स्थानीय तह
नगरलाई चिनाउन पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा केन्द्रित सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ८)
विराटचोकः कुशल खेलाडी भरत खवासको गृह नगर सुन्दरहरैंचामा खेलको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।
नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार अब चाँडै नै टोल कप, वडा कप, मेयर कपलगायतका खेल सञ्चालन हुने भएका छन् । मेयर कप पहिलो पटक वडा नम्बर १२ को व्यवस्थापनमा सञ्चालन हुन लागेको छ । टोल विकास संस्थाबीच हुने टोल कप प्रतियोगिता कतिपय वडामा सम्पन्न भइसकेको छ । वडा नम्बर १२ ले हरेक वर्ष टोल कप फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । वडा नम्बर १ को संयोजनमा पहिलो पटक २ वर्ष अघि वडा कप फुटबल भए पनि त्यसपछि भने सो प्रतियोगिता हुन सकेको छैन ।
यसै क्रममा आगामी २ साताभित्रै वडा नम्बर १२ को व्यवस्थापनमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । त्यसको लागि भोलि शुक्रबार प्रारम्भिक बैठक बसी मिति तय गरिने वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले जानकारी दिए ।
एन्फा, तथा राष्ट्रिय खेलकुद परिषद्सँग पनि समन्वय गरेर प्रतियोगिता हुने र त्यसमा मोरङका १७ वटै स्थानीय तह सहभागी हुने उनले जानकारी दिए । त्यस्तै, नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने हरेक खेलाडीलाई नगरपालिकाले सम्मान गर्ने गरेको छ । त्यस्ता खेलाडीलाई प्रति खेल २५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने गरेको मेयर ढकालले जानकारी दिए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नेपाली पुरुष फुटबल टिमका डिफेन्डर विकास खवासलाई सुन्दरहरैंचा नगरपालिकाले गत कात्तिकको पहिलो साता सम्मान गरेको थियो ।
त्रिभुवन आर्मी क्लबका रक्षापंक्तिका खेलाडी उनलाई १ लाख ५१ हजार नगदसहित नगरपालिकाको सम्मान गरेको थियो । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा उनले अघिल्लो सालको मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली यु–२३ टोलीलाई स्वर्ण पदक दिलाउन योगदान दिएका थिए ।
सम्बन्धित समाचारहरुः
स्वर्ण विजेता सुन्दरहरैंचाका फुटबल खेलाडी विकास खवासलाई नगरको सम्मान
मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)
स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)
नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)
फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९) - नि
Pingback: सुन्दरहरैंचाका यी नमूना काम र सेवा (नगर स्थापना दिवस विशेष १०) - निष्पक्षखबर