेको उनको भनाइ छ ।

सुकुना बहुमुखी क्याम्पसलाई एउटा क्याम्पस बस दिने तयारी गरिरहेको नगरपालिकाले सुकुना माविमा इञ्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको छ । हाल सुकुनामा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुने गरेको छ ।

सम्बन्धित समाचारहरुः

सुन्दरहरैंचामा ४ वर्षमा डेढ सय किलोमिटर सडक कालोपत्रे, यस्ता छन् अन्य पूर्वाधारका योजना (नगर स्थापना दिवस विशेष ३)

नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)

फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)

 

Banner

टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत

Published

on

अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।

यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।

साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।

Continue Reading

Banner

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Published

on

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ सय २८ रूपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९ सय ६६, पोखरामा ७ सय ४५ र भैरहवामा ७ सय ३३ तोकिएको छ ।

Continue Reading

Banner

सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।

शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।

नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।

नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।

नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक