स्थानीय तह
फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले यस वर्ष फलफूल खेती र बिउ बिजन उत्पादनमा जोड दिई नगरलाई फलफूल र बिउबिजनमा आत्मनिर्भर बनाउने भएको छ । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालका अनुसार ड्रागन खेतीलाई नगरले प्राथमिकता दिने भएको छ । २ वर्षपछि नगरलाई ड्रागन खेतीमा आत्मनिर्भर बनाई निर्यात गर्ने गरी काम भइरहेको उनले बताए ।
नगरपालिकाको कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईका अनुसार रामबुतन (मलेसियन लिची), कास्मिरी एप्पल बयर रेड र ग्रीनको बिरुवा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । नगरपालिकाले निःशुल्क बिरुवा दिने र किसानले अन्य लगानी गर्ने गरी काम भइरहेको उनले बताए ।
सिँचाइका लागि बोरिङ तथा पम्पसेटमा अनुदान, बाँध पैनी निर्माण, उन्नत जातको बीउ बिजन वितरणका साथै सलकपुरमा व्यवस्थित तरकारी बजारको लागि काम भइरहेको भट्टराईले बताए । वडा नम्बर ११ मा बीउ बिजनको गोदामघर बनाउने तयारी भइरहेको र नगरलाई बीउमा आत्मनिर्भर बनाउने गरी काम अघि बढेको उनको भनाइ छ ।
कृषक परिचय पत्रको लागि पनि काम भइरहेको जनाउँदै त्यसको लागि एउटा गोष्ठी भइसकेको र थप गोष्ठी गर्ने तयारी भएको उनको भनाइ छ । नगरपालिकाले किसानको माटो परीक्षण गर्ने काम निःशुल्क गरिरहेको र आफ्नो खेतबारीको माटो लिएर परीक्षणको लागि किसान आइरहेको पनि उनले जानकारी दिए ।
घाँसको बिउमा अनुदान, भकारो सुधार, एआईलगायतमा अनुदान दिने र कृषिसम्बन्धी कामको लागि वडाबाट नगरमा सिफारिश गर्दा लाग्ने दस्तुर मिनाहा गरिएको नगरप्रमुख ढकालको भनाइ छ । कृषिसम्बन्धी सबै सिफारिशमा राजस्वमा छुट दिनुका साथै विद्युतीय मेसिन, विषादी छर्कने मेसिन, धान, गहुँ तोरीको बिउ अनुदानमा दिने काम भइरहेको उनले जानकारी दिए ।
नयाँ पोखरी खनेर माछा पाल्नेलाई कठ्ठाको ५ हजार रुपैयाँ अनुदान दिने गरेको ढकालको भनाइ छ । सजिवनको बिरुवा ल्याउने कोशिस भइरहेको र रुख रोप्ने अभियानलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २) -
Pingback: स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९) - नि
Pingback: मजदुरका लागि आवासीय तालीम केन्द्र निर्माणसहित यी हुन् सुन्दरहरैंचाका आगामी योजना (नगर स्थापना
Pingback: सुन्दरहरैंचाका यी नमूना काम र सेवा (नगर स्थापना दिवस विशेष १०) - निष्पक्षखबर