शिक्षा / स्वास्थ्य
स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी विभिन्न योजना अघि सारेको छ । हालै शिलान्यास भएको प्रादेशिक सरुवा रोग अस्पतालको भवन चाँडै बन्न थाल्ने भएको छ ।
नगरप्रमुख शिवप्रसाद ढकालका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउने तयारी भइरहेको छ । हरैंचामा रहेको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विकास गरेको नगरले इन्द्रपुरमा रहेको स्वास्थ्य चौकीलाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने गरी काम गरिरहेको छ । त्यस्तै, नगरले ८४ वर्ष कटेका ज्येष्ठ नागरिकलाई घरमै गएर अघिल्लै वर्षदेखि स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधी दिइरहेको छ ।
स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतका अनुसार १२ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने गरी काम अघि बढेको छ ।
सम्बन्धित समाचारहरुः
नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)
फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)
Banner
चर्को घाममा छाता ओढेर आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शनमा उत्रिएका शिक्षकहरूले बुधबार २२औँ दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको पाँचवटा लेन सडक कब्जामा लिएर प्रदर्शन गरिरहेका छन् । चर्को घाममा शिक्षकहरू छाता ओढेर प्रदर्शनमा छन् ।
यसअघि छवटै लेन कब्जामा लिने गरेका प्रदर्शनकारीहरूले बुधबार भने एक लेन खुला राखेका छन् । छवटै लेन कब्जा हुँदा सर्वसाधारण मर्कामा परेपछि एक लेन खुला गरिएको हो ।
Banner
रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए, आतंकवादी हमलामा परे

१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् ।
नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी गराएका हुन् ।
‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।
मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
केही पर्यटकहरू घाइते छन् ।
Banner
निजामती सेवा ऐनमा माग सम्बोधन नभए काम रोक्ने राजपत्र अनंकित कर्मचारीको चेतावनी

१० वैशाख, काठमाडौं । राजपत्र अनंकित कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभई निजामती सेवा विधेयक संसदीय समितिबाट पास गरेमा सेवा प्रवाह रोक्ने चेतावनी दिएका छन् । राज्य व्यवस्था समितिबाट आज विधेयक पास गर्ने तयारी भइरहेका बेला उनीहरुले सो चेतावनी दिएका हुन् ।
१२ वैशाख २०८२ देखि माग-पत्र टाँसेर काम गर्ने र माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने राजपत्र अनंकित संरक्षण अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तीनै तहका कर्मचारीका विभिन्न माग राखी आन्दोलन गर्दै आएको राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विचाराधीन संघीय निजामती सेवा विधेयकमा पाँच वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) लागू गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई ‘निजामती कर्मचारी’ को परिभाषामा समेट्नुपर्ने माग पनि कर्मचारीहरूको छ ।
यस्तै समायोजन पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा-सुविधालाई मान्यता दिनुपर्ने, प्राविधिक कर्मचारीको शैक्षिक योग्यतासम्बनधी समस्या समाधान गर्नुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवं आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र क्षतिपूर्तिसहितको नागरिक सेवाको सुनिश्चतता गर्नुपर्नेलगायतका विषय समेट्नु पर्ने उनीहरूको माग छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: सुन्दरहरैंचाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने (नगर स्थापना दि