Connect with us
Advertisement

स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले स्थानीय मिडियाको प्रवर्द्धनमा सहयोग गर्न चालु आर्थिक वर्षदेखि बजेट विनियोजन गरेको छ । प्रत्येक वडाका गतिविधि र सूचनाहरु प्रकाशन, प्रशारण गरेबापत नगरभित्रका सञ्चार गृहलाई आर्थिक सहयोग गर्ने गरी नगरपालिकाले सो रकम विनियोजन गरेको नगरप्रमुख शिवप्रसाद ढकाल बताउँछन् ।

त्यस्तै, नगरपालिकाले लोक कल्याणकारी सूचना स्थानीय मिडियालाई मात्रै दिने गरी नीति बनाउन खोजिरहेको पनि नगरप्रमुख ढकालको भनाइ छ । नगरभित्रका सञ्चारकर्मीलाई समाचार सम्प्रेषणको लागि मिडिया सेन्टर खोल्न भनी ५ लाख रुपैयाँ विनियोजन गरेको नगरले चालु आर्थिक वर्षभित्रै सो काम सम्पन्न गर्ने जनाएको छ । सो सेन्टरको लागि कार्यालय व्यवस्थापन गर्नुका साथै कम्प्युटर, फर्निचर, इन्टरनेटको व्यवस्था सो बजेटमार्फत् गर्ने गरी काम भइरहेको ढकालले बताए ।

नगरका मिडियाकर्मीको प्रयासपछि सुन्दरहरैंचा नगरपालिकाले मिडिया प्रवद्र्धन शीर्षकमा बजेट विनियोजन गर्नु खुशीको विषय भएको रेडियो सुसेलीका स्टेशन म्यानेजर बाबुराम निरौला बताउँछन् । जनप्रतिनिधि आएको साढे ३ वर्षपछि सञ्चारको क्षेत्रमा नगरले एउटा उदाहरणीय कार्य गरेको उनको भनाइ छ ।

यसले स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नुका साथै वडा तहका सूचना र समाचार सर्वसाधारणमा पुग्न सहयोग पुग्ने निरौलाले बताए । यसले जनप्रतिनिधि र वडाबासीबीच पुलको काम गर्न सहयोग पुग्ने र स्थानीय सञ्चार गृहलाई नगरवासीले चिन्ने अवसर पनि प्राप्त हुने उनको भनाइ छ । अझ नगरभित्रका मिडिया हाउसबीच समन्वय गरी काम गर्न सके यसको प्रभावकारिता बढ्ने र समाचार संकलन तथा उत्पादनमा पनि सहज हुने उनको ठम्याइ छ ।

सम्बन्धित समाचारहरुः

नगरलाई चिनाउन पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा केन्द्रित सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ८)

मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)

सुन्दरहरैंचाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने (नगर स्थापना दिवस विशेष ६)

स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)

‘रिभल्भिङ फण्ड’ मार्फत् विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड दिने सुन्दरहरैंचाको योजना (नगर स्थापना दिवस विशेष ४)

सुन्दरहरैंचामा ४ वर्षमा डेढ सय किलोमिटर सडक कालोपत्रे, यस्ता छन् अन्य पूर्वाधारका योजना (नगर स्थापना दिवस विशेष ३)

नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)

फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक